[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 संसार घुम्ने सपना
[VIEWED 13832 TIMES]
SAVE! for ease of future access.
Posted on 01-10-13 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 साथीहरु, धेरैपछी मेरो एउटा लेख राख्दैछु। पढ्ने फुर्सद भयो भने प्रतिक्रिया दिनुहोला।
-----------------
घरबाट बिहानै निस्केको थिए। १ घन्टा जति आर एन ए सी बिल्डिङमा रहेको इन्डियन एम्बेसीको पुस्तकालयमा बिताए। फेरि वीर हस्पिटल- खुलामन्च - बाग बजार पुतलिसडक हुँदै डिल्लिबजार उकालोको देब्रेपट्टी रहेको एउटा सानो घर छिरे। न त केही आशा छ न केही उमंग। मलाइ थाहा छ हुनेवाला केही छैन। तर पनि विगत ४-५ मैना देखि काठमान्डु र ललितपुरमा रहेका यस्ता धेरै भवनहरू चाहरेको छु। जब-जब म यस्तो ठाउँमा पुग्छु एउटा सपना फेरि जीवित हुन्छ। त्यहि झिनो आशा सहित त्यो घरमा छिरे। सानो चिटिक्क परेको घरको मुल ढोका एउटी सुन्दर अधवैशे महिलाले खोलिन्।
 
’क्यान आइ हेल्प यू?’ मिठो अङ्रेजी तर नेपालि शैलीमा उनले सोधिन्
’एक छिन् है’ भन्दै म कुलरको चिसो पानी ग्लासमा हाल्दै भने।
काठ्मान्डुको भिडभाड, कोलाहल र धुलोमैलो बाट यस्तो चिटिक्क परेको वातानुकुलित घरमा छिर्दा आनन्द नै बेग्लै आउँछ।
’सोधुन्स न’ मेरो प्रश्न ’न्युजलेन्डमा पढ्ने बारे केही सोध्नु थियो’ सुनेपछी उनले भनिन्।
’मलाइ त्यंहा पढ्न जान मन छ। त्यसबारे केही छात्रब्रिती र त्यहाको शीक्षाको  बारेमा केही बुझ्नु थ्यो।’
’यो सबै हाम्रो वेबसाइटहरुमा डिटेलमा राख्या छ' भन्दै २ पेज लामो वेबसाइटहरूको लिस्ट  मेरो हातमा थम्म्याइन्।
यो न्युजलेन्ड को नेपालस्थित नियोग, सानो कन्सुलेट मात्र थियो। भारतमा रहेको दुतावासले नेपाल पनी हेर्थ्यो। सोफामा बसेर त्यो पेजहरू हेर्दै थिए। उनले ३-४ वटा मोटा मोटा पुस्तक टेबलमा राख्दै भनिन् 'थप जानकारीको लागि यी पुस्तकहरू हेर्न सक्नुहुन्छ। यी रिफ्रेन्स कपीहरू मात्र हुन् तंपाइलाई केही चाहिन्छ भने म फोटोकपी गरिदिन सक्छु।'
ती पुस्तकमा न्युजिलेन्डका चिल्ला सडक, हराभरा फांट र प्रशस्त भेंडाहरूका चित्र थिए। फेरि एक पल्ट त्यो देशमा आफुलाइ पुगेको कल्पना  गर्दै गरे। त्यसको केही बेरमै फेरि त्यहि कोलाहल र हर्नको पिं पिँ  सुन्दै डिल्लिबजार चारखाल तीर उक्ले।
 
किन किन मलाइ भित्रै देखि नेपाल छोड्न मन छ। यो मेरो धन कमाउने, शिक्षा प्राप्त गर्ने वा देशमा भविष्यप्रती निराश भएर भन्दा पनि विदेश देख्ने रहरको इच्छा तिब्र भएर होला। यसै सिलसिलामा मैले यहाँका सबै एम्बेसी र नियोगहरुमा धेरै सुरक्षा गार्डहरूको नमिठो गाली पनि खाएको छु। मेरा धेरै विदेशिने चाहना भएका र घरमा आर्थिक हैसियत भएकाहरू साथीहरु सिधै कन्सल्टेन्सी जान्छ्न्। तर मेरो कन्सल्टेन्सीप्रती कहिल्यै पनि सकारत्मक सोच आएन।
 
तर पनि कन्सल्टेन्सीहरूले आयोजना गर्ने यस्ता धेरै फ्री सेमिनारमा गएर मुड फ्रेश पनि धेरै गरेको छु। त्यहि बहानामा राजधानिका एक से एक होटलहरू छिर्न पनि पाइयो। दरबारमार्गको याक एन्ड यति होस् या अन्नपुर्ण, बानेश्वरको एभरेष्ट होस् या कालिमाटिको सोल्टी, या कमलपोखरीको सानो मार्को पोलो वा पाटनको हिमालय। मैले नचाहरेका होटल छैनन् होला। कहीले अमेरिका त कहीले अष्ट्रेलिया, त कहीले साइप्रस या रसिया सबैका सपना बांढ्थे यस्ता सेमिनारहरुमा। अनि म जस्तै विदेशमा त स्वर्गै छ भन्ने युवाहरको भिडमा मिसिन्थे।त्यस्तो भिडमा धेरै जसो केटाहरू नै हुन्थे। म भिडको लास्ट सिट तीर बस्थे।  कुनै कुनै सेमिनारमा ५-१० मिनेटको भिडियो क्लिप पनि देखाउंथे। गरीब देशका हामि अल्छी युवाहरूको भावना र सपना सजिलै किन्थे तिनीहरूले। यस्तोमा कहिलेकाहिं भाग्यवश चिया समोसा पनि राखिएको हुन्थ्यो। कोहि कोहि चटकेले  फेरि सामान्य भन्दा सामान्य प्रश्न पनि आफ्नो टुटेफुटेको अङ्रेजी देखाउनकै लागि बार बार सोधिरहन्थे। जे होस् त्यसताले अरुलाइ फ्रिमा मनरोन्जन चैं दिएका हुन्थे।
 
विदेश सपना बुन्ने क्रममा अमेरिकन सेन्टरमा पनि धेरै पल्ट छिरे। एक पटक त अमेरिकाका ५० वटा राज्यको नाम एउटा कपिमा लेखेर घोक्दै बसेको सम्झना पनि छ। लैनचौरको ब्रिटिश काउन्सिल पनि कति धाइयो सम्झि साध्य छैन। त्यहाको ब्यस्थित लाइब्रेरी देखाउदै एउटाले भन्थ्यो 'था छ? विदेशको युनीवर्सिटिमा त यस्तै लाइब्रेरी हुन्छ रे' त्यस्पछि त झन् झन् कहीले नेपाल छडौ हुन्थ्यो।
 
बालुवाटरमा रहेको डेनिश एम्बेसीमा छिर्नै दिएन। सुरक्षा गार्डले गेटमै थर्काएर पठायो। मेरो जरुरी काम छ भनेर भन्दा पनि हुँदै हुदैन भन्यो। मैले अती गरेपछी अर्को एम्बेसेकै मान्छे गेटमै आएर भन्यो 'डेनमार्क पढ्न जाने बारे सूचना यहा हमिले दिदैनौ। यदि तंपाइलाई अर्जेन्ट छ भने अप्पोइन्ट्मेन्ट लिनु पर्छ् भन्दै भित्र छिर्यो।
गएको बर्ष कोपेन्हेगन छिर्दा मनमनै त्यो घटना सम्झेको थिए। 'साला तेरो देशमा पर्यटक भएर आउन लेख्या रैछ। ' 
 
म विशालनगर - भाटभटेनी - टङाल तीर साइकल कुदाउथे। एउटा मन भने अमेरिका या युरोपको कुनै शहरमा हुन्थ्यो। कुन देश जाने, किन त्यहि देश जाने भन्ने अझ सम्म थाहा थिएन। तर नेपाल भने बस्दिन। त्यति कुरा मात्रै थियो मनमा। युरोप, अमेरिका, अष्ट्रेलिया, न्युजलेन्ड यति भने कन्ठै थियो।
दिनभरी लखतारन भएर कोठामा आउंदा यत्तिकै पनि थाकिन्थ्यो। साँझमा एक ठाउन्मा होम ट्युसन पढाउथे, ६ र ७ कक्षामा पढ्थे। उनिहरुलाई होमवर्क गर्न र केही म्याथ प्रब्ल्म सिकाएपछी फेरि आफ्नै दुनियामा हराउथे। काठमान्डुमा मेरो सबै भन्दा मन पर्ने ठाउं थ्यो कमलपोखरीको 'रसियन कल्चर सेन्टर। म घन्टौ त्यहि बस्थे, किन किन त्यहा जस्तो आनन्द अन्त लाग्दैनथ्यो। त्याँहको लाइब्रेरी निकै फराकिलो र ब्यब्स्थित थियो। सायद धेरै मान्छेहरूलाई थाहा नभएर पनि हुन सक्छ, मान्छेहरू त्यति धेरै हुदैनथे। नेपाल, हिमाल, नेपालि टाइम्स, कान्तिपुर, काठमान्डु पोस्ट सबै पत्रिकाहरू पालै पालो पढ्थे। फेरि रसियाका धेरै किताबहरू नेपालीमा अनुवाद गरिएका पनि थिए। कहिलेकाही नलागेको पनि होईन रसिया जानु पर्छ की भनेर पनि। एक दिन 'स्टडी इन रसिया' भन्ने नोटिस त्यहि लाइब्रेरिमा लगाएको थियो। त्यसबारेमा मैले सोधे। यस्को प्रतिनिधि पल्लो कोठामा छन्, त्यहि गएर सोध भनिन्। यदि तिमी सिरियस छौ भने, अहीले नै फर्म भर। किनकी ३ मैनापछी तिमी ओरिएन्टेशन डे मा मस्को पुग्नु पर्छ। बिजनेस कोर्सको बारेमा भन्दै उसले भनेकी थिइ। मुसुमुस हाँस्दै उसको कुरा सुनिरहे। मेरो त्यो हाँसो र सपना एकाएक गायब भयो जब उसले त्यो स्कुलको फी भनि र पहिलो ६ महिना कम्पल्सरी रसियन भाषा सिक्नुपर्ने कुरा भनि। मेरो रसियन सपना जन्मन नपाउदै मर्यो। त्यस्पछि मैले कहीले पनि त्यो सपना देखिन।
 
धेरै वर्षपछी रसिया घुम्न जाँदा सेन्ट पिटर्स्बरग छोडेर ग्रामिण भेगतिर बरालिँदा मनमनै भनेको थिए 'तिमिहरुपनी त्यस्तै त्यस्तै रहेछौ'। 
 
----भाग २ छिट्टै राख्नेछु----धन्यवाद।
 

 
Posted on 01-10-13 12:09 PM     [Snapshot: 15]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 good work. waiting for the second part
 
Posted on 01-10-13 1:20 PM     [Snapshot: 69]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 झिल्के ब्रो, 
पढ्दै छु है..... थिए यस्तै यस्तै दिन हाम्रा पनि ...... रमाइलो लाग्यो भूतको अनुभूति फेरी आँखामा सदृश्य भएर आए ...... दोश्रो भागको कुराइमा 
 
- थाने

 
Posted on 01-10-13 8:27 PM     [Snapshot: 265]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 great job... waiting for the next part...
 
Posted on 01-10-13 8:45 PM     [Snapshot: 279]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 la la jhilke ko sansar ghumai gajab ramailo hola jasto cha .. aru pani sunu....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters