[Show all top banners]

rownyc

More by rownyc
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 GEN.CHEETRI & NEW NEPAL
[VIEWED 5611 TIMES]
SAVE! for ease of future access.
Posted on 08-17-15 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेक संगठनमा नेतृत्व परिवर्तनसंगै नयाँ आशा र अपेक्षाहरु जन्मने गर्छन् । आगामी २६ भदौंमा विधिवत् रुपमा नेपाली सेनाको नेतृत्वमा नयां प्रधानसेनापतिका रुपमा राजेन्द्र क्षेत्री औपचारिक रुपमा कार्यभार सम्हाल्दैंछन् । क्षेत्री नया प्रधानसेनापतिको कार्यभार लिन तम्तयार भएसंगैं  स्वभाविक रुपमा उनीसंग धेरै आशाहरु पलाएका छन् ।
लोकतन्त्र स्थापनापछि सेनाको चौथो प्रधानसेनापतिका रुपमा सैनिक मुख्यालय छिर्न लागेका क्षेत्री सरल स्वभाव, विवादरहित छवि र लामो सैनिक जीवन भएका अनुभवी ब्यक्ति हुन् । पुर्ववर्ती प्रधानसेनापती गौरवशमशेर राणाको कार्यकालमा सेनामा भएका केही अलोकप्रिय कामको सुधारको अपेक्षा पनि उनीबाट सेनाले गरेको छ । 
आर्थिक रुपमा सम्पन्न र स्वच्छ छवि भएका गौरवशमशेर राणाबाट सेनामा नीतिगत सुधारको अपेक्षाका साथै संस्थागत भ्रष्ट्राचारको अन्त्य हुने आशा गरिएपनि उनको कार्यकाल ठिक विपरित हुन पुग्यो र सायद हालसम्मकै असफल प्रधानसेनापतिका रुपमा उनी सैनिक इतिहासमा दर्ज भए । नक्कली सर्टिफिकेटधारी र किर्तेहरुको बढुवा, आर्थिक मामिलामा अपारदर्शी, बढुवा पद्धतिमा पक्षपात र विदेश भ्रमणमा अघिल्ला निकटवर्तीलाई माथ गर्नु उनको कार्यकालको सटिक समीक्षा हो । गौरवको  कार्यकालको उपलब्धिका रुपमा सेनाको ‘डक्ट्रीन’ निर्माण र उनीभन्दा अघिका प्रधानसेनापति छत्रमानसिंह गुरुङले सुरु गरेको समायोजन प्रक्रियालाई निष्कर्षमा पु¥याएको सिमित भूमिका खेल्नु बाहेक उनको कार्यकाल खासै उत्साहप्रद रहेन । समायोजनमा गौरव लचक नभएको भए शान्ति प्रक्रियामा समस्या आउन सक्थ्यो त्यसमा राणाले सकरात्मक भुमिकाको प्रशंशा गर्नैपर्छ । 
को हुन क्षेत्री ?
लमजुङ स्थायी घर भएपनि क्षेत्री काठमाडौंको सामाखुसीमा हुर्केका हुन् । २६ भदौपछि सेनाको प्रधानसेनापति हुन लागेका क्षेत्री पनि पुस्तैनी सैनिक परिवारबाट आएका हुन् । राजा महेन्द्र र रानी रत्नको शाही पाश्र्ववर्ती समेत रहेका महासेनानी गोपालबहादुर खत्रीका छोरा राजेन्द्रका हजुरबा सेनानी बलिन्द्रबहादुर नुवाकोट, धादिङ र रसुवाको बडाहाकिम थिए । 
उनका जिजुहजुरबा जमदार नाहरसिंह खत्री पाल्पा र बुटवल क्षेत्रमा खटेर काम गरेका थिए । क्षेत्रीका सहोदार दाई रमिन्द्र क्षेत्री हाल सेनाको मानार्थ उपरथीका रुपमा कार्यरत छन् भने भाई रतिन्द्र खत्रीले महासेनानिबाट अवकास पाइसकेका  छन् । पूर्व सैनिक प्रवक्ता समेत रहेका उपरथी क्षेत्री माओवादी आक्रमणमा परेर अपाङग भएपनि उनले त्यसको बावजुत पनि निरन्तर सेनामा सेवा गर्दै आएका छन् । उनी माओवादी आक्रमणमा नपरेको भए सेनापति हुने लाइनमा समेत थिए भने भाई रतिन्द्रको पनि तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङको गलत नियतका कारण महासेनानीबाट अवकास हुन  पुगे । उनै खत्री पनि आफ्नो ब्याजमा प्रथम भएकाले उनलाई भावि सेनापतीका रुपमा सेनामा हेरिएको थियो । यसरी तिनै भाई सेनामा सेनापतिका दावेदार रहेपनि अन्ततः प्रधानसेनापतिकोे फुली लगाउने ऐतिहासिक सौभाग्य भने राजेन्दलाई प्राप्त भएको छ । 
सेनामा कम बोल्ने, सबैका कुरा सुनेर मात्र निर्णय गर्ने क्षेत्री स्वभावलाई धेरैले मन पराउने गरेका छन् । सेनाभित्र क्षमतावान र इमान्दार अधिकृतको रुपमा पनि उनलाई हेरिन्छ । अमेरिकाबाट स्टाफ कलेज र अमेरीकाबाटै नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका उनी अब्बल सैनिक अधिकारी हुन् । यसैको परिणाम हुनुपर्छ, उनी प्रधानसेनापतिजस्तो पदमा पुग्न सफल भए ।  क्षेत्रीसंग  युएन मुख्यालय न्ययोर्कमा ३ वर्ष काम गरेको अनुभव समेत छ । उनी यसअघि ७ बाहिनीको बाहिनीपति त्यसपछि हेटांैडाको पृतनापती र पुर्व प्रधानसेनापती रुकमाङगत कटुवालको एम.ए भएर काम गरेको अनुभव छ । 
क्षेत्रीमाथी चुनौतीका चाङ
वर्तमान प्रधानसेनापति गौरवशमशेर राणाको सेनागिरीले सेनामा पक्षतापूर्ण व्यवहार भएको मान्नेहरु नेपाली सेनाभित्र धेरै छन् । त्यतिमात्र होइन उनले प्रधानसेनापति भन्ने पदको यति दुरुपयोग गरेका छन् त्यसको कुनै हिसाव नै छैन् । 
त्यसैले पनि राजेन्द्र क्षेत्रीलाई प्रधानसेनापति व्यक्तिभन्दा पनि एउटा संस्था हो भन्ने कुरा स्थापित गर्नु उनको पहिलो चुनौती हुनेछ । क्षेत्रीबाट १० वर्षे र २० वर्षे भिजनकोे निरन्तरताको पनि अपेक्षा गरिएको छ । पूर्व प्रधानसेनापतिको सैनिक सचिव भएर काम गरेको अनुभव भएका क्षेत्रीबाट सेनाको ‘रिडिजाइन’लाई लागु गर्ने अर्को चुनौती पनि छ । त्यतिमात्र होइन यसअघि कार्वाहीको नाममा जागिरबाट बर्खास्त गरिएका सैनिक अधिकारी उपरथी प्रेमप्रकाश थापालाई न्याय दिने कुरा पनि उनको निर्णयसंग जोडिएको छ । 


पछिल्लो समय नक्कली प्रमाणपत्रको आरोप लागेका सहायकरथी ज्ञानेन्द्र रायामाझी र किर्ते गरेको आरोपमा बर्खास्र्तीमा परेका महासेनानी सुरेन्द्र सिजापतिको प्रकरणपछि सेनाका उच्च अधिकारी धेरैसंग नक्कली प्रमाणपत्र रहेको र उमेर सच्याउने गर्ने गरेको नराम्रो सन्देश पनि बाहिर गएको छ । जसले व्यक्तिका कारण सिंगो संस्था नै बदनामित भएको छ । यसको तर्कपूर्ण हैन तथ्यपूर्ण जवाफ आम सरोकारबाला निकायले उनीबाट खोजेका छन् । जसलाई मेटाउन पनि क्षेत्रीलाई सहज छैन् । केही उनका सही निर्णयहरुले सेनामा विश्वासको वातावरण सिर्जना हुन सक्छ ।
उनी अघिका प्रधानसेनापतिले फाष्ट ट्रयाकका नाममा गरेको सेनागिरीको व्यवस्थापन गर्नु उनको अर्को चुनौती हुनेछ । फास्ट ट्रयाक सिद्धान्ततः ठिक भएपनि पुर्व प्रधानसेनापतिले यसलाई लागु गर्ने सन्दर्भमा ‘आफ्नालाई काखा र अरुलाई पाखा’को नीति लिए र फाष्ट  ट्रयाकको बढुवाको नाममा लागु गर्दा वरिष्ठलाई पन्छाएर आफू निकटका कनिष्टलाई बढुवा गरेर कार्यान्वयनमा भएको कमजोरीलाई सच्याउनुपर्ने दायित्व उनिमाथि थपिएको छ ।  
सैनिक अधिकारीहरुको अवकासको मुखमा सेनामा लागु भएको त्यो बढुवा पद्धति न कुनै देशको मोडेल हो न त न्यायसंगत विधी नै थियो । फाष्ट ट्रयाक भनेको एउटा लेन छोडेर अर्को लेनमा जानेलाई भनिने भएपनि गौरवले नेपालमा पदोन्नती प्रणालीलाई तेरो मेरो प्रणालीका रुपमा अघि बढाएका थिए । पाकिस्तानकै उदाहरण लिऔ त्यहा पनि सेनामा फाष्ट ट्रयाक लागु भएको छ । तर, योग्य लेफ्टिनेण्ट कर्णेललाई त्यहा फुल कर्णेल हुन आवश्यक छैन् उ सिधै बिग्रेडिएर हुन पाउछ । त्यो हो फास्ट ट्रयाक जहा एउटा ‘क्वालिफाइड’ सैनिक अधिकारी एउटा लेन छोडेर सिधै अर्को लेन समात्न पुग्छ र बढुवा हुन्छ ।  


बंगलादेशमा सिट नभएपनि ‘क्वालिफाइड’ सैनिक अधिकारीलाई जागिरको बीचमा घर पठाउदैन् बरु त्यसलाई सरकारले दरबन्दी थपेर राख्छ । तर, हाम्रोमा कुनै योजना बिना अवकासको मुखमा बढुवा पद्धती लागु गरिन्छ र उस्तै उस्तै क्षमता भएको मान्छे फुल कर्णेल हुन्छ र अर्को त्यस्तै सैनिक अधिकारी रोएर घर जानुपर्ने स्थिती छ । यसको सहि व्यवस्थापनको आशा पनि धेरैले नया प्रधानसेनापतिबाट गरेका छन् । 
प्रधानसेनापति राणाको तीन वर्षे कार्याकालमा दुई वर्ष सेनामा छायाँ सेनापतिका रुपमा चलाएका  अवकासप्राप्त रथी पवन पाण्डेले आफु अनुकुलताका सैनिक अधिकारीलाई पोस्न नियम परिवर्तन गरेर कसैलाई काखा कसैलाई पाखा गरेका छन् जसले संस्थामा डिभिजन ल्याएको मात्र छैन् नेतृत्वप्रतिको  विश्वास पनि घटाएको छ । यो घटनालाई नजिकबाट बुझेका क्षेत्रीले आफू निकटका व्यक्तिहरुको गलत सल्लाह र पावर एक्ससाइज गर्ने महत्वकांक्षालाई पनि राम्रोसंग बुझ्नुपर्छ । 


उनका पूर्ववर्ती प्रधानसेनापति राणाले ठुला वडा र व्यापारीहरुलाई पोस्ने जति काम गरेपनि सिपाहीको पक्षमा भने एउटा सकरात्मक काम गर्न सकेनन् । सेनामा यसअघि पनि लागु भएका र बीचमा अघि नबढेका ‘बंकर टु ब्यारेक’, ‘एक सिपाही एक खाटजस्ता सिपाही केन्द्रित कार्यक्रम लागु हुने अपेक्षा गरिएको छ । त्यस्तै उनीबाट ‘इन्टरनल सिस्टम रिफर्म’को अपेक्षा पनि छ । सैनिक कुटनीतिका नाममा विदेश भ्रमण गर्नेभन्दा पनि आफ्ना आन्तरिक ब्यारेकहरुको भ्रमण र अवस्था बुझ्नुपर्ने जरुरी पनि सेनामा देखिएको छ । त्यसैले क्षेत्रीबाट आन्तरिक भिजिटहरु बढ्ने अपेक्षा पनि सेनामा छ । 
सेनामा जहिले उठ्दै आएको कल्याणकारीको कुरा विकास निर्माणमा नियमविपरीत पुर्ववर्ती प्रधानसेनापतिले नियुक्त गरेका नरेश बस्नेतलाई क्षेत्रीले के गर्छन ? यो सर्वत्र चासोको रुपमा हेरिएको छ । सेनामा खरिद प्रक्रियामा रहेको अपारदर्शीताको पनि उनले व्यवस्थापन गर्छन भन्ने अपेक्षा छ । सेनामा नीतिगत सुधार र संस्थालाई आधुनिककरण गर्दै लैजाने विषय पनि उनको प्राथमिकतामा पर्छन भन्ने अपेक्षा सेनामा छ । 


नागरिक–सैन्य सम्बन्धको व्यवस्थापन अर्को चुनौती 

गौरवशमशेर राणाले रक्षा सचिव ईश्वरी पौडेललाई हटाउन लबिङ गर्दा त्यसको विरुद्धमा रहनेमा हालका प्रधानसेनापति क्षेत्री पनि थिए । त्यतिमात्र होइन नक्कली प्रमाणपत्रको आरोप लागेपछि छानविन समिती बनाउनुपर्ने पनि उनको मत थियो । 
यसरी यो प्रकरणपछि सेना–नागरिक सम्बन्ध कस्तो हुनुपर्छ ? भन्ने ठूलो बहस चल्यो । लामो समयदेखि यसको चर्चा हुने गरेको भएपनि सेनाले हालसम्म सैनिक–नागरिक सम्बन्धबारे कुनै छलफल चलाएको देखिदैन् । सेनाको बदलिएको भूमिकामा सेना–नागरिक सम्बन्ध बलियो बन्न आवश्यक छ । अहिलेको अवस्थामा नागरिकसंग त परै जाओस सेनाले रक्षासंगको सम्बन्ध पनि सुमधुर बनाउन सकेको छैन । 
अझ कतिपयले त ‘सिभिल सुप्रमेसी’ भनेको निजामतिले सेनालाई नियन्त्रण गर्ने हो भन्ने रुपमा लिएका छन् । रक्षा मन्त्रालयका कति कर्मचारीलाई समेत त्यो भ्रम छ र बेला–बेलामा उनीहरुले सेना चलाउन खोजेका त्यस्ता उदाहरणहरु पनि छन् । मेरो विचारमा ‘सिभिलियन कन्ट्रोल’ भनेको एउटा जनप्रतिनिधी संस्थाको मातहतमा सेना हुनुपर्छ भनिएको हो । 
त्यसैले कानुन बनाउने संस्थाको मातहत सेना बस्नुपर्छ भनेको ‘ब्युरोक्रेसी कन्ट्रोल’ भित्र सेना बस्नुपर्छ भनेको होइन र त्यो सम्भव पनि छैन् । सैनिक मामिलामा सेना स्वतन्त्र भएर रक्षा मन्त्रालयलाई बलियो बनाउने र हेडक्वार्टर, रक्षा र राजनीतिक नेतृत्वको सम्बन्धलाई सुमधुर रुपमा अघि बढाउनु नया सेनापतिको अगाडी चुनौती हुनेछ । सेनामा ‘सिभिल–मिलिटरी रिलेशन’ पढेर आएका विज्ञ धेरै छन् । तिनको सहयोगमा संंगठनभित्र सैन्य–नागरिक सम्बन्धलाई राम्रोसंग डिफाइन हुने र लागु हुने अपेक्षा पनि क्षेत्रीबाट गरिएको छ । परिक्षणको घडिमा रहेका क्षेत्रीका बँकी काम त उनको व्यवहारले देखाउदैं जाला अहिलेलाई उनीमाथि यिनै कुराको अपेक्षा छ । 



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters