[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 डोल्पा प्रेमी
[VIEWED 6103 TIMES]
SAVE! for ease of future access.
Posted on 02-03-13 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 जनकराज सापकोटा

 

डोल्पा प्रेमी


काठमाडौँका रैथाने विनोद शाही नेवाः, ३२, का निम्ति कुनै बेला डोल्पा भनेको पन्डोरा बाकसजस्तो थियो। नक्सामा मात्रै डोल्पा देखेका उनले प्रवीणता प्रमाणपत्र तह उतीर्ण नगरुन्जेल काठमाडौँ खाल्डोबाहिर पाइलासम्म टेकेका थिएनन्। तिनै विनोद अहिले ढुक्कै डोल्पा बस्छन्। शैक्षिक जागरणका निम्ति अनेकन् अभियान सञ्चालन गर्दै यताउति गररिहने डोल्पा प्रेमी विनोद भन्छन्, "अरूका निम्ति केही गर्न सके मात्रै जीवन सार्थक हुन्छ।" 

आठ वर्षपहिले जाडो छल्न र पढ्न भन्दै काठमाडौँ आएका डोल्पाली केटाकेटीलाई पढाउने काम पाएपछि विनोदको तन्नेरी मन तिनीहरूका दुःख र संघर्षको कथाले पग्लियो। गाडी देख्दा अचम्म मान्ने र सहरिया देखेर छक्क पर्ने ती बालबालिकाको निर्दोष अनुहार र अँध्यारो भविष्य देखेर उनी द्रवीभूत भए। भन्छन्, "ललितकला क्याम्पसमा चलिरहेको पढाइ छाडी उनीहरूकै पछि लागेर 

डोल्पा पुगेँ।"

रोमान्स, सरसंगत र परविारको माया सबै भुलेर विनोद डोल्पाको चिसोमा रमाउन थाले। काठमाडौँबाट झन्डै १४ घन्टाको बस यात्रामा नेपालगन्ज, धेरै दिनको कुराइपछि सदरमुकाम जुफालसम्मको हवाईयात्रा अनि लगातार आठ दिनको पैदल यात्रापछि उनी पुगे, साल्डाङ गाविसस्थित सेल्री ड्रुक्डा निम्न माध्यमिक विद्यालयमा। प्रसिद्ध हलिउड फिल्म क्याराभानका हिरो थिन्ले लुन्डुपको गाउँ पुग्दा उनले अर्को अनौठो संसार देख्ने मौका पाए। तर, एक्लो छोरा विनोदको घरमा रुवावासी नै चल्यो।

उनले गुम्बाका रूपमा रहेको स्कुलमा पढाउन थाले। काठमाडौँबाट लगेका केही किताब बच्चाहरूलाई वितरण गरे। गाउँलेसँग साइनो गाँसेर बसे। उनलाई लाग्यो, डोल्पा भूगोलको अर्को संसार हो। त्यसको सुन्दरता, दुःख नगरी खान नपुग्ने डोल्पालीको मैलो र चिथरा परेको अनुहार र त्यसमा टाक्सिएको खुसी सबै उनलाई काठमाडौँको रमझमभन्दा पि्रय लाग्यो। भन्छन्, "उनीहरूको लुगा फोहर होला तर मन साँच्चै सफा छ।" 

उनले केटाकेटीलाई हात धोएर खान सिकाए, अक्षर हेरेर दुनियाँ चिन्न सिकाए। झन्डै चार वर्ष साल्डाङको स्कुलमा पढाएपछि उनलाई त्यसभन्दा परको डोल्पाली गाउँको दुःखले खिच्यो। उनी हरेक साता साल्डाङबाट पाँच घन्टाको पैदल दूरीमा रहेको कोमाङस्थित हिमालय प्राथमिक विद्यालय पुगेर पढाउन थाले। उनले स्कुलको स्तरोन्नति गर्न सहयोग जुटाए र स्कुल नियमित सञ्चालनको प्रबन्ध गरे। उनी वर्षको ६ महिना डोल्पा बस्छन्। पाँच महिना काठमाडौँ बसेर डोल्पाली केटाकेटीका लागि कापी, कलम र किताबको जोहो गर्छन्। बाँकी एक महिना त उनको काठमाडौँदेखि डोल्पा आउजाउमै व्यतीत हुन्छ।

पछिल्लो समय उनी डोल्पाको सदरमुकाम जुफालबाट झन्डै १० दिनको हिँडाइपछि पुगिने निजाल गाउँमा रहेको यक्षर प्राविको स्तरोन्नतिमा सक्रिय छन्। विदेशीको मुख नताकीकन स्कुल चलाउन सकिन्छ भनेर उनले धेरैभन्दा धेरै नेपालीको सहयोग जुटाइरहेका छन्। भन्छन्, "यो विश्वकै सबैभन्दा दुर्गम ठाउँमा नेपालीबाटै सञ्चालित स्कुल हो।" 

अहिले उनले काठमाडौँका ११ वटा स्कुलका विद्यार्थीबाट वाषिर्क एक-एक कापी, कलम वा कापी-कलमको सेट सहयोग उठाउने प्रबन्ध मिलाएका छन्। सहयोग जुटाउने उनको जुक्ति पनि काइदाको छ। काठमाडौँका एक विद्यार्थीले डोल्पाका एक विद्यार्थीलाई सहयोग गर्ने। अहिले त्यस्तो सहयोगबाट सालडाङ गाविसका ६ स्कुलका विद्यार्थीलाई कापी, कलम र किताब जुटिरहेको छ। त्यसो त उनी सहयोग गर्ने नाममा डोल्पालीलाई परनिर्भर बनाउन हुन्न भन्ने मान्यता राख्छन्। भन्छन्, "पोखरी त्यहीँ छ, हामीले सिकाउने त माछा मार्ने सीप मात्र हो।" 

भविष्यको खोजीमा विनोद उच्च शिक्षाको दौडमा होमिन सक्थे वा आफ्नै बाबुसँग  झोलाभरि क्युरियो सामान बोकेर बेच्ने व्यवसाय पनि अपनाउन सक्थे। तर, त्यस्ता काम गरेको भए विनोदकै भनाइमा उनी बाँकी विश्व देख्नै नपाई बूढो हुन्थे। डोल्पा बस्दाबस्दै लोकलजस्तै भएका विनोदलाई डोल्पालीले माया गरेर 'टुल्कु' वा 'लामा' भनेर बोलाउने रहेछन्। उनलाई त्यसरी बोलाउँदा औधी खुसी लाग्छ। डोल्पाका स्कुल चहार्दाचहार्दै बैँस निखि्रन लागेकामा उनलाई चिन्ता छैन। उल्टै भन्छन्, "मेरो त डोल्पासँग लभ पो परेको छ।" 
http://www.ekantipur.com/nepal/article/?id=4826

 


 
Posted on 02-03-13 1:32 PM     [Snapshot: 56]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PS: Inspired by my story another young man left the luxury of the city to settle in Dolpa. His name was Pushpa Kamal Dahal aka Prachanda. It has never been the same since.
 
Posted on 02-03-13 3:51 PM     [Snapshot: 165]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "गाडी देख्दा अचम्म मान्ने र सहरिया देखेर छक्क पर्ने ती बालबालिकाको निर्दोष अनुहार र अँध्यारो भविष्य देखेर उनी द्रवीभूत भए। "

That was pretty moving. 

Thanks for sharing. 

 
Posted on 02-03-13 3:55 PM     [Snapshot: 167]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Inspiring. If each village has one such person, Nepal will be heaven.
Last edited: 03-Feb-13 03:55 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters