[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Mr. D

Tyo Din

tragicomic

jetho390
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिका आएपछि डिप्रेसन
[VIEWED 13890 TIMES]
SAVE! for ease of future access.
Posted on 03-11-15 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिका आएपछि डिप्रेसन


सबैले भन्ने सपनाको देश अमेरिका आउन पाउँदा भक्तपुरका राजकुमार न्यौपानेमा खुसीको सीमा थिएन। पत्नी रत्नालाई डिभी परेदेखि अमेरिका उड्ने सपना उनीहरूको आँखामा झल्झली नाँचिरहेको थियो। त्यो सपना साकार हुनेवाला थियो।

७ वर्षे छोरा आयुषसँगै तीन वर्षअघि अमेरिका आउँदा उनलाई भाग्यमानी नभन्ने कोही थिएनन्। डाँडामाथि पुगेकी बुढीआमा र केही आफन्तले भने परदेशको लोभमा स्वदेशको खान-लाउन पुग्दो बन्दोबस्त नछोड्न सुझाव नदिएका होइनन्। अझ आमाको ढिपी आफू बितेर नगएसम्म छोराले नछोडोस् भन्ने थियो।

अमेरिका छिर्नेबित्तिकै ग्रिनकार्ड पाइने र सबै सपना पूरा हुने ठानेका उनी किन रोकिन्थे र? त्यही ग्रिनकार्ड र अमेरिकी सपनाको आकर्षणमा उनी उमेर पुगेकी बहिनी र वृद्धा आमा छोडेर मंसिरको धान नकाट्दै उडे।

कोटेश्वरस्थित एक निजी कलेजको सेयर र अध्यापनबाट हात झिकेर अमेरिकाको बोस्टन आएपछि उनका दिन सुरुवातबाटै सोचेजस्ता भएनन्। आउनेबित्तिकै हावपानी नमिलेर उनी बिरामी परे। उपचार गराउन असाध्यै महँगो पर्ने सुनेपछि उनी अस्पताल नगई फार्मेसीको औषधी खाएर बसे।

सुरुमा आउनासाथ हेल्थ इन्स्योरेन्स उपलब्ध हुँदैन। यसका लागि केही महिना र केही प्रक्रिया पूरा गर्नुपर्थ्यो। यही कारण उनले काम गरिहाल्न सकेनन्। अमेरिका आउनुअघि यहीँ बस्ने एक आफन्तले अलि टाढा अपार्टमेन्ट लिइदिएका थिए। महँगो अपार्टमेन्टमा उनी अर्को एक परिवारसँग सेयर गरेर बस्न थाले।

बिरानो ठाउँमा अपरिचित मान्छेबाहेक कोही थिएन। लामो समय काम नगरी कोठाभित्र थुनिएर बस्नुपर्दा उनमा निराशा बढ्दै गयो। यही निराशा बढेर डिप्रेसनमा बद्लियो। आफन्तको सल्लाह र फार्मेसीको सुझावमा उनले डिप्रेसनको औषधी सुरु गरे।

तीन कक्षामा पढ्दै गरेको छोराले अमेरिका आएपछि झन्डै एकवर्ष स्कुल जान पाएन। कक्षामा उत्कृष्ट अंक ल्याउने छोरो एक वर्षसम्म स्कुल नगई अल्मलियो। उसको दैनिकी बाबुआमाको मोबाइल वा ल्यापटपमा बित्न थाल्यो।

अमेरिकामा सेप्टेम्बर २३ बाट नयाँ शैक्षिक सत्र सुरु हुन्छ। नेपालमा दसैंतिहार मानेर नोभेम्बर लागेपछि अमेरिका आएका उनी छोराले स्कुल एकवर्ष गुमाउँदा अर्को पीडामा परे। अमेरिकामा बस्ने आफन्तले यहाँको शैक्षिक सत्रबारे उनलाई पहिलै जानकारी गराएनन्।

जेठमा भिसा लागेपछि नै उड्न हतारिएका थिए उनी। तर वृद्धा आमा र ससुरालीको दसैँटीका लगाएर बिदा गर्ने आग्रह टार्न सकेनन्। अनि बहिनीको तिहार मान्ने इच्छामा हार्न सकेनन्।

अमेरिका आएको एक महिनापछि पत्नी रत्ना कफी सपमा काम गर्न थालिन्। नेपालमा हुँदा एक फाइनान्स कम्पनीको टेलरमा काम गरेकी उनी कफी सपमा पटक्कै रमाउन सकिनन्।

तर नेपालबाट ल्याएको खर्च तीन महिना नपुग्दै सकियो। पति बिरामी भएपछि रत्नालाई जेसुकै काम नगरी सुखै भएन। मनले नखाए पनि राति कफी सप र दिउसो स्टोरको काम गर्न थालिन्। हरेक दिन भुइँ र टेबुल पुछ्दा उनलाई फाइनान्समा विष्णुमाया दिदीको कामको याद आयो।

रत्नाको कमाइले कोठाभाडाखानामोबाइल खर्च र राजकुमारको औषधी जेनतेन पुग्न थाल्यो। तर समस्या थियोनेपालबाट आइरहने ऋण तिर्ने ताकेताका फोन कलहरू।

अमेरिका पुगेपछि डलर सजिलै बर्सिन्छ भन्ने सोचले दिल खोलेर खर्च गर्दा उनले ७ लाख ऋण बोकेर आएका थिए। तीन महिनाभित्र तिर्ने आफ्नै वचनभित्र उनले ऋणको एक सुको किस्ता पठाउन सकेनन्। ऋण थियो, एक पूर्वसहकर्मीको तीन लाख र घरनजिकैका होलसेल साहुजीको चार लाख रुपैयाँ।

फोन गर्ने साहुले अमेरिकामा पुगेपछि ऋण बिर्सेको बात लाउँदै घरमा आमालाई दबाब दिन थाल्यो। पूर्वसहकर्मी पनि पैसाको जरुरी परेको भन्दै चिढिन् थाले।

उनले यहाँ आएपछि आफूले भोगको वास्तविकता बताउन सकेनन्। बरु राम्रो काम पाउन लागेको भन्दै केही महिनाको भाखा मागे।

यही बेला घरमा आमा सिकिस्त बिरामी भएको खबर आयो। बहिनीले रुँदै दिन बिराएर फोन गर्न थालेपछि उनको डिप्रेसन झन् गहिरियो। औषधीको मात्रा बढ्दै गयो। औषधीको खर्च बढ्यो तर अवस्था सुध्रिएन। उनी एक्लै टोलाउनेकम बोल्ने र खाना पनि नखाने गर्न थाले।

दिनरातको कामले निद्रा र आराम नपुगेर रत्ना तीन महिनामा आधा ज्यानकी भइन्। पतिको कमजोर स्वास्थ्य उनको अर्को पीडा थियो। त्यसमाथि छोराको पढाइमा खेर गएको एक वर्षले उनी अवाक् हुँदै गइन्।

‘एकदिन तीनैजना बसेर खुब रोयौं,’ रत्नाले त्यो दिन सम्झिँदै आँसु झारिन्, ‘कुन दिन डिभी भरेछु भन्ने पश्चाताप मात्र लागिरह्यो। मेरै कारणले पुरै परिवारले दुःख पाएजस्तो भयो।’

एउटै घरमा बस्नेहरू पनि असहयोगी देखिए। बोल्न नखोज्ने र थाहा भएको कुरा पनि नसिकाउने उनीहरूको व्यवहार टीठलाग्दो थियो। तर सबै चुपचाप बसे।

त्यसदिन उनीहरूले भावावेशमा नेपाल फर्कने निर्णयसमेत गरे। यहाँ बस्ने आफन्त र भर्खरै चिनेका केही साथीसँग यसबारे सल्लाह भयो। केहीले दुःख धेरै पाउनुभन्दा फर्कनु उचित हुने सल्लाह दिए। केहीले हरेश नखाई धैर्य गर्न आग्रह गरे।

रत्नालाई लाग्योडिभी परेर अमेरिका आउँदैमा सुख पाइने भ्रम मात्र रहेछ। उनको बुझाइमा यहाँ आएपछि पाउने हन्डर भनिसाध्यै छैन। उनले देख्दै र सुन्दै गइन्, यो हन्डर उनले मात्र पाएकी होइन रहेछ। एकै ठाउँमा काम गर्ने अरु नेपालीको संघर्षका कुरा सुन्दा र अवस्था देख्दा उनले यस्ता दुःखका अनेक पाटा भेटिन्।

यहाँ सबैले पालना गर्नुपर्ने नियमकाम गर्ने सिस्टममहँगो बसाइ अनि कमाइ, जति बेलिबिस्तार लगाउँदा पनि नेपालमा कसैले पत्याउँदैनन्। सबैले अमेरिकामा मोजको जिन्दगीमा रमाएको मात्र ठान्छन्। डलरमै सुतेकोडलरै खाएको देख्छन्।

वास्तविकता भोग्नेलाई मात्र थाहा हुँदो रहेछ,’ उनी भन्छिन्, ‘यहाँ आउनुअघि हामी पनि यस्तै सोच्थ्यौं। अहिले थाहा पाउँदैछौं।

औषधीले विस्तारै काम गर्दै गएपछि राजकुमार पनि कफी सपमै काम गर्न सक्ने भए। ६ महिनापछि उनले थोरै कमाइ गर्न थाले। अलिअलि ऋण तिर्न सुरु भयो। एकवर्ष पुग्दा ऋण आधा तिरियो। छोरा पनि अर्को सेप्टेम्बरदेखि स्कुल जान थाल्यो। दैनिकी केही सहज हुँदै गयो उनीहरूको।

छोरालाई एक्लै छोड्ने नमिल्ने भएकाले पति/पत्नी आलोपालो गर्दै काममा जान थाले। अमेरिकामा १३ वर्षभन्दा कम उमेरका छोराछोरीलाई घरमा पनि एक्लै छोड्नै मिल्दैन।

एक्कासि आमा बितेको खबर आयो। आमाले अन्तिम सास लिने बेलासम्म छोरो र नातिको मुख हेर्ने खुब इच्छा गरिन् रे। तर त्यो अधुरै रह्यो। बुहारीका कारण वर्षौँदेखि अलगै बस्दै आएको जेठो छोराले आमाको अन्तिम सास भेट्न सकेन। उनले अन्तिम संस्कार भने गरे। जीवनको उत्तरार्धमा रेखदेख गर्ला भनेर प्यारो ठानेको कान्छो छोरो त मर्ने बेलामा झन् ढाटा भयो।

डिप्रेसनबाट भर्खर तंग्रिँदै गरेका राजकुमार आमाको शोकले फेरि थलिए। आफ्नो शारीरिक अवस्थानेपालबाट आउँदाको ऋण भारभर्खर सुरु भएको छोराको पढाइ अनि पत्नीको काम सबै कुरा मिलाउन तुरुन्तै सम्भव थिएन।

उनी चाहेर पनि आमाको मृत्यु संस्कारमा जान सकेनन्। नेपाल जान तीनै जनाको दोहोरो टिकटका लागि अर्को ६ लाख ऋण खोज्नु पर्थ्योजुन उनका लागि यतिबेला असम्भव थियो।

बल्झिएको डिप्रेसनले उनी फेरि कामविहीन भए। कैयौं दिन काम न माम भएर उनी शोकमा डुबे। अमेरिका गएपछि आमाको मृत्युमा पनि फर्केर नआउने छोराबुहारी भनेर नेपालमा आफन्तले उनीहरूकै कुरा धेरै काटे। अमेरिका आएपछि सुखभन्दा दुःख पाएको केही न केही थाहा धेरैले पाइसकेका थिए।

पहिला अमेरिका जाने शाखासन्तानकै भाग्यमानी भन्नेहरू अहिले कस्ता अभागी भन्न थाले। ऋणसमेत तिर्न नसकेको चर्चा उनीहरू नै गर्थे।

‘अमेरिका गएपछि सबै कुरा उतै पुग्दो रहेछ भन्नेसमेत आफन्तले सुनाए,’ रत्नाका आँखा फेरि आँसुले भरिएर आए।

रत्ना अमेरिका आएको तीन वर्षपछि बल्ल सामान्य हुँदैछिन्। यसबीचमा उनले अथाह दुःखपीडा पचाइन्। अनिँदोमा काम गर्दा यस्तो हुन्थ्यो, एउटा सामान माग्दा ग्राहकलाई अर्कै दिन्थिन्। घरबाट काममा जाँदा-आउँदा बसमा आधा घन्टा निदाएर निद्रा पुर्‍याउँथिन्। अहिले त्यो अवस्थाबाट अलि सुधार आएको छ।

राजकुमारले अझै डिप्रेसनको औषधी खान छोडेका छैनन्। तर काम गर्न थालेका छन्। अमेरिका आएपछि डिप्रेसनले अरुलाई पनि सताएको उनले थाहा पाए।

आमाको निधनमा निकै कमजोर बनेका उनमा त्यो पीडाको घाउ पुरिँदै गएको छ। आमाको ४५ दिनलगत्तै बहिनीको बिहेमा पनि उनी जान सकेनन्। बहिनीलाई दाइजो दिन पहिलोपटक एक लाख रुपैयाँ अमेरिकाबाट पठाउँदा भने उनलाई ठूलो लडाइँ जितेजस्तो भएको थियो।

छोरा आयुषले नेपालको जस्तै उत्कृष्ट अंक ल्याउन नसके पनि पढाइमा केही प्रगति गर्दै गएको छ। अमेरिका आएपछि अर्को वर्ष पहिलोपटक नेपाल जाने सोच छ उनीहरूको।

तर छोरा आउने आशमा आमा पिँढी कुरेर बसेकी हुने छैनन्। कर्मघर गइसकेकी बहिनी चार वर्षपछि दाजुको अँगालोमा छाँद हाल्न भने आइपुग्ने छिन्। वर्षौँदेखि ताल्चा लागेको घर र भत्किएको पिँढी केही साता लिपपोतले उज्यालो हुनेछ।

‘ऋणको ठूलो भार थियोतिरियो,’ राजकुमारले सुस्केरा हाले, ‘छिमेकी र साथीभाइ रिसाएका छन्। त्योभन्दा ठूलो कुरा आमाको माया खडि्कने छ।’

(कुराकानीमा आधारित। पात्रको नाम परिवर्तन गरिएको छ।)

Last edited: 11-Mar-15 07:54 AM

 
Posted on 03-11-15 9:29 AM     [Snapshot: 151]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालमै बस्ने धेरैलाई पनि डिप्रेसन छ। सोमालियामा पनि डिप्रेसन छ।नर्वेका नागरिकमा पनि डिप्रेसन छ। Depression is universal and it's in increasing trend as we are getting used to modern/urban lifestyle. It is said that," Death of million is statistics and death of a person is a tragedy." So individual story of tragedies are heart -wrenching but it's ongoing in millions.
 
Posted on 03-11-15 9:57 AM     [Snapshot: 257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यती कुरा चै सत्य हो ,कमजोर मुटु भएका हरु को लागि अमेरिका हार बाहेक केई हैन । अमेरिका मा आएर पैसा कमाएर राम्रै सँग बस्ने हरु लाखौ छन । कोई एक जना ले अमेरिका ले दिने संघर्स सहन नसकेर खुस्किन्छन अनि सारा दोस अमेरिका माथि ।
 
Posted on 03-11-15 10:25 AM     [Snapshot: 316]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 

Last edited: 19-Mar-15 02:20 PM

 
Posted on 03-11-15 10:26 AM     [Snapshot: 345]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-11-15 2:54 PM     [Snapshot: 723]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमाको भोजानालय अनि बाउको मोटेल मा सित्तैमा बस्न पाउदा ; मिठो पकवान नभए मम पसल धाउने हरुलाई यो डिप्रेसन भन्या चिज कुन चरीको नाम हो भन्दै हिडेका हुन्छन |
जादुको छाडी हुन्छ अमेरिकामा भन्ने सोचाइ लिएर छिरेका हरुलाई बाउको मोटेल न आमाको भोजनालय को यादले सताईएका मात्रै होला ? यी अल्छ्या गुले हरुलाई गरिखान नसकेको मात्रै हो | असली डिप्रेसन नभएको पनि हुन् सक्छ | आफ्नो पसिनाको कमाइ मा रमाउन कति सजिलो हुदो रहेछ ?



 
Posted on 03-12-15 9:09 AM     [Snapshot: 1535]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्ने नै हो भने अमेरिका आएर धेरैको दुर्गति भन्दा प्रगति नै भएको छ | नेपालकै पाराले काम साम नगरी माम खाने घुष खाने हो भने चै नेपालमै बसे भो
 
Posted on 03-12-15 11:54 AM     [Snapshot: 1636]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with sajhasexy. I have never seen a good article in Setopati about lifestyle in USA.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters