[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भिनाजु को जुत्ता

[Please view other pages to see the rest of the postings. Total posts: 95]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 75069 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 12-10-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहेथ्यो ठूलोबाबा को छोरी को आफुलाई पो भ्याई नभ्याई, किनमेल गर्दैमा। बाबा को दाजु भाई का छोरीहरु मिलाएर हामीहरु पाँच जानाथ्योउँ, फेरि दाईहरुको बिहेमा जन्त जाँदा जाँदा हैरान् भएको यो पालि त दिदीको बिहे घरमै जन्ति आउने, हामीलाई के चाहियो र?  बिहे आउन जम्मा चार दिनथ्यो, दुई दिन के लगाउने सोच्दैमा बित्यो, बाँकि दुइ दिन सोचेको लुगा किन्दैमा।

बिहेको दिन त आफुलाइ कसैले देख्नै नहुने, घरि स्वोयम्बर को निम्ता सिँगार्न आउ भन्याछ घरि दुलाको टोपि सिँगार्न।  "ल ल आईहालेँ" भन्दै म पनि लुकि लुकि भागिराथेँ। आफुलाई आफ्नै नक्कल झक्कल को पिर भैराबेलाँ को जावोस् त्यो दुलाको टोपि सिँगार्न? यता आमाहरुले टोपि सिँगार्न बोलाउनु भा छ उता दाईहरुले देख्न नहुने बोलाइहाल्ने--"ए दिपिका एकचोटि यता आउ त, जग्ये सिँगार्नु पर्यो"  कता के मात्र सिँगार्नु ?  धन्न रातिको बिहेथ्यो त्यसैले अलि अलि त मद्धत् गर्या जस्तो गर्न चैँ  भ्याएँ।

लाउन त हामी सबैले सारी नै लाउने भएकाथ्योउँ तर लाउन भने कसैलाई नआउने। बल्ल तल्ल लगाइदिने भाउजुहरु खोजेर ल्यायो,  सारी लाएपछि हिड्न अर्को माहाभारत। सारी यता पनि अल्ज्याछ उता पनि। झन अलिकती बाहिरमात्र के निस्केकी थिएँ,  पुरेतको जुत्तामा अल्झिएर पच्छारिहालेँ,  फेरी कसैले देख्यापो छन् कि भन्दै यताउता हेर्दे उठेको त कोही नभएर झन् आफ्नै बाबाले पो देख्नु भएछ, कराईहाल्नु माथिबाट--"अब हिड्नै नआउनेले किन सारी लाउनु पर्यो? अहिले खुट्टा भाचिन्छ अनि थाहा पाउछौ", अब खुट्टै भाच्चेपछि त थाहा पाएर नि के गर्नु नि? भन्नु त भएन तैपनि पच्छारिएको झोकमा मैलेपनि भन्दिएँ--"अब पुरेत ले जुत्ता झन्डै आँगनकै ढोकानेर पुर्याएर खोल्नु भा रैछ त म के गरुँ,  मेरो गल्ति हो र?", त्यो पच्छारिएको सुरमा त आफुले पुरेतको नै गल्ति देखेँ।  आँगन्मा पुगेको मात्र के थिएँ दाईहरुको आवज ठोक्किहाल्यो कानमा--"लौ अब कुन चै ले आँखा लाउने भो आज? हामीलाई पो आपत रेखदेख गर्दैमा",  हुन त दाईहरुले जिस्किनु भएको थाहा थियो, तर पनि त्यो गालि खाको झोकमा मैले पनि ठाडै उत्तर दिएँ--" राम्रो देखिएको छ भने सिदै भने भैहाल्योनि किन कुरालाइ जाँतो जसरि घुमाउनु पर्यो ?" दाईहरुलाई म किन रिसाको थाहै थेन कराइहल्नु भो--"लौ आजत ऊ सँग बोलिसाद्दे नै रहिनछ"

जन्तिको बाजा बज्न थाल्यो, हामी पनि दौडेर गयोउँ स्वागत् गर्नलाई। स्वागत् भनेको त छदै छ, आँखा घुमाएर एक चक्कर जन्ति पाटिलाई हेर्योउँ। केटाहरु हर्न लायकका नै रहिछन्। सबैको स्वागत् गर्योउँ अनि बिस्तारै पूजा अगाडि बढ्न थाल्यो। जन्ति पाटि र केटी पाटिको हेराहेर चलिनैराथ्यो। एक्कैछिन मा एउटा फुच्चे आयो र भन्न थाल्यो--" हरियो सारी लाउने यो दाईलाइ मन पर्यो रे----निलो सारी लाउने यो दाईलाई मन पर्यो रे-----" उस्ले त पुरै लिस्ट् नै लिएर आएछ सारी अनुसार दाईहरुका नाम। अझ हामीलाइ सोध्छ --"हजुरहरु को नाम भन्नुस रे" अनि हामी पनि के कम? फुच्चेलाई खबर पठायोउँ--"हाम्रो दाईहरुलाइ सोध्नुस्, सबैको नाम पाउनु हुन्छ"

यता पुरेत बाजे आफ्नु मन्त्र भट्यौदै हुनुहुन्थ्यो, उता जन्ति पाटिले कहाँ बाट मेरो भाई भेटेछन्, बिस रुपयाँ को किटक्याट किन्देछन्, बच्चा त पर्यो, उस्ले त चार रुपयाँमा एकजनाको नाम बेचेर आएछ। अघि सम्म त यो सारी लाउने र त्यो सारी लाउने भनिराथे अब त नामैले बोलाउन पो थाले। हामीलाई आपत दाईहरुले सुन्नुभयो भने को को पो थोते हुने हो भनेर। धन्न दाईहरु अलि टाडै हुनुहुन्थ्यो बाजा ले गर्दा हत्तपत्त सुनिदैनथ्यो आवज।

पूजा अगाडि बढिनैराथ्यो, जुत्ता त लुकाकै छैन। अब हामी त दुलाको अगाडि पर्नै भएन सबैको निग्रानी हामी मै थ्यो त्यसैले भाईलाई पठयोउँ। उस्ले सुटुक्क चोरेर ल्यायो कसैले थाहा नै पाएनन्। अब सबै जना लुकाउन गयो भने त थाहा पाइहाल्छन्, त्यसैले म खुसुक्क घर् पछाडि अध्यारोमा एउटा खोर् रहिछ तेस्को पछाडि लुकाएर आएँ। आदी घण्टा कुर्योउँ अनि कराउना थाल्योउँ--"दुलाको जुत्ता चाहिन्छ भने दुई हजार दिनुस् र जुत्ता लिनुस्" जन्ती पाटी त उल्टो भन्न थाले--"दुई हजारमा त दुईटा जुत्ता आउछ, भयो हामीलाई जुत्ता चहिदैन तिमीहरुनै लगाऊ", घटाउदा घटाउदा त लोभिहरुले पाँच सयमा पो पुर्याए। अब त्यो बुढो जुत्ता राखेर हामीलाई काम थिएन, पाँच सय मै मन्जुर हुने बाहेक् अरु केहि उपाए नै भएन, अब त्यतिमै मान्नै पर्यो।

पैसा लिएर जुत्ता लिन गएँ, लुकाको ठाउँमा त जुत्तै छैन, सबैतिर खोजेँ पाउदै पाइन। डर पनि लाग्न थाल्यो अनि ठूलो बाबाको छोरा बिपिन दाईलाई बोलाएर भनेँ--"दाई हेर्नु न जुत्ता यहिँ लुकाको थिएँ अघि, अहिले जुत्तै छैन", दाईले लुकाको ठाउँ हेर्नुभयो अनि तर्सेर भनुभयो--"ल बर्बाद्, फुर्केलाई खोज छिट्टो", फुर्के, उहाँहरुको कुकुर, चोर नै देखेपनि चाट्न जान्थ्यो त्यसैले नाम नै फुर्के राख्याथ्यो। अब आफुलाइ जुत्ताको पिर् भैरा बेलाँ त्यो फुर्केलाई खोज् भन्दा त म पनि झनक्क भएर भनेँ--"अब जुत्ता हराइरा बेलाँ कता जाउँ म त्यो फुर्केलाई खोज्न", अनि दाईले भने पछि पो थाहा पाएँ फुर्केलाई त जुत्ता देख्नै नहुने रहिछ, चपाइदिदो रहिछ, मैले त त्यस्कै खोर् पछाडि लुकाइछु, त्यस्लाई त आहार ओडारमै पो राख्या जस्तो भएछ, आफूलाई के था? फुर्केलाई पाउन त पाएँ तर जुत्ता के नै बाँकि राखेछ र? एउटा को तल देखि माथि सम्म चपाएर उल्टो हो कि सुल्टो हो नै नचिन्ने बनाएछ, अर्को को बुढि औँला नै देखिने गरेर जुत्ता को माथि भाग छिया छिया पारेछ। म त तर्सिहालेँ। एक हातमा पाँच सय अर्को हातमा जुत्ताको ताल् त्यस्तो। उता जन्ति पाटी कराउन थालिसके--"के हो जुत्तै आएन, पैसा लिएर टाप हो कि क्या हो?"

केहि उपाए सम्झिनै सकिन अनि गएँ दुला भएको ठाउँमा त्यो जुत्ता लिएर। अघि सम्म त जन्तिहरु मात्र हल्ल गरिराथे अब त दुला नै तर्सिए, जन्तिहरु भन्दा ठुलो दुलाको पो आवाज सुनियो--"के हो त्यो", दुला तर्सेको देखेर दुलालाई त हेर्नि सकिन , हाँसो पनि उठ्यो, डर् पनि लाग्यो अनि परिस्थिति अनुकुल नरम भएर जन्ति तिर हेर्दै  भने--"भिनाजु को जुत्ता"

Last edited: 10-Dec-07 09:50 PM

 
Posted on 12-12-07 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाबा ईन्टर्नेटाँ रमईलो गर्दा केई माईन्ड गर्दैनम् हामी, दिपिका जी। कपाल भ' पो कपाल दुखाउने, आफूलाई त हलुका छ, अनि जिउने प्रक्रिया नि हलुकै भनम् न! It's all good.
 
Posted on 12-12-07 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन टक्र्याय है पून्टे दाई, मलाई आन्टी भन्दा त कस्तो च्वस्स पोल्यो बाइ
 
Posted on 12-12-07 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे क्यार्न फेर्न परेओ होला नि साइनो आन्टि-छोराले। कस्तो रमाइलो भैराथ्यो
 
Posted on 12-12-07 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न मिस नउक्सौनु न हजुर पून्टे दाइलाई फेरी सबै साझा बासिले आन्टी भन्लान भन्ने पिर क्य आफुलाई चैँ

 
Posted on 12-12-07 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Are you Aunt for Real Dipika02? I guess it depends on the age of the people who calls you aunt, for sure not poonte.
 
Posted on 12-12-07 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यै छैन सिस सबैले आन्टि भन्न थाले छन भने म नि त्यै भनुम्ला  चिन्ता नगरिस्यो

मजाक अरेकिम :)


 
Posted on 12-12-07 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै भन्या नि! उक्साउन त सिपालु हुन् हाँरी मिस हजुरआँ!

लौ, अब त पसारिने बेला भो। गुड नाईट!


 
Posted on 12-12-07 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hyperthread,

Well, i have a niece of 15 months and yes i am her aunt, but i don't think i am poonte dai's aunt....  anyways, i prefer Dipika rather than anything else.


 
Posted on 12-12-07 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Damn Poonte, which part of the world are you in to go to bed @ almost 7 pm CT ? European parechha kyare Poonte


 
Posted on 12-12-07 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonte dai , I am sorry, but you don't have to leave..I was just kidding....if u want then u can call me aunt but only u  
 
Posted on 12-12-07 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा, हेरिस्यो है यस्तो दोष लाउनि मलै !!  मेरो  सानो नाति पठाम्छु है हउर सअ कुस्ति खेल्न।

  फलाम उचालेको बेक्कार होला

have sound sleep poonteda !!

 


 
Posted on 12-12-07 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 गुन्टे नाती !! चुप लाग  नरोउ! 

कखरा सप्पै आम्छ हो तिम्लाई ? कसरी पढेउ त कथा? बोलि त फुटेको रहेनछ?


 
Posted on 12-12-07 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिऽऽस हजूरआँऽऽऽऽऽऽ! 

ऊँऽऽऽऽ ऊँऽऽऽऽऽ भोक लाग्यो मुलाइऽऽऽ
 
Posted on 12-12-07 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मिस मैले त गुन्टे भाइ बच्चा रहिछ भनेर केहि भन्नै मन् लागेन, आफ्नु भाइ सम्झे, येस्तै छ, बाबु जे नभन भन्यो त्यो भन्न पाए के के न हुन्थ्यो जस्तो गर्छ

Last edited: 12-Dec-07 07:06 PM

 
Posted on 12-12-07 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो दिपिका आन्टीऽऽ! मो ठूलो बच्चा!
 
Posted on 12-12-07 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika ji, kun thau ho bhaneko kya?
 
Posted on 12-12-07 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepal premi jyu...tyo chai nabhanum ki bhanne socheki maile...narisaunus hai please.
 
Posted on 12-12-07 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका बैनी,

 नरिसाम है हसिमजाक गरेकि मात्रै। हजुरलाई चोट पुराउने मेरो मनसाय होइन। मैले अन्दाज त गर्न सक्छु हजुर आन्टि होला कि बहिनी होला भन्ने त । तर अब भन्दिन त्यो के जाति आन्टि चै सानो मान्छेलाइ --दिपिका नानी, मैया, नानू (मनमनै भाउजु भन्ने भ नन्द नि भन्दिमला


 
Posted on 12-12-07 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिज्जु,

हजुर सगँ रिसाउने दिन कहिले न आवोस् मेरो यही कामना हुनेछ सदैब,

 


 
Posted on 12-12-07 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika ji, lau yeti chai bhanna milcha; Is it in the city or country side. Ur writings doesn't include much typical words which could be used So, i predicted u from the city and this incident to be happened in the city area. It might be either u didn't use such words or this is the way u write. Am i Right?
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters