[Show all top banners]

nepal_rocker
Replies to this thread:

More by nepal_rocker
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

sathi_meroo

sathi_mero
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 १६ दलले वर्षभरी बन्द हड्ताल नगर्ने !
[VIEWED 7773 TIMES]
SAVE! for ease of future access.
Posted on 02-26-10 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

काठमाडौं, फागुन १४ (नागरिक)- यदि आफ्नो प्रतिवद्धतामा कायम रहने हो भने
आगामी वर्षभरी नेपालमा कुनै बन्द, हड्ताल र चक्काजाम हुने छैन्। दस लाख
पर्यटक ल्याउने उद्देश्य लिएर घोषणा गरिएको 'नेपाल पर्यटन वर्ष २०११' सफल
पार्न बिहीबारसम्ममा १६ दलले यसको लिखित प्रतिबद्धता जनाएका छन्।



नेपाली काँग्रेस, एनेकपा माओवादी, नेकपा एमाले, मधेशी जनअधिकार फोरम,
राष्ट्रिय जनशक्ति, नेपाल सद्भावना, तराई मधेश लोकतान्त्रिक, मधेशी
जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातान्त्रिक, माले, नेपा
राष्ट्रिय पार्टी, चुरे भावर, सद्भावना (आनन्दीदेवी), नेपाल समाजवादी
प्रजातान्त्रिक, नेकपा संयुक्त र परिवार दलले पर्यटन वर्ष अवधिभर बन्द,
हडताल र चक्काजाम नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन्।


प्रधानमन्त्री माधवकुमार नेपालले आज टुँडिखेलमा शान्तिदीप बालेर पर्यटन
वर्ष उदघाटन गर्ने कार्यक्रम छ। दीप लुम्बिनीबाट ल्याइएको हो। टुँडिखेलको
उदघाटन कार्यक्रममा जम्मा हुन सभागृहबाट राजनीतिक दल र भातृ संगठन,
लैनचौरबाट पर्यटन व्यवसायी, प्रज्ञा प्रतिष्ठानबाट उद्योगी, व्यवसायी,
पेसागत क्षेत्र, दशरथ रंगशालाबाट खेलाडी, सञ्चारकर्मी र वसन्तपुरबाट जातीय
प्रतिनिधिलगायतले र्‍याली गर्दै आउनेछन्।


पर्यटन वर्ष उदघाटनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल
पर्यटन बोर्डका प्रमुख कार्यका अधिकृत प्रचण्डमान श्रेष्ठले पर्यटन वर्ष
अवधिभर राजनीतिक दलहरूले बन्द, हडताल र चक्काजाम नगर्ने लिखित प्रतिबद्धता
जनाउनु महत्वपूर्ण कदम भएको धारणा राखे।


'यो लिखित प्रतिबद्धता राजनीतिक दलको आर्थिक क्रान्तिप्रतिको धारणा
जान्ने पक्षा हो,' उनले भने, 'उनीहरूको प्रतिबद्धताबाट हामी उत्साहित छौं।'
राजस्व वृद्धि, रोजगार, व्यापार सन्तुलन, भुक्तानी सन्तुलन, प्राकृतिक,
सांस्कृतिक, धार्मिक सम्पदास्थल संरक्षणका लागि पर्यटन वर्ष घोषणा गरिएको
उनले बताए।



'पर्यटन क्षेत्रलाई नेपालको आर्थिक विकास र नेपालीको सम्पन्नताको
प्रमुख आधार बनाउने उद्देश्यले आयोजित नेपाल पर्यटन वर्ष २०११ अभियान सफल
पार्न पर्यटक तथा पर्यटन सेवा प्रवाहमा प्रतिकूल असर पर्ने बन्द,
हडताललगायतका कार्यहरू हुन नदिनेतर्फ पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौं।
साथै, मुलुकको मुहार फेर्न आर्थिक क्रान्तिको यो अभियान सफल पार्न सम्पूर्ण
नागरिकहरूमा हार्दिक आह्वान गर्दछौं,' प्रतिबद्धतापत्रमा लेखिएको छ।



पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव नगेन्द्रप्रसाद घिमिरेले
सन् २०११ सुरुसम्ममा नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको
संख्या ३२ पुग्ने जानका दिए। हाल २५ कम्पनीले उडान गरिरहेका छन्।


यसैबीच पर्यटन वर्ष २०११ सफल पार्न प्रमुख राजनीतिक दलका नेताहरू नेपाली
कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष
पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भव्यरूपमा मनाउने
प्रतिबद्धता जाहेर गरेको बुधबारको मन्त्रिपरिषद्मा जानका गराइएको छ।
शुक्रबार पर्यटन वर्ष उदघाटन गर्नका लागि नेपाली सैनिक मञ्चमा भव्य
कार्यक्रमको आयोजन गर्ने र त्यसमा सबै संवैधानिक निकाय र मन्त्रिपरिषदका
सबै सदस्य आमन्त्रण गरिएको छ ।

http://www.nagariknews.com/news-highlights/139-highlights/10751-2010-02-26-04-24-55.html
 
Posted on 02-27-10 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

= read my lips
Not trust worthy, their statement has no value and contradicts minute after minute.

 
Posted on 02-28-10 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeah.. There will be no need for Nepal Bandh... but I assur you there will be bandhs.... bandhs in Indian state....  ha ha.. Nepal is Gucking India now.. can't you see???
Last edited: 28-Feb-10 10:15 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters