[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  डिसीमा १ सय ५ औ अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न
[VIEWED 8065 TIMES]
SAVE! for ease of future access.
Posted on 03-09-15 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



फाल्गुन २४ ,डिसी
विजय थापा

डिसी महानगर क्षेत्रमा स्थापना भएको अमेरिका नेपाल महिला सघ(आन्वा )को आयोजनामा १ सय ५ औ अन्तर्राष्ट्रिय नारी दिवस भब्यताको साथ सम्पन्न भएको छ l

स्थापना काल देखि नै नारी दिवस मनाउदै आएको र नारीका बिषय सम्बन्धि केन्द्रित गर्ने गरेको भएता पनि यस पटक आन्वाले अलिक पृथक शैलीमा प्रस्तुति गरेको छ l बिजया शाहको सभापतित्वमा भएको कार्यक्रममा शाहले मन्तब्य राख्दै पहिलो ,उदासी (डिप्रेसन )तथा आत्महत्या ,दोश्रो घरेलु हिंसा र तेश्रो एमआरपी राहदानी सम्बन्धि ३ वटा कुराहरुमा केन्द्रित रहने जानकारी दिनु भयो l

कार्यक्रममा एमआरपी राहदानी सम्बन्धि जानकारी दिदै नेपाली दुताबासका कन्सलर नारायण प्रसाद मैनालीले सन् १९९० को राजनैतिक परिवर्तन पछि महिलाहरुका बिषयमा धेरै कुरा परिवर्तन भएको चर्चा गर्दै महिलाहरुले पुरुष वर्गलाई दवाब श्रीजना गर्नु पर्यो भन्ने विचार राख्नु भयो l

एनआरएन अमेरिकाका वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले महिलाले ८० देखि ९० प्रतिसत महिलाले काम गरेर घर आए पनि घर महिलाले नै धान्ने देखिएको चर्चा गर्दै एनआरएन अमेरिका र दुतावास मिलेर एमआरपी राहदानी बिषय संग सहकार्य गरि रहेको बताउनु भयो l

संचारकर्मी तथा एनआरएन आईसीसीका सल्लाहकार राम खरेलले नारी दिवसको सफलताको लागि शुभकामना दिदै अक्टोबर २०१५ मा एनआरएनको सम्मेलन हुने बारेमा जानकारी दिनु भयो l

उक्त कार्यक्रममा डा श्याम कार्कीले आत्महत्या रोकथाम र (डिप्रेसन )उदासी व्यवस्थापन सम्बन्धि बिशेष जानकारी दिदै अमेरिकामा सबै भन्दा ज्यादा ४५-५४ वर्षका मानिसले करिब १९ प्रतिशत आत्महत्या गरेको तथ्यांक दिनु भएको थियो l

यसै गरि अमेरिकामा सबै भन्दा आत्महत्या गर्ने राज्यहरुमा अलास्का र मोनटाना भएको बताउदै अमेरिकामा मानिसले सबै भन्दा ज्यादा बन्दुकले गरेको अनुसन्धानले देखाएको छ भन्नु भयो l आत्महत्या गर्ने व्यक्तिले योजना बनाएर नै आत्महत्या गर्छ भन्नु भयो l

आन्वा कि महासचिब तथा कानुनी ब्यबसायी बन्दिता शर्मा दाहालले महिला हिंसा बारेमा बोल्नु हुदै जीवनमा ३ जना महिला मध्ये १ जना महिला घरेलु हिंसा परेका हुन्छन l

महिला हिंसाका बिबिध जानकारी दिदै नेपाली समुदायमा पनि घरेलु महिला हिंसा छ भन्दै कसरि यसलाई समाधान गर्न सकिन्छ त्यो कुरा मुख्य हो l जति सुकै पिडा र पुरुष बाट महिला प्रताडित भए पनि हाम्रो संस्कार ,समाज ,संस्कृति आदिको कारण हाम्रा दिदि बहिनीहरु सहेर बसेका कैयौ घटना भएका छन् भन्नु भयो l

मुलुक छोडेर परदेशमा आए पछि पुरुष वर्गले त्यो संस्कार छोड्नु पर्ने हुन्छ l अमेरिकामा अझ पनि घरेलु हिंसा धेरै छ र अझ जिवितै छ भन्नु भयो l

उक्त नारी दिवसमा प्रश्न उत्तरको कार्यक्रम पनि राखिएको थियो l संस्थाकि पूर्व अध्यक्ष बिष्णु कुमारी थापाले बेइजिङ्ग बिश्व महिला सम्मेलनले महिला वर्गमा ठुलो परिवर्तन ल्याएको छ भन्दै आफु त्यो सम्मेलनमा सहभागी भएको जानकारी दिनु भयो l कार्यक्रममा संस्थाकि पदाधिकारी सरल पाण्डेले नारी दिवसको उपलक्ष्यमा महिलाहरुलाई हौसला प्रदान गरि दिने सबैलाई धन्यबाद दिनु भएको थियो l
 
Posted on 03-09-15 9:55 PM     [Snapshot: 23]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटै कार्यक्रम मा MRP , घरेलु हिंसा , आत्महत्या , महिला अधिकार सबै सकेछन । अझ पोलियो थोपा नई रखेको भए झन उपलब्धि मूलक हुन्थ्यो ।।
 
Posted on 03-10-15 1:22 PM     [Snapshot: 94]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु पनि डिसी कै बासी हो तर यस्तो कार्यक्रम को कहिलै जानकारी हुन्दैन आफुलाई.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters