[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 १४९ नेपालीलाई अमेरिकाबाट डिपोर्ट अर्डर
[VIEWED 10233 TIMES]
SAVE! for ease of future access.
Posted on 11-28-17 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

– किशोर पन्थी

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई अमेरिकी सरकारले टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसको सुविधा प्रदान गरेपछि अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीको संख्या ह्वात्तै घटेपनि अहिले पनि यो संख्यामा बृद्धि भएको छ । गतबर्ष अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या विगत १२ बर्षकै इतिहासमा कम रहेको थियो । आर्थिक बर्ष सन् २०१६ मा अमेरिकाको अध्यागमन अदालतबाट १ सय २१ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । तर आर्थिक बर्ष २०१७ मा भने यो दरमा बृद्धि भई १४९ पुगेको छ । अर्थात् आर्थिक बर्ष सन् २०१७ मा अमेरिकाको अध्यागमन अदालतबाट १ सय ४९ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् जसमध्ये १ सय ४० जना अध्यागमनसम्बन्धि मुद्दामा देशनिकालाको आदेश पाउनेहरु छन् ।

अमेरिकाबाट देशनिकालको आदेश पाउने नेपालीहरुको संख्या बढेपनि फैसला भएका कुल मुद्दाहरुमध्ये डिपार्टेेशनको आदेश पाउने दर भने अरु कैयन देशको तुलनामा कम रहेको छ । कुल ७४९ वटा नेपालीका मुद्दाको फैसला भएकोमा त्यसमध्ये १९ दशमलव ९ प्रतिशत मुद्दामा मात्र देशनिकालाको फैसला भएको छ भने बाँकी ६ सय वटा मुद्दाका पक्षमा फैसला गरिएको छ । देशनिकालाको आदेश दिइएका १ सय ४९ मुद्दामध्ये सबैभन्दा धेरै ६१ जनालाई न्युयोर्कको अदालतबाट देशनिकालाको फैसला गरिएको थियो भने २३ जनालाई क्यालिफोर्नियाको अदालतबाट फैसला गरिएको थियो । त्यस्तै जर्जियाको अदालतबाट १२ जनालाई र टेक्सासको अदालतबाट ९ जनालाई देशनिकालाको फैसला गरिएको थियो ।

राहत प्रदान गरिएका वा बन्द गरिएका ६ सयवटा मुद्दाहरुमा पनि सबैभन्दा धेरै ३४१ ज्नाको मुद्दा न्युयोर्कबाट फैसला गरिएको थियो । त्यसपछि क्यालिफोर्नियाबाट १ सय २४ र टेक्सासबाट ३१ जना नेपालीका पक्षमा मुद्दा फैसला गरिएको थियो । न्युयोर्कको अदालतमध्ये न्युयोर्कमा रहेको अध्यागमन अदालतबाट ३ सय ३८ जना नेपालीका पक्षमा र भेरिक स्ट्रीटमा रहेको न्युयोर्क सर्भिस प्रोसेसिंङ सेन्टरबाट ३ जनाका पक्षमा मुद्दा फैसला गरिएको थियो ।

कति मुद्दा थपिए अदालतमा ?

आर्थिक बर्ष २०१७ मा अध्यागमन अदालतमा नेपालीका ९९६ वटा मुद्दाहरु थपिए । मुद्दा थपिने संख्या बढी तर फैसला हुने संख्या कम भएका कारण अदालतमा मुद्दाको ब्याकलग अझ बढेको छ । प्राय युएससीआईएसमा एसाइलम अस्वीकृत भएपछि वा गैरकानुनीरुपमा अमेरिका छिर्ने क्रममा सिमा क्षेत्रमा पक्राउ परेपछि त्यस्ता नेपालीहरुका मुद्दा अध्यागमन अदालतसम्म पुग्ने गर्छन् । अध्यागमन अदालतमा मुद्दा जितेको खण्डमा ग्रिनकार्डको प्रकृया सुरु हुन्छ भने हारेको खण्डमा अदालतले देशनिकालाको आदेश दिनेगर्छ ।

आर्थिक बर्ष सन् २०१६ को अन्त्यमा ३४२३ जना नेपालीका मुद्दाहरु अदालतमा पेन्डिङ रहेकोमा त्यसमध्येबाट ७४९ मुद्दाहरु सन् २०१७ मा फैसला भएपनि थप ९९६ वटा मुद्दाहरु थपिंदा मुद्दाको ब्यागलग गत बर्षको तुलनामा आर्थिक बर्ष २०१७ को अन्त्यसम्म अझ बढेर ३६७० पुगेको छ । अर्थात् हाल अमेरिकाका अध्यागमन अदालतहरुमा ३६७० जना नेपालीहरुका मुद्दाहरु पेन्डिङ अवस्थामा रहेका छन् । नेपालीका मुद्दाहरु थपिने दर अहिलेकै अवस्थामा कायम रहे यो ब्यागलग पाँचबर्षमा ५ हजार भन्दा धेरै हुने देखिन्छ ।


विगतका बर्षमा कति नेपालीले पाए देशनिकालाको आदेश ?

राष्ट्रपति बराक ओबामाको कार्यकालमा अमेरिकाबाट सबैभन्दा धेरै नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । ओबामा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएयताका ८ बर्षमा अमेरिकाबाट १५२५ नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या ओबामा कार्यकालमा इतिहासमा नै सबैभन्दा धेरै हो ।

ओबामा राष्ट्रपतिमा निर्वाचित भएकै बर्ष अर्थात् आर्थिक बर्ष सन् २००९ मा १६७ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । आर्थिक बर्ष सन् २०१० मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या १६३ रहेको थियो । त्यस्तै आर्थिक बर्ष सन् २०११ मा अमेरिकी इतिहासमा नै सबैभन्दा धेरै नेपालीहरुले देशनिकालाको आदेश पाए । यो बर्ष २ सय ८५ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । यसअगाडि वा त्यसपछाडि पनि यति धेरै नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका छैनन् ।

त्यसैगरी आर्थिक बर्ष सन् २०१२ मा २ सय २२ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । आर्थिक बर्ष सन् २०१३ मा भने २ सय १२ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । आर्थिक बर्ष २०१४ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरु २ सय १५ जना रहेका थिए । आर्थिक बर्ष सन् २०१५ को उत्तराार्धमा नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा बस्ने नेपालीहरुले टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्राप्त गरेपछि देशनिकालाको क्रम अलिकति कम भएको थियो । आर्थिक बर्ष सन् २०१५ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या जम्मा १४० मा सिमित रहेको थियो । ओबामाले राष्ट्रपतिमा जित्नु अगाडि आर्थिक बर्ष सन् २००८ मा पनि जम्मा १४० जना नेपालीहरुले नै देशनिकालाको आदेश पाएका थिए । त्यसपछि नेपालले टीपीएस प्राप्त गरिसकेपछिको एकबर्षमा आर्थिक बर्ष सन् २०१६ मा जम्मा १२१ जना नेपालीहरुले देशनिकालाको आदेश पाए । जुन जुन १२ बर्षको इतिमासमा नै सबैभन्दा कम हो । आर्थिक बर्ष सन् २००५ मा १ सय २७ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । त्यसपछि त्यो संख्या क्रमश बढेको थियो ।

डेमाक्रेटिक राष्ट्रपतिका पालामा देशनिकालाको आदेश पाउने नेपाली धेरै

रिपब्लिकन पार्टीका तर्फबाट सन् २००० मा राष्ट्रपतिमा निर्वाचित जर्ज डब्ल्यु बुसको ८ बर्षको कार्यकालमा जम्मा ७९० जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । बुस कार्यकालको पहिलो बर्ष अर्थात् आर्थिक बर्ष सन् २००१ मा ३९ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । बुस कार्यकालको दोश्रो बर्ष अर्थात् सन् २००२ मा ४६ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए भने तेश्रो बर्ष अर्थात् २००३ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरु ७६ जना रहेका थिए ।

चौथो बर्ष सन् २००४ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरु ९८ जना रहेका थिए भने सन् २००५ मा १ सय २७ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । आर्थिक बर्ष सन् २००६ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरु १ सय ३० जना रहेका थिए भने सन् २००७ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या १ सय ३४ रहेको थियो । त्यस्तै सन् २००८ मा १ सय ४० जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए ।

बिल क्लिन्टन राष्ट्रपति रहेको पछिल्लो दुईबर्षमा १ सय ४० जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए जब कि बुस राष्ट्रपति बनेको सुरुका दुईबर्षमा जम्मा ८५ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । क्लिन्टन कार्यकालका पछिल्ला दुईबर्ष अर्थात् आर्थिक बर्ष सन् १९९९ सय २००० मा हरेक बर्ष ७० जनाका दरले नेपालीले देशनिकालाको आदेश पाएका थिए जब की बुसले कार्यभार ग्रहण गरेको बर्ष आर्थिक बर्ष २००१ मा यो संख्या घटेर ३९ मा झरेको थियो ।

(रिपोर्टमा उल्लेखित तथ्यांकहरु अमेरिकी सरकारको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युबाट लिइएका हुन् । )

आइतवार, मंसिर १०, २०७४ मा प्रकाशित

http://www.khasokhas.com/25575


 
Posted on 12-01-17 8:50 AM     [Snapshot: 2111]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters