[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ठमेल चाइना टाउन भइसकेको अवस्था
[VIEWED 10515 TIMES]
SAVE! for ease of future access.
Posted on 11-26-17 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


१० मंसिर, काठमाडौं । ठमेलका पश्मीना व्यापारी महेन्द्र पाण्डे पसल राम्रै चलिरहँदा पनि त्रासमा छन् । घरबहालको सम्झौता अवधि थप्ने दिन नजिकिँदै गर्दा उनलाई व्यापारबाट पलायन हुनुपर्ने चिन्ताले निद्रा हराएको छ । उनको निद हरण हुने कारण हो, चिनियाँहरुले ठमेलमा फैलाउँदै लगेको व्यापारिक राज ।

काठमाडौंको व्यापारिक केन्द्र ठमेलमा केही वर्षयता चिनियाँ व्यापारीहरु बाक्लिएका छन् । र, त्यसले नेपाली व्यवसायीको मनोबल खस्काउँदै लगेको छ ।

पाण्डे भन्छन्, ‘चिनियाँ साहुहरु यतातिर आउ-जाउ गर्दा पनि डर लाग्न थालेको छ ।’

घरधनीलाई चिनियाँ व्यवसायीले मागेजति भाडा दिन थालेका छन् । त्यसरी रकम तिर्न नसक्ने नेपाली व्यवसायीसँग झिटीगुन्टा कस्नुको विकल्प छैन ।

ठमेलमा अहिले एउटै चर्चा, चिन्ता र चासो बनेका छन्, ‘चाइनिज साहु’ ।

ठमेलमा व्यवसाय गरेर बसेका चिनियाँलाई नेपालीहरुले ‘साहु’ भनेर सम्बोधन गर्छन् । ती साहुहरुले आफूहरुलाई विस्थापित गरिदिने शंका र डर पाइन्छ, उनीहरुमा ।

तथापि, प्रतिस्पर्धा र लगानीको बजारमा ‘जसले सक्छ, उसले गर्छ’ भन्ने भनाइलाई नेपाली व्यवसायीले स्वीकारेका छन् । त्यसका बावजुद कुनै दिन व्यवसायबाट हात धुनुपर्ने मनोविज्ञानले ग्रस्त बनाएको छ, उनीहरुलाई ।

पछिल्लो समय ठमेलका व्यवसायी मौलिकतामाथि साना र मध्यमस्तरका चिनियाँ व्यवसायीबाट जोखिम बढेको महशुस गर्न थालेका छन्

ज्याठामा केन्द्रित, अन्यत्र फैलिँदै

ठमेल, नेपालमा विदेशी पर्यटकको रोजाइको गन्तव्य । साँघुरो शहरभित्र मौलिक बजार । विदेशीका लागि नेपालको ‘चिनो’ खरिद गर्ने र पैसा खर्चेर मस्ति गर्ने स्थल ।

विदेशी पर्यटकको बाक्लो आगमनका कारण नै ठमेलले आफ्नोपन पाएको हो । यहाँ ठूलाभन्दा स-साना व्यवसाय बढी फस्टाएका छन् ।

होटेल र रेस्टुराँसँगै पश्मीना, हस्तकला, सोभेनियर, सीडी र कफी पसल, मनी एक्सचेन्ज, ट्रेकिङ र टुरलगायत व्यवसाय ठमेलको जीवनसँग गाँसिएका छन् ।

पछिल्लो समय ठमेलका व्यवसायी उक्त मौलिकतामाथि साना र मध्यमस्तरका चिनियाँ व्यवसायीबाट जोखिम बढेको महशुस गर्न थालेका छन् ।

नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै ठमेलमा उतैका व्यवसायीको प्रभाव पनि फैलियो । र, यो झांगिने क्रममा छ ।

स्थानीय व्यवसायीहरुका अनुसार दशक अघिसम्म यहाँका सबै व्यवसायका होर्डिङ बोर्डमा नेपाली र अंग्रेजी अक्षर हुन्थे । अहिले चिनियाँ अक्षर पनि थपिएका छन् ।


आजभोलि धेरै व्यवसायमा चिनियाँ नै ‘साहु’को भूमिकामा देखिन थालेका छन् ।

ज्याठा क्षेत्रमा हिँड्दै गर्दा ठोक्किन आइपुग्ने अधिकांश चिनियाँ नागरिक हुन थालेका छन् । चिनियाँ व्यवसायीहरु ज्याठा क्षेत्रमा केन्दि्रत भएको बुझ्न गाह्रो पर्दैन । विस्तारै उनीहरु ठमेलभरि फैलिने क्रममा छन् ।

रेस्टुराँदेखि कार्गो र ट्राभल एजेन्सीसम्म

चिनियाँहरुको लगानी रेस्टुराँ र होटेलमा सीमित छैन, कार्गाे र ट्राभल एजेन्सीमा पनि उनीहरु नै साहु बन्न थालेका छन् ।

स्थानीय व्यवसायीका अनुसार दशकयता चिनियाँहरु ठमेललाई आफ्नो व्यवसायको ‘साम्राज्य’ बनाउने गरी अग्रसर छन्

ठमेल पर्यटन विकास परिषद्का अनुसार त्यस क्षेत्रमा सञ्चालित करिब चार हजार व्यवसायमा सयभन्दा बढी चिनियाँ नागरिकको स्वामित्वमा गइसकेका छन् । चिनियाँ लगानीका व्यवसायबारे कुनै निकायसँग आधिकारिक विवरण उपलब्ध छैन ।

चिनियाँहरु खासगरी रेस्टुराँमा लगानी बढाइरहेका छन् । चीनबाटै आउने पर्यटकलाई लक्षित गरेका छन्, त्यस्ता रेस्टुराँले ।

नेपालमा साना व्यवसायीले परम्परागत रुपमा धानिरहेका व्यवसायलाई चिनियाँहरुले ठूलो लगानीको बलमा आधुनिककीकरणको प्रयास गरे । सबैजसो व्यवसायको लक्ष्य चिनियाँ पर्यटक नै हुन्, उनीहरुका लागि ।

यसअघि व्यवसाय सञ्चालनको आधार बन्दै आएका पश्चिमा पर्यटकले ठमेलको मौलिकतालाई आत्मसात गर्थे । चिनियाँहरुले त्यसमा अर्कै अवसर देखे । र, आफ्नै शैलीमा ठमेललाई ढाल्ने प्रयत्न थाले ।

स्थानीय व्यवसायीका अनुसार दशकयता चिनियाँहरु ठमेललाई आफ्नो व्यवसायको ‘साम्राज्य’ बनाउने गरी अग्रसर भएका हुन् ।

रेस्टुराँ एन्ड बार एसोसिएसन (रेबान)का अध्यक्ष तेजेन्द्रमान शाक्यका अनुसार शुरुवाती दिनमा उनीहरु रेस्टुराँमा केन्दि्रत थिए । त्यसपछि कार्गाे, रुद्राक्ष, पुस्तक पसल, होटेल र ट्राभल एजेन्सीमा हात हाल्न थाले ।

ज्याठा क्षेत्रमा चिनियाँ लगानी र व्यवस्थापनका रेस्टुराँहरु अधिक खुलेका छन् । अहिले सातघुम्ती र क्षेत्रपाटीमा पनि रेस्टुराँलगायत व्यवसायमा चिनियाँ व्यवसायीको वृद्धि देखिन थालेको छ ।

चिनियाँहरुको चासो ‘हेल्थ क्लिनिक’मा पनि देखिन थालेको छ । अक्युपन्चर पद्दतिबाट उपचार गरिने यस्ता केन्द्रको संख्या पछिल्लो समय बढ्दो क्रममा रहेको शाक्य बताउँछन् ।

टुर तथा ट्राभल एजेन्सी र पुस्तक पसल उनीहरुले नेपाली व्यवसायीसँगको साझेदारीमा सञ्चालन गरिरहेका छन् । केही हिस्सा नेपालीलाई दिँदा व्यवसाय गर्न सहज हुने भएकाले उनीहरुले त्यस्तो उपाय निकालेका हुन् ।

‘चाइनामेल पो बन्छ की ठमेल ?’

चिनियाँ लगानी बढ्दै गर्दा वर्षौंदेखि जोगाइएको मौलिकता जोखिममा पर्दै गएको ठानेका छन्, नेपाली व्यवसायीले । मौलिकता जोगाउने ठोस नीति राज्यले ल्याउनुपर्ने उनीहरुको माग छ ।

‘यही गति कायम रहे केही वर्षमा चिनियाँले ठमेलका धेरैजसो व्यवसाय कब्जा गर्छन्,’ सोभिनियर व्यवसायी अक्कल थापा भन्छन्, ‘ठमेललाई कहिले चाइनामेल बनाइदिन्छन् भन्ने ठेगान छैन ।’

उनको बुझाइमा भविष्यमा चिनियाँ व्यवसायीको प्रभाव अहिलेकै अवस्थामा सीमित हुने देखिँदैन । चिनियाँहरुले लगानीको दायरा बढाउँदै लगेका छन् नै, केहीले नेपालमै स्थायी रुपमा बस्ने चाँजोपाँजो पनि मिलाउँदैछन् ।

नेपाली नागरिकता नभएका कारण घरजग्गा किन्न असहज भएपछि उनीहरुले नेपाली युवा-युवतीसँग कागजी विवाह गर्ने क्रम पनि बढेको छ ।

ठमेलका धेरै व्यवसायमा चिनियाँहरुले गौण रुपमा लगानी गरिरहेका छन् । त्यसमा नेपालकै साना व्यवसायीले साथ दिएका छन् ।

चिया व्यवसायी सुरेन्द्र खड्गी ३/४ वर्षयता चिनियाँहरु आक्रामक रुपमा होमिएको बताउँछन् । ‘यही ढंगले फैलिए भने नेपालीका धेरै व्यवसाय संकटमा पर्छन्,’ उनी भन्छन्, ‘उनीहरुसँग मनी, मसल, पावर र प्रोपर्टी सबै छ ।’

उनको भनाइमा चिनियाँ व्यवसायीलाई साझेदार बनाउँदा ठूलो लगानी भित्रिने गरेका कारण नेपाली व्यवसायीहरुले पनि उनीहरुलाई साझेदार बनाउन रुचाउँछन् ।

त्रसित मनोविज्ञान

अहिले नयाँ बनेका व्यापारिक भवनहरुमा चिनियाँ व्यवसायीले बुकिङ बढाएका छन् । ‘नयाँ-नयाँ भवन पनि उनीहरुको हातमा गइरहेका छन्, अब यहाँ नेपाली व्यवसायीलाई छिर्न गाह्रो छ,’ खड्गी भन्छन् ।

चीनको सरकारी नीति नै हो, लगानी लिएर संसारभर फैलिने । त्यहाँका नागरिक त्यही सरकारी नीतिलाई आधार बनाउँदै नेपालतिर ओर्लिएका हुन्

यहाँका करिब ७५ प्रतिशत व्यवसायी घरधनीसँग सम्झौता नगरी भाडाको घर, कोठा र सटरमा बसिरहेको ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष रामशरण थपलिया बताउँछन् ।

चिनियाँ व्यवसायीले त्यस्ता पसलहरु प्राप्त गर्न घरबेटीलाई मनाउँछन् र नेपालीलाई नवीकरणको मौका दिँदैनन् ।

‘धेरैले सम्झौता नगरी व्यवसाय सञ्चालन गरेका कारण परिषद्ले पनि केही गर्न सक्दैन,’ थपलिया भन्छन्, ‘त्यसैका कारण व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउँछ ।’


व्यवसायीहरुका अनुसार चिनियाँहरु एउटै स्टलमा नेपालीले तिरिरहेको भन्दा ५० हजार रुपैयाँ बढीसम्म दिन तयार हुन्छन् । उनीहरुले अग्रिम ६ देखि आठ महिनासम्मको घरभाडा एकैपटक दिने गरेका छन् ।

मोटो रकम पाएपछि घरधनीको रोजाइमा पुराना व्यवसायी पर्ने कुरै भएन । अझ, पूराना घर मर्मत गरेर चिटिक्क पारिदिने भएकाले घरधनीको रोजाइमा चिनियाँ नै पर्न थालेका छन् ।

अघोषित चाइना टाउन

चीनको सरकारी नीति नै हो, लगानी लिएर संसारभर फैलिने । त्यहाँका नागरिक त्यही सरकारी नीतिलाई आधार बनाउँदै नेपालतिर ओर्लिएका हुन् ।

स्टो एक्प्रेस ठमेलकी प्रमुख लिसा काठमाडौंमा कार्गोको व्यवसायमा सम्भावना देखिएकाले नेपाल आएको बताउँछिन् । ‘हामी पोखरामा पनि थियौं । तर, त्यहाँ राम्रो भएन,’ लिसा भन्छिन्, ‘अहिले ठमेलमा मात्रै बसेका छौं । यहाँ निकै राम्रोसँग बिजनेस चलेको छ, खुशी छौं ।’

उनका अनुसार चिनियाँ व्यवसायी ठमेलमा बढी सम्भावना देखेरै आइरहेका हुन् । आफ्नो कम्पनीले पनि अन्य देशमा जस्तै छिमकी मुलुक नेपाललाई पनि प्राथमिकता दिएर शाखा विस्तार गरेको उनको भनाइ छ ।

उनको कम्पनीले ५८ वटा मुलुकमा शाखा विस्तार गरिसकेको छ । तीन वर्षयता ज्याठामा पनि शाखा सञ्चालन गरिरहेको छ ।

ठूलो लगानी गर्नसक्नेहरुको गन्तव्य ठूलै बजार र मुलुक हुने गर्छन् । स-सानो लगानी हातमा भएकाहरु नेपालजस्ता साना बजारतिर पुगिरहेका छन् ।

ज्याठा क्षेत्र त्यस्तै चिनियाँ व्यवसायीले भरिन थालेको छ । कतिपयले त त्यस क्षेत्रलाई ‘चाइना टाउन’कै संज्ञा पनि दिन थालेका छन् । त्यहाँको एउटा कम्प्लेक्सको नाम जुराइएको छ, चाइना टाउन । उक्त कम्प्लेक्सका अधिकांश व्यवसायी चिनियाँ नै छन् ।

चिनियाँहरुले त्यस क्षेत्रमा चिनियाँ कलाकृतिका गेटहरु बनाउन खोजिरहेको स्थानीय व्यवसायी बताउँछन् । ठमेलमा चिनियाँ बजारको झल्को दिने उनीहरुको प्रयास छ ।

केही चिनियाँ कम्पनीले ठमेलमा पनि शाखा खोल्ने तयारी गरिरहेका छन् । चीनका मात्र होइन, भारत, युरोपेली मुलुक र अमेरिकाका पर्यटकको पनि बाक्लो चहलपहल हुने देखेर चिनियाँ कम्पनीहरु आकषिर्त भएका हुन् ।

भित्री सडकलाई सवारीमुक्त घोषणा गरिएपछि निर्धक्क आउजाउ गर्न सक्ने भएका छन्, पर्यटकहरु । जाडो बढ्दै गर्दा पश्चिमा मुलुकका पर्यटक पातलिएका छन्, चिनियाँहरु भने बाक्लिन थालेका छन् ।

भारतीय र चिनियाँ पर्यटक बाह्रैमास नेपाल आउनेमा पर्छन् ।

ठमेलका ट्रेकिङ व्यवसायी लक्ष्मण बस्नेत भन्छन्, ‘चिनियाँहरु सकेसम्म आफ्नै देशका मान्छेले चलाएको होटेलमा बस्छन् र त्यस्तै रेस्टुराँमा खान्छन् ।’


अंग्रेजीमा उनीहरुको दख्खल नहुने भएकाले पनि चिनियाँ भाषाकै जानकारको नजिक पर्छन् । राम्रो सेवा र सस्तो दरको आशामा उनीहरु आफ्नै व्यवसायीका होटेल/रेस्टुराँमा पुग्छन् ।

चिनियाँ लगानीका होटेल र रेस्टुराँमा नेपाली कामदारले पनि रोजगारी पाएका छन् ।

विदेशी लगानी आउनु सकारात्मक भए पनि नेपाली लगानीकर्ताको मनोबल गिर्ने गरी चिनियाँलाई भित्र्याउन नहुने स्थानीय व्यवसायीको आग्रह देखिन्छ ।

शंकाको घेरामा

ठमेलमा लगानी बढाएका केही चिनियाँ अस्वस्थ व्यवसायमा समेत भेटिन थालेका छन् । त्यस्ता व्यवसायीले बढाएको अस्वाभाविक लगानीले शंकाको सुविधा पनि उत्तिकै दिएको छ ।

केही समयअघि रसुवागढीबाट समातिएको ८८ किलो सुनका मालिक चिनियाँ नागरिक पान विइ मिङ र उनकी पत्नी क्षेत्रपाटीको एक होटेलका सञ्चालक हुन् । चीनमा रहेकाले उनीहरु पक्राउ परेका छैनन् ।

विदेशी मुद्रा ओसारपसार आरोपमा समातिने अधिकांश चिनियाँ ठमेलमै व्यवसाय गरिरहेकाहरु हुने गरेका छन् ।

ठमेलमा साना व्यवसायको आडमा सुन, डलर तस्करीलगायत कालोधन्दामा संलग्नताको आरोपबाट पनि मुक्त छैनन्, उनीहरु । घर भाडामा लिई चिनियाँ युवतीमार्फत् यौनधन्दा सञ्चालन गर्ने गरेको आरोप पनि लाग्न थालेको छ, उनीहरुमाथि ।

२०७४ मंसिर १० गते १८:५५ मा प्रकाशित

https://www.onlinekhabar.com/2017/11/641726#.WhrLwcwitM4.facebook

 
Posted on 12-01-17 5:39 PM     [Snapshot: 1186]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Every country has ChinaTown.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters