[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 उसलाई हतार छैन।

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 43138 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-19-17 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

भाग-१

रात धेरै छिप्पिसकेको हुनु पर्छ, सडकमा मोटरसाइकल त्यति कुदेको छैन। निद्रा पर्दै पर्दैन, हुन त हरेक रात यस्तै हुन्छ उसलाई। सुत्ने बेलामा चिया खाएर हो कि के हो? हरेक रात उ वोल्टे कोल्टे फेर्छ, टिवी हेर्छ, खासै केही मन पर्दैन। टिवी बन्द गरेर उ पल्टिन्छ खाटमा र आँखा बन्द गर्छ। उसको कोठा बाहिरको भरेङमा कोही उक्ले जस्तो सुनिन्छ। उ स्वाश् रोकेर सुन्छ, ध्यानपुर्बक, "टक टक" हिंडेको जस्तो। भुइतल्लामा उ बाहेक कोही बस्दैन, यदी चोर रैछ भने त केही छैन। तर कोही चक्कु लिएर आएको छ भने उसलाई सजिलै मार्न सक्छ। केही गर्नै पर्दैन, एक दुई चोटि छातीमा हानेपछी उ रगत बगेरै मर्छ। कसैलाई थाहा हुँदैन। उसले हिन्दी चलचित्रमा देखेको छ, मुटुमा छुरा प्रहार गरेपछी कोही बाँच्दैन। हात, खुट्टा वा पाखुरामा भए अर्कै कुरा। बाहिर "टक टक" आवाज अरु बढेको छ। कति बज्यो होला? भित्ते घडी हेर्छ, त्यहा त ९ बजेको छ। हैन , नौ बजे नै यस्तो चकमन्न हुन सक्दैन, त्यो घडीले गलत समय देखाएको छ। त्यसपछी उसले आफ्नो पुरानो मोबाइलमा हेर्छ, १२ बजिसकेको छ, १ बज्न धेरै समय बाँकी छैन। बल्ल उसले सम्झिन्छ, भित्ते घडीले समय दिन छोडेको धेरै भैसक्यो। उसको आफ्नो जिन्दगीको समय रोकिएको पनि धेरै भैसक्यो। उसले घडी बिग्रिदा पनि बनाउने इछ्या देखाएन, शायद उसको जिन्दगीमा समयको कुनै अर्थ छैन।

बाहिर भरेङमा आवाज रोकिएको छैन, उ जुरुक्क उठेर बस्छ। शायद, भरेङबाट कुनै मान्छे झर्दैछ वा उस्कै कोठामा आउँदैछ। यदी ढोका फुटाएर भित्र छिर्यो भने उसले प्रतिरक्षामा के गर्न सक्छ? यसो यताउता हेरेपछी एउटा तरकारी काट्ने छुरी देख्यो। तर त्यति सानो छुरीले के काट्ला र? त्यसपछी धेरै दिनसम्म प्रयोग नगरिएको कुनामा बसेर उसैलाई हेरिरहेको एउटा कुचो देख्यो। त्यो पनि काम लाग्न सक्छ। बल्ल उसले सोच्यो, एउटा हतियार त सुरक्षाको लागि राख्नै पर्ने रैछ। काल जमाना ठीक छैन। उ तरकारी काट्ने छुरीलाई सिरानीमुनि राख्यो र कुचोलाई खाटमुनी। हैन, बाहिर त आवाज रोकियो, ढोकामा गएर उसले ध्यानपुर्बक कान लगाएर सुन्यो। छैन, अहिले पटक्कै त्यो आवाज आएको छैन। कोही भरेङमा हिंडेको पनि छैन। शायद, चोर बाहिर गयो। उ ढुक्क भयो। एक गिलास चिसो पानी खायो र खाटमा गएर कोल्टे परेर सुत्यो। सिरानीमै कान राखेर सुत्दा फेरी त्यही आवाज आयो "टक टक", फेरी उ उठ्यो, आवाज आएन, एकछिनपछी फेरी सुत्यो, त्यही "टक टक" सुन्यो। धेरै बेर उठ्यो, सुत्यो, फेरी उठ्यो अनी फेरी सुत्यो। त्यसपछी उसले थाहा पायो। टक टक होइन "ढक ढक" सुनेको रैछ उसले, आफ्नै मुटुको ढुकढुकी सिरानीमा। बेकारमा डराएको! उ फिस्स हास्यो र फेरी पल्ट्यो।
धेरै चिया खान नहुने, खाटमा पल्टेपछी उसलाई पिसाबले च्यापे जस्तो भयो। बाहिर नजाने भनेको चर्पी भरेङमुनी नै छ। हुन त उसले आफ्नै मुटुको ढुक ढुक सुनेको हो नि, डर भनेको आफ्नै मनको कुरा न हो। तैपनि तरकारी काट्ने चक्कु भए पनि बोकेर जानु पर्ला, के थाहा कतै ट्यापे केटाहरु चोर्ने दाउले बाहिर लुकेर बस्न सक्छन। आ, जती सोच्यो त्यति धेरै कुरा। चोर आएपनि उसँग छ नै के र? चोर्नलाई योग्य सामान के छ र? खानेकुरा त छैन, उसले चिया र बिस्कुट खाएको कति दिन भैसक्यो। जम्मा पचास रुपैयाँ होला, त्यो लगे नि लगोस। थोत्रो टिवी छ, त्यो बेचेर कति नै आउछ र चोरलाई ? आजकाल किन खाली यस्तै मात्र सोच्छ। के राम्रो कुराहरु सकी सके? उसको भागमा डर शँका र अनिस्चितता मात्रै छ? ह्या, कति धेरै मनमा कुरा खेलेको? उसले चुकुल खोल्यो ढोकाको। बाहिर अध्यारो थियो, कतै केही थिएन। अध्यारो भएकोले उसलाई आफ्नो छाया पनि साथै छ कि छैन, थाहा भएन।

चर्पी बाहिर निस्केपछी उस्लाई कतै पर सुक्क सुक्क जस्तो सुन्यो। भरेङ नजिकै पुग्दा पर होइन दोस्रो तल्लामा कोही रोएको जस्तो सुन्यो। यती राती किन रुन्छ मान्छे? उ एकैछिन ढोकानिर उभियो र सोच्यो। दोस्त्रो तलाको एउटा झ्याल खुलै छ। अध्यारोमा उसले पर्दा देखेन, तर बेला बेलामा हिक्क हिक्क सुन्यो। उसलाई भुतप्रेतमा विश्वाश छैन, त्यसैले त्यो रुवाइ मान्छेकै हो भन्ने पक्का गर्यो। भित्र कोठामा गयो, रुनलाई एकान्त राम्रो, अझ एकान्त भन्दा रात राम्रो रहेछ। त्यो को होला? राती राती रुने? उसले छिडिमा बसेर माथि तल्लामा को को छन भन्ने कुरा कहिल्यै वास्ता गरेन। डेरा हो, कति आउछन, कति जान्छन। तर उसले दोस्रो तल्लामा धेरै भयो कोही मान्छे नदेखेको। पानी भर्न जादा आकल झुकल माथि तल्लामा बस्ने डेरावालहरु भेटिन्छन् तर उ सँग कमै मान्छे कुरा गर्छन्। उ प्राय मान्छेहरुसँग धेरै अन्तर्कृया गर्न रुचाउदैन। उ सँग कुरा गर्ने बिषय बस्तु छैन।
घडी हेर्दा रातको २ बजिसकेको थ्यो। के गरौ गरु जस्तो भयो उसलाई। चिया पो खाउ कि? तलतल लाग्यो फेरी। निद्रा नपर्ला कि? कहिले पो पर्छ र निद्रा उसलाई? यस्तै सोच्दै उसले बनायो फिका कालो चिया। भोक लागेको हो कि जस्तो भयो, तर उसलाई बिस्कुट खान मन लागेन, चियाले २ घण्टा पेट भर्छ। टिवी हेर्यो, च्यानल चेन्ज गर्दै बस्यो। केही हेर्न राम्रो कुरा छैन। फेरी बन्द गर्यो। चिया पिउन थाल्यो, फोन चेक गर्यो, कसले पो फोन गर्छ र उसलाई। मेसज हेर्यो, फेरी सम्झ्यो को पो छ र उसलाई मेसेज गर्नलाई? कति नै ब्यस्त जस्तो? कोठामा टहल्न थाल्यो। निद्राको अझै कुनै संकेत थिएन। बाहिर भरेङ माथि ढोका घग्रक्क खोलेको जस्तो सुन्यो। अहिले चाँही प्रस्ट रुपमा कोही तल झरेको पदचाप सुन्यो। शायद चप्पल को आवाज, पट्याक पट्याक गरेजस्तो। पदचाप भरेङ मुनी चर्पीतिर लाग्यो। उ सोच्न थाल्यो उ मात्रै होइन, अरु कसैलाई पनि निद्रा परेको छैन। संसारमा उ एक्लै छैन, निद्रासँग अरु कोहिको पनि राम्रो सम्बन्ध छैन। उसले ढोकामा चुकुल लाएको छैन, यसो बाहिर चियाउन मन लाग्यो, चर्पीतिर गएको मान्छेको पदचाप भरेङ्तिर फर्कियो। उसलाई किन किन हेर्न मन लाग्यो त्यो मान्छेलाई। अध्यारोमा केही देखिदैन थ्यो, तर उसले ढोका खोल्ने हिम्मत गरेन। माथि उक्लिरहेको पदचापसङै सुन्यो चुराहरुको "छनछन"। उसको जिउ फुल्यो, के साँच्चै त्यो कुनै किच्कन्नी थिइ ? सानो हुँदा उसले त्यस्तो कथा कति सुनेको थ्यो। उसको आमा भन्नु हुन्थ्यो किच्कन्नीले लोग्नेमान्छेलाई पछ्याउछे, आफ्नो रुपले एकोहोरो बनाउछे र अन्त्यमा मुटु कलेजो झिकेर खान्छे।
उसको मुटु कलेजो के मिठो होला र? उसको मुटु जस्तो अलिनो र बेस्वादको कस्को मुटु होला र?
माथि फेरी ढोका लाग्यो “ढ्याम्म”। उसले कल्पना गरेको किच्कन्नीको आक्रिती भत्कियो । के अघि रुने मान्छे त्यही मान्छे थियो? हैन हैन, लोग्नेमान्छेले चुरा लगाउदैन। त्यो स्वास्नीमान्छे हुनु पर्छ। तर यति मध्यरातमा उ किन रुदैथी?

क्रमश:













 
Posted on 04-11-17 8:45 AM     [Snapshot: 2837]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-11-17 9:25 AM     [Snapshot: 2855]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Was a good read. Thank you.
May be it is coincidence, but did you write in the context of WHO's world health day? Just curious.
 
Posted on 04-12-17 9:45 AM     [Snapshot: 2986]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I thought readers didn't like my depressive story when I didn't see any comments after 4th part. But, I couldn't stop it once started. Also thought may be people like other type of stories than crazy_love's story.

Anyway, felt better when saw some responses after the last part.
Thank you guys for your nice comments!

magorkhe1,

You should write stories in Sajha too if you have been writing in a notebook.

IT_Guy,
Thank you for short and sweet comment.

kalikopoi,
I didn't write for WHO's world health day (when???), the protagonist in the story was bothering me for a couple of months (u know I am crazy!). It may be coincidence if my story came at the same day as world health day.

once again, thank you very much!
CL

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters