[Show all top banners]

yadavanu
Replies to this thread:

More by yadavanu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 शक्ति होइन नयाँ सोच जरुरी छ

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 43419 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-09-16 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

आज प्रकासित Annapurna post मा मेरो लेख । तपाईं को प्रतिकृया ले आगामी दिन मा लेख लेख्ने हौसला प्रदान गर्ने छ । 

शक्ति होइन नयाँ सोच जरुरी छ
 
पारिवारिक पृष्ठभूमिका कारण पनि होला मलाई सानैदेखि नै सामाजिक काम गरौंगरौं जस्तो लाग्थ्यो । बुबा राजनीतिक र सामाजिक चेतना फैलाउने काममा लागेकाले पनि होला बालमस्तिस्कमा परेको त्यो त्यो प्रभाव अझैसम्म मेरो हट्न सकेको छैन । जहिले पनि मेरो ध्यान आफूले गरेका कामले समाजमा सकारात्मक परिवर्तन गरोस् भन्नेतिर केन्द्रित हुन्छ । हुन त सामाजिक काम सजिलो छैन । हरेक नागरिकले आ–आफ्नो तहबाट सानै रूपमा भए पनि सामाजिक परिवर्तनमा योगदान दिन सक्छन् ।
 
नागरिक भएर जन्मिसकेपछि आफ्नो जन्मस्थानका लागि हामीले कुनै न कुनै रूपमा भूमिका खेल्नैपर्छ । असल नागरिकले आफ्नो तर्फबाट समाज र राष्ट्रको चौतर्फी विकासका लागि कुनै एक क्षेत्र नै किन नहोस्, त्यसतिर केन्द्रित हुनैपर्दछ । सबै नागरिकले आफूले जानेको र अनुभव भएको क्षेत्रमा मात्र केही सकारात्मक परिवर्तन ल्याउन भित्रैदेखि लाग्ने हो भने देशमा नेताहरूले भन्ने गरेको ‘आमुल परिवर्तन’ परको कुरा होइन । यहाँ त जे कुरा पनि अरूले गरिदेला वा राज्यले गरिदिएन भनेर हात बाँधेर बस्ने प्रवृत्ति भएको म देख्छु ।
 
देशका साढे दुई करोड नागरिकले आफूले जानेको केही न केही कामका माध्यमबाट समाज र राष्ट्रको परिवर्तनका लागि थोरैमात्र भूमिका खेल्ने हो भने पनि देशमा सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक परिवर्तन टाढाको कुरा होइन । कुनै एउटै व्यक्तिले भारतमा अहिंसावादी आन्दोलनको बलमा ब्रिटिस साम्राज्यलाई नतमस्तक पार्न सक्छ वा कुनै एक व्यक्तिले दक्षिण अफ्रिकामा लामो समयदेखिको दासताको युग अन्त्य गर्न सक्छ भने हाम्रो नेपालमा यतिका नागरिकले सानो सानो तहबाट थोरै मात्र काम गर्ने हो भने पनि त्यो समग्रमा धेरै हुन जान्छ । हामीमा त्यो जोस र जाँगरको अभाव पक्कै खड्किएको छ जस्तो लाग्छ ।
 
परिवर्तन अपरिहार्य छ । परिवर्तन स्थिर छ । त्यसैले जसरी भए पनि देशमा परिवर्तन आउनेछ । परिवर्तन शान्तिपूर्ण हुन सक्छ वा त्यो रक्तपातपूर्ण हुन सक्छ । त्यो कस्तो हुन्छ भन्ने कुरा हामीमै निर्भर छ । कस्तो परिवर्तन रोज्ने भन्ने कुरा हाम्रै हातमा छ । किनभने त्यो बाटोमा हामी र हाम्रो आफ्नै सन्तति नै हिँड्ने हुन् । जुन समाज आफ्नो खुट्टामा उभिन सक्छ त्यसलाई कसैले पनि पराजित गर्न सक्दैन । हरेक कुराका लागि अरूमा निर्भर समाज आफैंमा बोझ बन्छ । त्यसबाट परिवर्तनको अपेक्षा हामी कदापि गर्न सक्दैनौं । एउटा सच्चा राष्ट्रवादी कहिल्यै पनि हार मान्दैन । 
कुनै एउटै व्यक्तिले भारतमा अहिंसावादी आन्दोलनको बलमा ब्रिटिस साम्राज्यलाई नतमस्तक पार्न सक्छ वा कुनै एक व्यक्तिले दक्षिण अफ्रिकामा लामो समयदेखिको दासताको युग अन्त्य गर्न सक्छ भने हाम्रो नेपालमा यतिका नागरिकले सानो सानो तहबाट थोरै मात्र काम गर्ने हो भने पनि त्यो समग्रमा धेरै हुन जान्छ । 
उसले जहिले पनि आफ्नो जीवन अनुशासन र जिम्मेवारीका साथ निर्वाह गर्दछ । राष्ट्रवादको नाममा हामी कतै हराएका छौं, कतै लड्खडाएका छौं, कतै डराएका छौं, कतै राष्ट्रवादी शृंगार पखालिएर त जाँदैन ? बाहुनवाद, मधेसवाद र राष्ट्रवादको नाममा कतै सोझा साझा नागरिकलाई भुलाउने अनि लडाउने काम त भएको छैन ? यसबारे सच्चा राष्ट्रवादी नागरिकले सोच्नुपर्ने बेला आएको छ ।
 
राजनीतिमा फुटाउ र शासन गर (डिभेड एन्ड रुल) कुनै नौलो प्रक्रिया होइन । कतै हामी यसैको सिकार त भएका छैनौं ?  अब देशलाई अगाडि बढाउने जिम्मा हाम्रो काँधमा आएको छ । भनिन्छ, परिवर्तनका लागि एक सोच नै काफी हुन्छ र हाम्रो देशमा २००७ सालदेखि अहिलेसम्म खाली परिवर्तनमात्रै भएको छ । आजको दिनमा राजनीतिक स्थिरता विकासका लागि महत्त्वपूर्ण आवश्यकता हो ।
 
परिवर्तन र नेतृत्व
 
नेपाल जति छोटो समयमा धेरै परिवर्तन हुने देश सायदै विश्वमा होला । २००७ सालयता धेरै परिवर्तन मुलुकले देख्यो । धेरै शासक परिवर्तन भए । व्यवस्थामा पनि परिवर्तन आयो तर फोहोरी मानसिकता र सोच भने कहिल्यै परिवर्तन भएन । देशमा आदर्श बनेर अरूलाई बाटो देखाउने अगुवाहरू नै ‘बाटो हगुवा' भए । एउटा सच्चा नागरिकको नाताले देशमा भइरहेका घटनाक्रम र मानिसको सोच्ने शैली देख्दा छाती बेस्सरी चस्किन्छ । मन रुन्छ । सहन एकदमै गाह्रो हुन्छ ।
 
मलाई मात्र होइन होला यस्तो हुने । साँचो देशको माया गर्ने सबैलाई यस्तै भएको हुनुपर्छ भन्ने मलाई लाग्छ । त्यसैले, आउनुस् हातमा हात मिलाउँ, आफ्नो देश बचाउन अनि समृद्ध बनाउन । देशका लागि फुट्ने होइन, जुट्ने बेला हो यो । सुत्ने होइन उठ्ने बेला हो । फोहोरी मानसिकता बोकेकाहरूलाई तिरस्कार, बहिस्कार र पराजित गर्ने बेला आएको छ । यो नै समुन्नत अनि समृद्ध नेपालतर्फको पहिलो खुड्किलो हुनेछ ।
 
असल नेतृत्वले नै देशको भाग्य निर्धारण गर्छ । जसले सबैभन्दा बढी मानिसलाई प्रभावित गर्दछ, उसको व्यक्तित्व उत्ति नै प्रभावशाली मानिन्छ । हामी आर्थिक संकटको एक दुःखद अवस्थाबाट गुज्रिरहेका छौं । सधैंभरि संकट अनि अव्यवस्था र अभावले गर्दा जनताको धैर्यताको बाँध टुटिसकेको छ । यस्तोमा नयाँ जोस र जाँगर भएको क्षमतावान् नेतृत्व देशलाई आवश्यक छ । 
 
बदलिँदा चुनौती र संकटसँग जुध्नका लागि हामीले पुरातनवादी होइन फरक ढंगबाट सोच्नु जरुरी छ । तत्कालका लागि फोस्रो आश्वासन बाँड्ने हैन देश र समाजको लामो समयसम्मको भविष्यलाई वर्तमानदेखि नै डोर्‌याउन सक्ने एक दूरदर्शी व्यवस्थापकको खाँचो छ । हामीलाई त्यस्तो नेतृत्व चाहिएको छ, जसले साधारण जनताको मर्म र भावना बुझेर उनीहरूकै हितमा काम गर्न सकोस् । गरिबका लागि काम गर्दा गर्दै आफैं धनी हुने नेतृत्व होइन, समाजले खोजेको साँच्चिकै गरिबको पीडा महसुस गरेर उनीहरूलाई मल्हम लगाउन सक्ने नेतृत्व आवश्यक हो ।
 
आधारभूत आवश्यकताबाट समेत बञ्चित भएर सधैं अभाव, पीडा अनि गरिबीमा बाँच्न विवश नागरिकले सबै समस्यालाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्ने नेतृत्व चाहेका छन् । यसका लागि साँघुरो घेरामा बाँचेर हुँदैन । जात, समुदाय, धर्म र पार्टीभन्दा माथि उठेर सोच्नुपर्ने बेला आएको छ । र, त्यो बेला यही हो ।
 
(लेखक महिला, बालबालिका, व्यक्तिको स्वतन्त्रता र समानतालगायतका सामाजिक कार्यमा संलग्न छिन्)
- See more at: http://www.annapurnapost.com/News.aspx/story/46987#sthash.yiylmpM4.dpuf

http://www.annapurnapost.com/News.aspx/story/46987

For more updates visit my page
Last edited: 09-Apr-16 12:42 AM
Last edited: 09-Apr-16 12:44 AM
Last edited: 09-Apr-16 01:13 AM

 
Posted on 04-13-16 1:39 PM     [Snapshot: 1048]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Social media celebrity बन्दैमा फुरसद छैन यीनलाई, बाबुराम झै यसो एउटा नया पार्टी खोलेर grassroots आन्दोलन चलाए केही हुनथ्यो कि ?

 
Posted on 04-14-16 3:31 AM     [Snapshot: 1197]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear Anu,
Affnai research ko journal ra articles kasle padidiyos timro lekh aja padhne fursad hola ma sanga? Khuru khuru nokari khau bau lai sarkari bhatta ma aashin huna napara. Ghar bhada ma ni desh ko sir nihuraune naparata.

Uhi Timrai ganaune,  
Paad (H2S)
Last edited: 14-Apr-16 03:31 AM

 
Posted on 04-14-16 11:34 PM     [Snapshot: 1381]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



She is truly "Woman of the *social media* year" , She deserves "Gorkha Dakshin Baahu".

 
Posted on 04-18-16 8:58 PM     [Snapshot: 1650]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा पुरानो सोचलाई नया सोच को पहिलो खुड्कुलो बन्छ कि ?
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters