[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Mr. D

Tyo Din

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पर्दाफास - प्रचण्डले कसरि अरबौको सम्पत्ति कमाए
[VIEWED 11542 TIMES]
SAVE! for ease of future access.
Posted on 02-06-15 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.youtube.com/watch?v=E7aYWJqam94
 
Posted on 02-06-15 11:05 AM     [Snapshot: 47]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजोको लखपति आज खर्ब पति भएको छ : कसरी भयो ? ठुलो खोजको बिषय भयो ?
भ्रस्टाचार निवारणको आखा लाग्ला भनि आफ्ना दाईना हात ल लोकमान सिंह कार्कीलाई नियुक्ति गरेका हुन् |
कार्की पनि दाउपेच हेरेर बसेका छन् कि कतिखेर कारवाही गर्ने वा नुनको सोझो गरेरै पद बात अबकास पाउने हुन् ?

 
Posted on 02-06-15 11:35 AM     [Snapshot: 96]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या गोर्खे मित्र के भनेको तेस्तो , लोकमानले प्रचण्डलाई मुद्दा हाल्ने ? स्रोत नखुलेको सम्पत्तिमा छानबिन गर्ने त 'गफै त हो सम्धी ' भने जस्तै हो \

गर्न सक्ने भनेको "क्यान्तोंन्मेंट मा गएको पैसा ब्यारेकमा नभएको ४/५ हजार मान्छे हरुको नाममा किन दिएको " भन्ने मात्र हो | हेरी राख्नुस , पहिलो त यो मुद्दा अनन्त सम्म जान्छ-कमसेकम लोकमान को कार्यकाल सम्म , दोस्रो हद-से-हद भयो भने चै - तेही क्यान्तोंमेंट मा काम गर्ने कारिन्दाको लाइ सम्बन्धित मान्छे उपस्थित नभई किन भुक्तानी दिएको भनेर - बेरुजु लगत राख्ने जस्तो काइते काम हुन सक्छ \ कामना गरौ मैले माथि भनेका दुवै कुरा नभई, "तत्कालिन समयमा क्यन्तोंमेंट मा नभएका , अझ नेपालमा नै नभएका मान्छेको नाममा भुक्तानी लिनु र दिनु एकदम गैरकानुनी काम हो र येस्मा भ्रस्टाचार भएको छ " भनेर मुद्दा लैजान सक्ने गरि अख्तियार ले काम गर्न सकोस \ तेस्को लागि अरु तिन जना आयुक्त हरु थपिनु पर्छ , तर अफसोच त्यो तिन जना मद्धे एक जना प्रचण्डकै मान्छे हुनु पर्ने व्यवस्था गरेका छन् डाकाहरुले \
Last edited: 06-Feb-15 11:37 AM

 
Posted on 02-06-15 11:40 AM     [Snapshot: 122]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अख्तियारको मान्छे छान्न पदासिन पार्टीले गर्नु पर्ने हैन ? कुरो नबुझेको चै यो गोंज्को हात अझै तेती दह्रो छ ?
किन उसले भनेको मान्छे हुनु पर्ने ?

 
Posted on 02-06-15 11:51 AM     [Snapshot: 149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो के भने नि ; त्यो संबैधानिक परिषद् को सदस्यमा प्रमुख प्रतिपक्ष्य पार्टीको संसदीय दलको नेता पनि हुन्छ \ ४७ सालको संबिधानमा पनि थियो त्यो \ तर पहिले चै प्रधानमन्त्रिले लागेको नाममा सभामुख, राष्ट्रिय सभा अध्यक्ष्य र चिफ जस्टिस ले सहमति जनाई हाल्ने अनि प्रतिपक्षी नेताले पनि सहमति गरि हाल्ने चलन थियो - प्रस्तावित मान्छे एकदम खत्तम नभए सम्म \

तर अहिले चै भागनै लगाएका छन् डाकाहरुले , प्रचन्डले प्रस्ताबगरेको मान्छेलाई अरु ५ जनाले नो भनेपनि त्यो पास हुन्छ , अब भाग लगाएपछि हुन पनि पर्यो \
 
Posted on 02-11-15 12:22 PM     [Snapshot: 668]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोकमान लोल ,

"यसैबीच,कार्कीले माओवादी लडाकु शिविरमा भएको अनियमितताको छानविन अख्तियारले नगर्ने बताएका छन् । कानुनतः मन्त्रिपरिषद्ले गरेका निर्णय अख्तियारको छानविन र अनुसन्धानको क्षेत्राधिकारभित्र नपर्ने भएकाले यसमाथि छानविन गर्न नमिल्ने कार्कीले बताएका हुन् । ‘यो शानन्तिसम्झौताअन्तर्गतको एउटा विषय भएकाले निकै संवेदनशील पनि छ । यसको संवेदनशीलता र त्यतिवेलाको शान्ति सम्झौतालाई दृष्टिगत गरी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले शिविरमा लडाकुलाई पैसा दिने लगाययत विभिन्न निर्णय गरेको हो’ कार्की भन्छन् ।"

http://www.ratopati.com/2015/02/11/207618.html

देख्नु भयो त गोर्खे मित्र ? "एस्तो कुरो नगर्नुस है शान्ति प्रक्रिया बिथोलिन्छ " भन्ने बाबुराम र लोकमानमा केहि फरक पाउनु भयो ?

यो time kill गरेको भनेर त सबैलाई थाहा थियो \

अनि सिविरमा पैसा दिएको भनेर कसले बिरोध गरेको छ र , कसले उजुरी गरेको छ र - यहाँ त हुदै नभएका मान्छेको नाममा पैसा दिएको भनेर पो बिरोध भएको \ येही प्रस्न कसैले सोध्यो भने के भंचन होला भने " ओहो त्यो त अख्तियारको कार्यक्षेत्र मा पर्दैन , त्यो त बरु तेही सिविरमा भएका कर्मचारीले अर्काको नाममा पेस्की लीईदिएको होला/तलब बुजिदिएको होला तेसैले महालेखामा बेरुजु लगत बाध्नु पर्ने जस्तो देखिन्छ " | अब भयो त ? कमल-पुष्प ले लोकमानको नियुक्तिको लागि तेसै ज्यान फालेर लागेको होइन नि \

अलिकति background है :
जिउदो मान्छेलाइ आगोको राको झोस्न जाने महेश बस्नेत (हाल उद्योग मन्त्रि) ले अरु कुनै राम्रो काम नगरेपनि, २ वर्ष अगाडी अख्तियारमा मुद्दा हालेर चै राम्रो काम गरेको हो है | सबैलाई थाहा छ, त्यो सब ओलीको निर्देसनमा गरेको हो तर कर्ता त भयो नि आफै |
http://thehimalayantimes.com/fullTodays.php?headline=Maoist+cantonment+corruption+probe+in+limbo&NewsID=403000
Last edited: 11-Feb-15 12:49 PM

 
Posted on 02-13-15 9:18 AM     [Snapshot: 1036]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अख्तियारलाई पूर्णता देउ" भनेर आजको कान्तिपुरमा सुधिर शर्माले राम्रो सम्पादकीय लेखेका रैचन |

"पाँच जना आयुक्त रहने अख्तियारमा प्रमुख आयुक्तसहित दुई जना मात्रै छन् । अघिल्लो सरकारको पालामा त अख्तियारले पूर्णता पाएन नै, कोइराला प्रधानमन्त्री भएको एक वर्षसम्म पनि आयोगले पूर्णता नपाउनुचाहिँ आश्चर्यलाग्दो छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले आयुक्तहरू नियुक्ति गर्ने संवैधानिक व्यवस्था भए पनि विगत एक वर्षमा यो विषयमा न प्रधानमन्त्रीले नै चासो दिए, न राष्ट्रपतिले नै स्मरण गराएको पाइयो । यही सेरोफेरोमा अख्तियारको कार्यक्रममा राष्ट्र प्रमुख र सरकार प्रमुख एकैसाथ उपस्थित भएर अख्तियारलाई पूर्वाग्रही नबन्न दिएको सुझाव/सल्लाह भने उदेकलाग्दो छ ।
आयोगलाई पूर्णता दिएको अवस्थामा आयोग बलियो बन्ने कुरामा कुनै शंका छैन । साथै आयोगबाट हुने निर्णयहरूमा स्वेच्छाचारिताको सम्भावना पनि कम रहन्छ । एउटा वा दुइटा आयुक्तले लिने निर्णय र पाँच जना आयुक्तले गर्ने सामूहिक निर्णयमा निश्चय नै फरक हुन्छ । आयोगको पूर्ण पदाधिकारीले लिने निर्णय आफैंमा परिपक्व र उत्तरदायी हुने सम्भावना रहन्छ ।"

हुनपनि तेती सजिलो काम चै नगर्ने (प्रधन्मत्रिले ) अनि खाली भ्रस्टाचार बढ्यो मात्र भन्ने \ आखिर तीन पार्टी ले तिन जना सिफारिस गर्ने त हो नि \ तर यीनि राम्रो संग थाहा छ कि ५ जना संग बच्न भन्दा एक जना संग बच्न सजिलो छ भनेर \


अनि हेर्नु त प्रधानमन्त्रीको बिजोग :
"त्यतिमात्र होइन, मन्त्रिपरिषद्कै केही सदस्यले भ्रष्टाचार गरेको सूचना आफूकहाँ बारम्बार आएको भनी सार्वजनिक कार्यक्रममा बताएर प्रधानमन्त्रीले लाचारी व्यक्त गर्न कुनै हिसाबले पनि सुहाउँदैन । जबकि मन्त्रीले भ्रष्टाचार गरेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो विशेषाधिकार प्रयोग गर्दै कारबाही गर्न सक्छन् ।"

बरु कसलाई भनेको रहेछ ?

 
Posted on 02-26-15 9:40 AM     [Snapshot: 2695]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देख्नु भयो हैनत, आज पनि यिनीहरुले अख्तियार मा आयुक्तहरु सिफारिस गरेनन \ धेरै जस्तो मान्छे लाइ त पहिले नै थाहा थियो \ एस्तो हुदै छ भनेर \

http://nagariknews.com/main-story/story/33825.html
 
Posted on 02-26-15 12:25 PM     [Snapshot: 2804]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अख्तियार भनेको सानो सानो माछा समाउने बल्छी मात्र हो | ठुलो ठुलो माछा समाउने जाली अख्तियारसंग छैन..
यहाँ एक जना ठुलो माछा समाउने बित्तिकै अरु ठुलो माछा नि फस्ने डर हुन्छ ..अनि तै चुप, मै चुप ..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters