[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 218588 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-19-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो गाम ठामको खबर पढ्न गको, तेस्तो तेस्तो फोटो टासका रचन , सारै चित्त बुझेन के मलाइ त । सहरा सुन सान, गाममा मुन्छे हरुको भिड !

 
Posted on 01-19-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो चौतारिमा यो परदेसि को लागि पनी बस्ने ठाम होला नी हैन त ? म त निकै ताढा बाट आको। सबै पोख्रेली गाउले लाई नमस्कार है म परदेशि दाजै को । हैन ए साथि हो तपै को गाँउ मा त sexy sexy केटि हरु पाउछ रेनि हो ? येसो चाँइन्जो मिलाइदिनु पर्यो नि गाउले हो ।।।।। कि कसो ?
बरु कति रुप्पे चाहियो, भन केरे ?
 
Posted on 01-19-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परथम कुरो,
मेरो नाम सप्लै लेख्न लामो भा' अस्तो छ। अब देखिन् साहिंलो मात्तै लेखुं, म कुदेर आइहाल्चु है त। नेपे लेख्नै पर्दैन, उता नेपे दाजुले निधार खुम्चौलान् फेरी।

सिरे नानी, क्यार्न चिन्तौंचौ नि हो? अब परमान्टि जागिर नहुन्जेल दुखजेलो गर्दै गरन्त। के भन्नु, आफ्नो नि त्यहि ताल छ। तिमी त झन ईनिनियर मुन्छे। म त तिमी कन्ननि डाँडाको जाडोले अर्दा गुप्तबास (hibernation) गयौ भन्नी सोचिरा'।

यो बेला हाम्रो देशको हालत कम्ता खत्तम छैन रे। गाम गाम गल्ली गल्ली ढोका ढापढुप छ रे। अफगानीस्तान अस्तो बन्दैछ रे देश त। ज्यानकै ठेगान छैन रे गाउलेहरुको, ज्याला पर्मको त के कुरा अर्नी अब।

हन यो परदेसी त भख्खर मुग्लाना' ड खार्रेर आ' अस्तो कुरा गर्छौ नी बा तिमी त। कस्तो सोमत नभका छ्या।
तिमी लामाटारे गोताएँ भन्याँ हैन? जाउ पाटना' गर दसपैसाको सोमत र पाँच पैसाको गुमुत खा' र आउ। लौ जा।
 
Posted on 01-19-06 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपा सइला भने नि साइला भने नि तिमि त हौ नि, नेपे दाजि त जो हाम्रा ठुल्दाइ भइहाले केरे नि , के को निधार खुम्च्याउनि ?
यो मोरो परदेशि कति छटाको रच ? ह्या पखरा मत्रै हो र, कता कताका मुन्छे छन ? कसैका दिन भछ, कसैका रात भ छ । तिमिलाइ रुप्पे तिरेर केटी चाइने भे किन चौतारीया आको त नि? उतै बम्बइमा नै पाइएला के रे ?
 
Posted on 01-19-06 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"छु लेने दो नाजुक होठोँको
कुछ और नहिँ है जाम है ये
कुदरत ने जो हमको बख्सा है
सबसे हसिँ इनाम है ये"

लाउरे दाई ले यसरि भट्ट्याम्दै थे अइ हाम्रा घराँ।आफुले छेउ टुप्पो केइ बुझे मरिजाम।

चाइन्जो काका काँट एउडो च्याउँरोओ सपेटा लेर आयुम के रे घराँ। लाउरे दाई नि थे त्यैँ।
" हाम्रो मलयाँ पकाम्ने लेकिन इस्ट्याल ले पकाम्छु" भने।
लु हुन्च त भनेर म त्याँटी हिनेर लालेकाँ गइँ। लालेलाई नि बोलाम एउ जर्किन जति झोल पनि चाइन्जो लेराम जस्तो लाओ।
लाले पिँढिआँ बसेर तमाखु भर्दै रेच।
रात भर्खर पर्या थ्यो लाले ले मलाई ठम्म्याएन त्यसैले मैले बोलाएँ।
"क्यार्दै छौ लाले?"
मैले करा सुनेर लाले झसङ्ग भयो, खोक्न थालो। मोरोले तमाखु सर्काएच।
एउचिन खोकेर बल्ल बोलो, नमस्ते अरो अनी गुन्द्रि तानेर तमाखु म तिर सार्यो।
" लाले हिन मेरो घराँ, सपेटो पकाम्दै चन लाउरे दाई, चाइन्जो तँ नि हिन अनि एऊ जर्किन जति कोदे झोल पनि लैजाम" एउडा लामो सर्को तान्धे मैले भने। त्याँसि लाले त खुसिले गजक्क परिहालो नि।
" लु हुन्छ जिउँवाल बा, बुडारु सअँ 'तुच्च तुच्च' नपार्या नि जुगै भो" भन्न थालो।
लाले ले जर्किन भरी बिजुली पानी बोको अनि दुबै फर्किएम।
घरा आँगनाँ पुउदा त मासुको बास्ना मग मग मग मग आइराको।
अनि ३ जनै मिलेर साँप्रो चपाइयो, झोल दन्काइयो, मादल घन्काइयो! त्यस्तै अर्दै जाँदा लाउरे दाईले गाको गित याँ टाँस्या नि मुइले। अब केइ बुझिन्न यसो गाम्लेरुले बुझ्थे कि भनेर।

--------------------------------------------
लु सान्दाईलाई मेरो धन्देबात छ अनि नेपे दाईलाई पनि धन्देबात यो चौतारीलाई सिरानाँ राख्ने जमर्रको अरेकोमा। कति खुसि लाओ भन्ने कुरो त कि मुलाई था च कि त मैले हुलेको कोदोओ झोललाई था च!
-----------
परदेशी बाबु, चाइन्जो बैँश सपैको आम्च तर पात्तिने नि एऊडो सिमा हुन्च नि। बरु गाम्लेले भाटा लाउँदै लखेट्लान अलि मिलार कुरो अर्ने अर। नत्र चौतारिआँ मात्तै हैन गाम मै पानी नचल्ला तिम्रो। रिसानि माफ
 
Posted on 01-20-06 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दम्तरीहरु मैले सानदाइलाइ एक चोटि काने खुसि अरे है ----यसरी
I want to express my sincere thanks for addressing the voice of sajha visitors. Earlier I was little bit worried as it displayed originator name because sajha chautari is the effort of a lot of people. Now it says who entered the last time. That is great. At the top it says SAJHA KO CHAUTARI MA SABAILAI SWAGAT CHHA. This is great too. If have time and if it doesnt give other technical problem, please put jpg image ( background with pipal tree and written SAJHA KO CHAUTARI MA SABAILAI SWAT CHA like in banner form). I will post the design in chautari 6 . Next suggestion - as there are a lot of users , can you please increase the capacity of 300 replies to 600 replies and display of 40 replies instead of 20 replies for this thread( in latest chautari thread).
Thank You
Nepalean

 
Posted on 01-20-06 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो अरे कसो होला झन ?

 
Posted on 01-20-06 12:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउट भनेको अर्कै परेच । यो ठिक होला जस्तो लाग्यो !

 
Posted on 01-20-06 4:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म र भउते चईनी आज तेत्तिकै जो बिरउतिएर शिबबुटी तान्दै बसेम केरे मेरै घराँ । जमुनि घाँस काट्न जान्छु भनेर गाकि त के के सुनाम्छे है आज चौपारीमा यस्तो यस्तो भओ भनेर ।

साने साहूले फेरि हाम्रो चौपारीमा जो छाप्रो हालेर नयाँ दोकान खोलेछन केरे । अब जे भा पुनि चौपारीमा दोकान खोलेको पहिलो दिन भओ केरे भनेर बजारबाट चिउरा, चिनी, भेली (सक्खर) के के हो डोकामा लिएर आका अरे साने साहूले चईनी आफ्नो नयाँ दोकानमा राख्नलाई ।

 
Posted on 01-20-06 4:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि सानेको नयाँ दोकान भनेर गामका चईनी आईमाई केटाकेटीहुर सप्पै हेर्न आका केरे । साने साहूले दोकान खोलेको दिन भनेर त्याँहा जानी जतिलाई फेरि पाँच मुठी (आधा माना) चिउरा र एक मुठी चिनी चईनी फिरिमा जो बाँडीराका रैचन केरे ।

अब तेही मेसोमा मुख्या बा बुढा फेरि नातिलाई समेत लेराएर टोपीमा थापी थापी चिउरा लिएर घर तिर लागे अरे, "अब काँचै चिउराले त मेरा सन्चो गर्दैन, घराँ गएर बुहारीलाई भुट्दे भन्न पर्ला" भन्दै ।

नमेले चिउरा खान सम्मन जो खाएछ, अनि त "मेरो त पेट ढाडियो दादा, खप्नै नहुनी भओ, येसो खोल्सा तिर जान्छु । आईमाईहुर आएछन भनि नमे खोल्सातिर गाको छ, अहिले नजाओ तेता भन्दिनु है " भनेर दुगुर्दै खोल्सातिर गएछ ।

काकाले चिउरा लालेलाई जो दिएछन । लालेले त अब खोलातिर माछा साछा मार्नी केरे बेला बेलाँ, फकाएका होलान् नि फिरिमा पाएको चिउरा दिएर पछि असला माछा फुत्काम्न । कपालाँ के के टालो बाँधिराख्छ (head scarf) केरे लालेले, तेही मजेत्रो जस्तो टालोमा उसले नि चिउरा र चिनी पोको पारेरै बसेछ , "बेलुका तुच्च तुच्च पार्न सितन हुन्छ, अहिले खानी हो भनि त पेट दुख्छ नमेलाई झैँ" भनेर । उता चौपारीको पल्ला छेउमा नेपे दाजीले भनि मुन्द्रे, साँहिलो र बेँसिथानेलाई लगरे चिउरा पुनि खाँदै अनि के के हो भट्याम्दै राजनीति अर्न सिकाम्दै थे अरे ।

त्याँसी दादा भनि हिँडडुल अर्नी मुन्छे केरे, चिउरा र चिनी मोलेर खाँदै काका सित तेहीँ चईनी चौपारीमा बसेर गोट्टा हो कि बागचाल खेलिराखेका रैचन केरे । आईमाई केटाकेटीहुर चईनी आम्दै जाँदै गरि राका रैछन् है सानेको दोकान नि हेर्न भओ केरे, चिउरा पुनि खान पाईनी भओ केरे फिरिमा जो ।

जमुनि पुनि आज चौपारीमा साने साहूको नयाँ दोकान नि हेर्न हुनी, अनि तेतै तिरबाट गिँदरीको घाँस काट्न परो; चईनी चौपारीमा गएसि कोही न कोही भेटिन्छन केरे लोग्नी मुन्छे, अनि तिनारु मध्ये कसैलाई "लौन मेरा डिँगा भोकाए, बुटाबाट घाँस झार्देउ" भनेसि घाँस काटिदिन्छन, समेलेर लेराउन हुन्च भनेर तेही चौपारीकै बाटो जाँदै रैच केरे । हँसिया र नाम्लो बोकेर तेतै चौपारी तिरबाट गईछ । अनि साने साहूसित चिउरा नि मागिछ । त्याँसी तो साने साहूले दिएको पाँच मुठी चिउरा पुनि बरा मसित बाँडेर खान भनेर चईनी पटुकामा पोको पारेर अब कसलाई भन्नी होला त नि घाँस झार्न, चईनी लाले देवर कता गएचन कुन्नि, तीनले गाहारो नमानिकिनै जो झारिदिन्थे केरे भनेर येता-उता हेर्दै थिई अरे । अरु खैसरा, यामकला को को पनि थिए अरे के, गामका चईनी आईमाई पाटी सप्पै जो गाका फिरिमा चिउरा खान पाईन्च भनेर । ति केटीहुर पुनि चईनी अब आ-आफ्ना घर तिर जान ठिक्क लाका थिए अरे के ।

तेतिखेरै जसो त एउटा भुसतिघ्रे चईनी कालो चस्मा लाको चईनी बाबियोको गाँज भन्दा नि बाक्लो झुसे दारी पालेको एउटा डँडाग मुन्छे त चईनी "म त परदेसी हो, यहाँ त सेउसी सेउसी केटी पाईन्च अरे" भन्दै आएछ । अब हाम्रा गामका आईमाईहुरले सेउसी भनेको के बुझ्नी हो र, यामकलाले सम्मन मेलो पाईच । अनि "उ त्याँहा चिउरा बाँडेका छन्" भनेर यामकलाले भनि अरे र केटी पाटी त भाग्न थालेछन केरे । तेत्तिकैमा त तो मुन्छेले चईनी खैसरालाई घुरेर के के भनो अरे । कसो कसो अर्दा त उता नेपे दाजीसित मोतो बसेको बेँसिथानेले चईनी सुनेछन र अनि मुन्द्रे र बेँसिथाने त हुरुरुरु तो मुन्छे भाको ठाममा आएर तेसलाई त कक-याएर चईनी चौपारीको छेउबाट तल भिरतिर घुचेट्दिएछन् है ।
 
Posted on 01-20-06 4:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आपत परेन, नयाँ मुन्छे गाममा आको, भिरबाट घुचेट्दिएर चईनी न मोरो कि हातगोडा भाँचियो कि के भओ । नेपे दाजीले त्याँसी सपैलाई हकारेछन् । अनि तलबाट उठाएर ल्याएछन फेरि तो मुन्छेलाई चौपारीमा जो, बिचराको देब्रे खुट्टो त टेक्यो कि "अया अयाऽऽऽ" भन्न थालेछ केरे । न खुट्टो भाँचियो, न मर्केको मत्रै हो, केही मेसो भएन केरे ।

त्याँसी दादाले चईनी आँसी (हँसिया) मागेछन् । र साने साहुले अघि दोकानका सामान लिएर गाको सानेको नयाँ डोको चईनी दादाले काटेर तेसमाथि फेरि काकाको चईनी रिडिको बर्को, अनि नेपे दाजीको गलबन्दा र जुहारी आस्कोट के के खाँदेर गद्दा जस्तो बनाएछन है । नेपे दाजी फेरि क्याँओरो बोकेरै जो हिँड्नी केरे, फुटा नि खिचेछन के तेतिखेरै जो ।

 
Posted on 01-20-06 4:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि तो परदेसीलाई तेँही डोकामा राखेछन् बरा मिसन्नी अस्ताल (mission hospital) लान भनेर । हेर जे भा नि गाम्लेको मन भनेको मनै हो । भर्खरै चईनी घुचेटेको तो शत्रुलाई चईनी अहिले अब उपचार अराम्न लाका छन्।

 
Posted on 01-20-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि बाटो अप्ठेरो केरे, अब वालिङ सम्मन त हो नि बोकेर लानि, त्याँसी उता त मटरमा चडेसि मटरले जो पु-याम्छ केरे । तर तो तलको खोलाको झोलुङ्गे पुल भनि डरलाग्दो छ है, अब बिरामी मुन्छेलाई डोकामा बोकेर लान त बलियै मुन्छे चाईन्च के । अनि नेपे दाजीले पालो खटाए । तो मुन्छेलाई चईनी मुन्द्रे र बेँसिथानेले घुचेटेको भएर तिनारुले अस्ताल सम्मन जो लानि, तलको तो खोलाको झोलुङ्गे पुल चईनी अरु भन्दा बलियो-बाङ्गो लाले जो भओ केरे, लालेले पुल तारिदिनी भनेर नेपे दाजीले उर्दी लाए । फुटाँ लालेले पुल तार्दै छन केरे ।

 
Posted on 01-20-06 4:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुल तारेर लाले पुनि फर्के । अब त्यँहाबाट उँधो चईनी मुन्द्रे र बेँसिथानेले पालै पालो बोक्दै लगे अरे ।


Keep rolling...

 
Posted on 01-20-06 4:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै सानु छैन
रेलमा चढी सुइँकन बेर छैन!
 
Posted on 01-20-06 4:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कर्फ्यु र सर्फ्यु भन्याछन्। खुट्टो सुट्टो उपचार हुनी हो कि हैन मिसिनमा। फेरि काठमाण्डु लान पर्नी हो कि। सेउसी सेउसी केटी खोज्दै हिन्दाखेरि बेहाल भो बिचराको।
चु चु चु!

नेपे दाजीले नि देखेनछन् केरे राजनितिका सुराँ लार।
मैले "हल नघुचेट त डिलट, म सम्झाम्ला नौला मुन्छेले, चौताराँ के के बोल्न हुन्छ के के बोल्न हुन्न जानेन होला, हल पख त।" भन्दै थिएँ नि।
 
Posted on 01-20-06 6:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानो खा'र मानाऽ अडिन पर्च त नि !चेलिबेटीलै एक्लै दुक्लै गाम मा हिन्नै नहुनि बनाउन खोजेसी गामका
पाउना भनेर, नयेँ मुन्छे भनेर त्यसै छोडिन्न ! मु नि तेस्तो जोरी खोज्दै हिन्नी मुन्छे त काँ हुम् र ? अति अर्नु,
अतिसार नअर्नु भन्चन्, रिकुटे मोराले आल्ली धेरै नै बोलो का !

जे अरे नी सारै घातै अर्न त भ'न के रे । गामका पाउनालै हामि जो भगवान ठान्नी मुन्छे ।अब मिसन
अस्पतालाँ यल्लै कुरेर बस्नी कोइ निस्केनन् भुने मै भ'नी बस्न पर्ला नि ! सारै जो चोट त खा'को छैन के रे,
यैँ सन्चो होला अस्तो मानिचु, काठमन्डु लान त परोइन नि !

(ए परदेशी पाउना ! नरिसाउ है ! सन्चो भ'सी तिमि सँ त मीत लाम्न पर्ला कि क्याओ ! अनि बल्ल गामको
चलन सिउतेउ कि !)
 
Posted on 01-20-06 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको चौतारीमा मैले एउटा मुक्तक लेराको छु, खासगरी नयाँ भाइहुरको लागि। सुनाम् है त।
सुरु गरुम् है त?

अँ हँ! अँख्हम्!

उकाली होस्, या ओराली होस्
विचमा एउटा ससुराली होस् ... ... ...२
गोरी होस् या काली होस्
त्याँ एउटा साली होस्!

हस् त दाइ, नमस्ते!
 
Posted on 01-20-06 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै राम्रो मुक्तक भनेर जानु भो दादा जि ले अब कस्को पालो पर्यो कुन्नि ?
 
Posted on 01-20-06 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"खै त्यो भादगाँउले कालो टोपी ओढ्ने साथी अलि अगाडी आउनुस् त यतापट्टि।"
"कालो हैन, पाल्पाली ढाका टोपी नै हो दाइ!"
"ए अध्यारोले अलि देखिएन के।"
"हजुरको पछाडि त एकजना बैनी पनि हुनुहुँदो रेछ। मैले त देखिन के वरको डालीले छेकेर। ल, पाल्पाली गित गाउने सुर छ कि के हो?"

"हामी त खोटागं देखुन आको दाइ, दोहोरी गाम् कि भुनेर।"


ए, खोटागं हलेसी
छुट्नै मन लाग्दैन हो तिम्लाई भेटेसी

पातै हल्ल्यो बतासै चलेसी
गाँवै हल्ल्यो हामी दुई मिलेसी

ए, खोटागं हलेसी
छुट्नै मन लाग्दैन हो तिम्लाई भेटेसी ... ... ...

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters