[Show all top banners]

amricane
Replies to this thread:

More by amricane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 आज मैले आँफै लाई एउता सपना बेचे
[VIEWED 11614 TIMES]
SAVE! for ease of future access.
Posted on 03-16-12 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

 मैले आज फेरी एउत गल्ती गरे 
आज मैले आँफै लाई एउता सपना बेचे
सदै अरु लाई बेच्थे म 
मैले आज आँफै लाई बेचे 
 
म सपना मा नेपाल फर्के, 
यो देस कैलाई आउदिन भनेर प्रण गरेर हिंडे , 
आफ्नै भुमी म केइ गर्छु भनेर हिंडे 
म जुन जोस मा यहाँ आएको थे 
म जे गर्छु भनेर यहाँ आएको थे 
आज तेइ गर्छु भनेर आफ्नो देस फर्के 
सपनामै भये पनि म हो कोलहाल संसार बाँट निस्के 
म आज सपनामै भये पनि नेपाल हिंडे । 
 
मेरो बाटो हेर्दाइ बसेकी मेरी बुदी अमै लाई आङलो हालेर रोये , 
मेरो बुदो बाको डोको मैले बेसी बाट माथि गाउ सम्म बोके , 
अनी भाई लाई आफुले जनेको देखेको कुरा सुनाए 
आज मैले शायद कैलाई पुर नहुने सपना आँफै लाई बेचे
 
सपना मिठो थियो 
धेरै पछी एअकै छिन भये पनि म दिल खोलेर मुस्कुराये 
धेरै पछी आज मैले सपनामै भये पनि जिन्दकी जिये 
आज मैले सपना मा बिपना देखे 
अाज मैले आँफै लाई एउता सपना बेचे 
 

 
Posted on 03-16-12 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 'सपनाको ब्यापारी'को  कविता राम्रो लाग्यो 
 
Posted on 03-16-12 9:44 AM     [Snapshot: 25]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी लाग्यो - गज्जब

 
Posted on 03-16-12 9:56 AM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदम गहिरो .. एसले प्रत्येक नेपालीको मन छुन्छ

 
Posted on 03-16-12 10:35 AM     [Snapshot: 88]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very touching Americane. I wish I could write that well.

 
Posted on 03-16-12 10:52 AM     [Snapshot: 111]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

वाह ! वाह अमेरिकाने वाह !

भावमा कुनै अभाव छैन . मर्मस्पर्शी.
 
भाषिक अझ भनुं टंकन शुद्धता पनि ध्यान दिए सुनमा सुगन्ध हुन्थ्यो .

 
Posted on 03-16-12 11:09 AM     [Snapshot: 118]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 Touching 

Agreed with Rahul Dai but
"Who cares about words when meaning is so deep"

मेरो एक मित्र ले मलाई सुनाएको हरफ याद् आयो। 
 यो Nepal को चर्चित सहित्यकार ले लेखेका हुन रे नाम चाँही थाहा भएन 
 
"कबि कबिता होश 
कबिता कबि होश
अनि पो कबिता हुन्छ 
शब्द थुपार्दै मा के हुन्छ 
भाब भए पो हुन्छ"  
 
 

 
Posted on 03-16-12 12:13 PM     [Snapshot: 174]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मेरो सानो तिनो प्रयास लाई मन पराइ दिने मेरा साझा का सम्पूर्ण मित्र लाई धन्यवाद .
राहुल दाइ , हजुर लाई थाहै छ मलाई गद्य पढ्य मिलाउनै आउदैना . जे जसरि मन मा आउछ तेस्तै लेख्छु , अस्ति एउटा मा बल्ल बल्ल लय मिलाएको जी ति दाजु ले यो भएन मित्र भन्नु भो. तपाई को मार्गनिर्देशन को सदैब आस गर्छु . 

 
Posted on 03-16-12 1:19 PM     [Snapshot: 223]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सधैंको झै अमेरिकाने शैलीको अर्को राम्रो प्रस्तुती

देशलाई छोडेर विदेशमा बस्नुपर्दाको पिडा र उकुसमुकुस प्रत्येक पंक्तिले बोल्छ


 
Posted on 03-16-12 1:37 PM     [Snapshot: 235]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गद्य पद्य को कुरा हैन अमिरिकाने . कबिता को शैली (गद्य होस् या पद्य ) मा कुनै खोट छैन . टंकन शुद्धता याने कि टाइप गर्दा केही ठाउँमा गल्ति भएका छन . जस्तो:
१. बुढी हुनु पर्ने ठाउँमा बुदी भएको छ
२. रोएँ हुनु पर्ने मा रोये भएको छ
३. मुस्कुराएं  हुनु पर्ने मा मुस्कुराये भएको छ .

भाव शैली उत्तम भैसकेको बखत, यस्ता टाईपो हरु  झिना मसिना भए पनि सच्याए सुनमा सुगन्ध हुने छ भन्ने धारणा हो मेरो. आगे तपाइंको मर्जी .


 
Posted on 03-16-12 1:57 PM     [Snapshot: 266]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 राहुल दाइ को आज्ञा सिरोपर , अब खयाल गर्छु .
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters