गोपाल हमाल र रास्वपाबीच भेट्को अर्थ के ? प्रवेशको संकेत कि सामान्य राजनीतिक संवाद ? - Sajha Mobile
SAJHA MOBILE
गोपाल हमाल र रास्वपाबीच भेट्को अर्थ के ? प्रवेशको संकेत कि सामान्य राजनीतिक संवाद ?
Posts 2 · Viewed 3291 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका नेतृत्व र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालबीच भेटवार्ता भएको छ। रास्वपाका प्रदेश सभापति प्रकाश विष्ट, प्रदेश महामन्त्रीलगायत नेताहरूको टोलीले मेयर हमालसँग भेटघाट गरेको हो।
केही दिनयता सुदूरपश्चिमका विभिन्न जिल्ला तथा स्थानहरूमा पुगेर विभिन्न व्यक्तित्वहरूसँग संवाद गरिरहेको रास्वपाको टोलीले आज धनगढीमा मेयर हमालसँग छलफल गरेको बताइएको छ। भेटका क्रममा सुदूरपश्चिमको समग्र अवस्था, वर्तमान राजनीतिक परिस्थिति, विकासका क्रममा देखिएका चुनौतीहरू तथा सम्भावनाका क्षेत्रहरूबारे विस्तृत छलफल भएको रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिए।
यो भेटपछि नगर प्रमुख हमाल र रास्वपाबीच राजनीतिक सहकार्य वा पार्टी प्रवेशको सम्भावनाबारे चासो बढेको छ। यद्यपि, भेटवार्तालाई औपचारिक पार्टी प्रवेशसँग जोडेर कुनै ठोस निर्णय भइसकेको पुष्टि भने दुवै पक्षबाट गरिएको छैन।
स्वतन्त्र छविका कारण चर्चामा रहेका मेयर हमालसँग रास्वपाको संवादलाई आगामी दिनमा राजनीतिक अर्थमा कसरी हेर्ने भन्ने विषयले सुदूरपश्चिमको राजनीतिमा नयाँ बहस जन्माएको छ।
logan
· Snapshot 222
Like · Liked by · 0
ओझा ब्रो तपाइँ नि पश्चिम नेपालका समाचार कोर्दै हुनु हुन्छ अनि जाबाफ चै साझामा खोज्नु भयो | राजनीति झुटको खेति हो र यो च खेल यस्तै मानसिकता र सोच लिएका व्यक्तिले मात्रै दिन सक्छ | महाबुज्रुग हुने धेरै देखन्छन तर पारङ्गत भने एक मात्रै व्यक्तित्व साझामा हुनुहुन्छ | तर आजभोलि वहालाई साझाको धन्ग्धागे ले सताएको छ, उठ्दा सुत्दा सपनीमा पनि TPS TPS कै राग अलाप्ने " ओह मैले फेरी तेही दोहोराए " भन्ने ज्ञानी भद्र पुरुस TPS समाधि बाट बिउझिनु भए पछि अबस्य नै तर्क पुर्ण कुराले तपाइको उत्तर आउने छ | धैर्य गर्नुस |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 350
· Posts 1 · Viewed 249
· Posts 1 · Viewed 258
· Posts 1 · Viewed 273
· Posts 1 · Viewed 359
· Posts 3 · Viewed 1474
· Posts 2 · Viewed 755
· Posts 1 · Viewed 355
· Posts 1 · Viewed 380
· Posts 1 · Viewed 543



Travel Partners
Travel House Nepal