[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 163994 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-16-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरीतालिका, मास्टर्नी दिदीलाई शुभप्रभात!

गुरूदेव, नमस्ते! चौतारीमा तपाईलाई स्वागत छ।एकैछिन विश्राम मात्र हैन, ट्याम ट्याममा आउँदै गर्नुहोला। अनि तपाई त दमक गाउँ (Denmark) तिर हुनुहुन्छ जस्तो लाग्यो, हैन र?
 
Posted on 11-16-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मेरो सबै ठिकै छ । तपाईं को के छ नि हाल चाल । बिजी हुँदै मा हामीलाई वीरस्न पाइन छ कि क्या हो ।
 
Posted on 11-16-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, दादा, कुम्ले ब्रो, चित्रे, ठुली, हरि अनि गुरुदेवलाइ जदौ टक्र्याए है ।
..........................

लौ है केटाहरु ति मोराहरुलाइ त समाउनै पर्छ, त्याँ माथि त बताउनै बिर्से, त्यो २२३९ रुपैयाँ त साउले मेरो तलबबाट कतिहाल्यो नि, कसरी गाम आइपुगे मुलाइ मात्रै था'छ्, मौका मिले बताम्ला कुनै दिन्!
..........................

तेइ त भन्या मिस् म त फिर्ता आए, यसपाली छैठौ चोटि ट्राइ मार्नु परो, एक न एक चोटि त कसो ननिस्केला मेरो लमबर नि गोर्खापत्राँ, प्रिन्ट मिस्टिक नभइकन्!
..........................

अनी गुरुदेव्, स्वागत छ चौतारीआँ, चित्रेले भन्या जस्तै बेला बेलाँ आइ रहनुपर्छ है । तपाईं त कम्प्युटर सफ्टवेरसँअ खेल्न खतरा हुनुहुन्छ भुन्ने सुनियाथ्यो, यस्सो चौतारीआँ स्थाइ रुपाँ बसे हामीलाइ नि सहयोग हुन्थ्यो!
..........................

ठुली हाम्ले चाँही बिर्स्या छैनौँ है !
 
Posted on 11-16-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-16-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीआँ बिहान बिहानै रमैलो भ र'च
 
Posted on 11-16-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्, ग्वाचे, यामे, दादा, कुम्ले ब्रो, चित्रे, ठुली, हरि अनि गुरुदेवलाइ जदौ टक्र्याए है ।

हा हा हा!! ग्वाँचे, क्या बोर भएछ नि!
कुन चाँहि मोराहरु रे'छन् त्यस्तो अर्नी? एक एक लाई समात्नुपर्छ। :पि

नाइस् वन्!!!
 
Posted on 11-16-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेलाई नि जदौ, अनी गुरुदेव्, स्वागत छ चौतारीमा।
 
Posted on 11-16-06 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, मैले तिमीलाई कहाँ बिर्स्या छु र? चौतारीमा आउने बित्तिकै तिमीलाई नै खोज्छु ।;) नपत्याए अरू गाम्लेहरूलाई सोध न।

लौ गाम्ले हो, आज नि कथा, प्रति-कथा, कविता, दोहोरि-तेहरि-अनेकथरि कविता, गीतहरू जाओस् न त।:)
 
Posted on 11-16-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss-me: के छ चित्रे भाइ?
world_map: चौतारीपनि कस्तो सुन्सान् मिस् दि
miss_me:ल हामी चौ नि
world_map:ल ठुलि छैनिन् नि त्
*************************************
के छ सान्नानी अनि नमेजीको हाल्खबर् ?
 
Posted on 11-16-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुली!! के भनेकी तिमीले हाम्रो चित्रेलाई?
चित्रेले तिमीलाई बिर्सियो रे?? त्यस्तो हुनै सक्दैन

हिजो दिउँसो १२ बजे तिमीलाई सम्झेको थियो, खाना खाएको बेला, ठुलीले खाना खाइन कि खाइनन् भनेर, तिमी कफी पिउनै ब्यस्त थियौ।

त्यसपछि उस्ले बेलुका समुन्द्रको तिरमा बसेर सुर्यास्त हेर्दा तिमीलाई सम्झेको थियो, तिमी छाता ओढेर लन्च खान जादै थियौ।

राती सपनामा नि देखेको थियो, त्यो बेला तिमी टिभीमा नयाँ नयाँ गानाहरुको भिडियो हेरिरहेकी थियौ।

अब मलाई थाहा छैन है त्यो सबै गरिरहेको बेला तिमीले चित्रेलाई सम्झिरहेकी थियौ कि थिएनौ तर उस्ले चाँहि खूब सम्झेको थियो। मलाई त चित्रेले सबिस्तार भनेको भएर मात्र उस्को कुरो थाहा भाको।
:पि

चौतारीमा नयाँ आउने गुरुदेवलाई स्वागत छ है!!

नमे अभियन्ता के छ यार!!

के छ सान्नानी हाल्खबर् ?
 
Posted on 11-16-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै धेरै भन्यबाद world_mapजी । हजुर म denmark बाट, अनी तपाईंको बसो बास चै कता हो कुन्नी ??
 
Posted on 11-16-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हाम्रो पून्टेदाई हिजो लोटरीको कुरो उठेदेखि बेपत्ता छन, कता लागेचन, न कहिं मालामाल पो भै सके क्याहो, हिजो जिते दिन पर्च है भनेर मगिहालियो, अब दिन पर्च भनेर हराका त हैन होल नि :P

चौतारीमा नयाँ आउने गुरुदेवलाई स्वागत छ है!!

नमे अभियन्ता के छ यार!!

के छ सान्नानी हाल्खबर्?
 
Posted on 11-16-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस लाई त हाजिर भन्नै बिर्सेछु, खै आफुलाई त रोल नम्बर पनि दे'को हैन मिसले :(

नमस्ते टक्र्याएँ है
 
Posted on 11-16-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूली, मैले तिमीलाई कसरी भुल्न सक्छु, सम्झिरहन्छु दिन रात
साझा चौतारीको वरिपरि ढकमक्क फुल्ने तिमी फूल भए म पात
मिसले भने झैं तिमीलाई नै खोज्छु, म यो भन्छु राखी छातीमा हात
कुम्लेलाई पनि थाहा भैहालेछ, मेरो दिनचर्या र भित्री मनको बात :P ;)
 
Posted on 11-16-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरूदेव, म चैं बेलाइत भन्दा पश्चिमपट्टीको टापूको दमौली(dublin) भन्ने गामबाट हुँ।मेरो चौतारीको नाम चैं चित्रे हो। पहिलो पेजमा सप्पै चौतारीबासीहरूको username र चौतारीको नाम लेखिएको छ, त्यो हेर्दा हजूरलाई सजिलो पर्थ्यो कि भन्ने लाग्छ मलाई ।

नमे, सान्नानी, कुम्ले लाई जदौ।
 
Posted on 11-16-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आई याम् फाइन् मिस्, कुम्ले अनि हरि। हजुरहरु नि?

हो हो चित्रेको कुरा ठिक् हो ठुली, हाम्रो चित्रेलाई दोष नलाउ न, तिमि पनि। :P
 
Posted on 11-16-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-16-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी आ थिन्क यु आर माइ फ्रेइन्द । यु सुद सपोत मि । नत चित्रे । :(
 
Posted on 11-16-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो चित्रेजी, मै लाटो परेनी । काला अक्छर भैंसी बराबर, नील अक्छर अकास् बराबर । मैले ध्यान दीएर बढीनछु । अनी साची चित्रेजी, यो चौतारीको नरन्को नाम चै कसरी पाहीन्छ हँ?
कुनै दक्छीना चढाउनु पर्छ की, आफैले दीनेकी?

माफी पौ है, म चै अली अली नया परे, र फेरी मसँङ चौतरीको सबै पृष्ट पढ्ने समय पाहेकै छैन। म पड्छु तर बीस्तरै बीस्तरै, आराम् सङले। हतार् गर्नु हुदैन, यो आखीर् चौतरीनै हो।
 
Posted on 11-16-06 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैं तिहार सकिएपछि तास छोएको थिईन। हार्न नि नराम्ररी हारिएको थियो, यसपाली चाडपर्वमा। हुन त चाडपर्वमा हारेको देवी देवतालाई चडाएको मान्नु पर्च, अनि बाँकी बर्ष भरि फलिफाप हुन्छ रे, कोई कोई साथीहरुले सान्तवना दिंदै भनेका थिए। त्यस्तै मान्न प-यो त नि, अब, हारेको पैसो सम्झेर जिन्दगी नै स्थगित पार्ने कुरो आएन के रे। मरि मरि काम गरम्ला, अर्को साल फेरि चढाम्ला देवी देवतालाई, अरु के त? तर मेरे नि अर्को दशैं नआए सम्म चईं जुवालाई टाढैबाट नमस्कार!

कुकुर कै पुच्छर न परियो! के सुद्ध्रिन्थिम् त यति सजिलै? खै कति भो तिहार सकेको, करिब ३-४ हप्ता? “केटाहरु फेरि खेल्ने भन्या छ, तिहारमा त खेलियो २ डलर प्वाईन्ट, अब चईं अलि सस्तो रे। जम्मा एक डलर प्वाईन्ट, त्यो नि ईस्ट्रेट, नो डबल सबल,” स्यामको फोन आएसि भै हाल्यो मेरो मनमा तल् तल्। “स्याम”, “श्याम” होईन। अमेरिकामा कुईरेहरुलाई भन्न सजिलो होस् भनेर उसले आफ्नो नाम फेरेको रे। हुन नि यो त करिबन फेसनै भन्नु प-यो के रे। Sam for Suman, Neil for Anil, Danny for Dhan Bahadur, Angie for Anjuli, Jay for Jaya Prakash, Manny for Man Bahadur, Seuse for Sushil, आदि, ईत्यादि। हुँदा हुँदा, बाह्रैमास चण्डीको बर्त बसेकी जस्ती काली न काली गोरक्ष कुमारी को नाम त Gori रे!

भनि हालें नि, जुवा सुनेसि, Neil को तीन नेत्र! मन मने संकोच लागे पनि बसियो त नि फेरि मेरिज खेल्न।

धेरै जसो एउटै छोली हुन्छन् तास खेल्ने नि। जुवाडे जुवाडेहरुको भेला। लौ त नि बनेर म नि लागे। Sam को आपार्टमेन्ट तिर।

केटाहरु त बसि सकेका रहेछन्। तेई मेरिज को रेगुलर पोजिशनमा। सेतो तन्ना ओछ्या’को माझमा। चानचुन नपुग्ला भनेर चिप्स साटेर एक साईडमा राखेका, अर्को साईडमा चईं गिलास। कसैको मा ह्विस्की, कसैकोमा, रम एन्ड कोक, आदि। भाउजु (Sam को बुढी) चईं बिचरी भान्छामा मासु तार्दै रहिछे।

कोटा पुगि सक्या रहेछ अहिलेको खालमा, अलि छिनमा अरु नि आउँछन् रे, अनि अर्को खाल बस्ने भने। के गर्नु अनि म? खेल्न भनेर तम्सेर आ’को, अरुले खेलेको हेरेर बस्न सक्थें र? भान्छातिर गएं अनि, भावजुलाई अलि अलि भएनि सघाउँ भनेर। अमेरिका आएसि त ऊनीहरुले बुझेका हुन्छन् नारी अधिकार। धेरै काम मात्र गर्न प-यो, खेलन् पाईएन भने आएका सबै इपाहनाहरुलाई भोकै फर्काईदिन्छन्। जित्नेले त घर फर्कंदा बाटोमा चाईनिज फा्सट फुड लिएर ट्याक्सी चढ्दै घर फर्कंदा हुन् के के रे, हार्नेको पो बबाल हुन्छ! भोको पेटमा सब्वे कुरि कुरि आफैंलाई धिक्कार्दै जानु पर्ने।

जितिए तठीकै हो, तर भने टेन्सन् हुन्छ भन्ने सोंचेर, बरु भाउजुलाई अलि अलि भएनि सधाएको जस्तो गरम्, फुर्सेद पा’ बेला भन्ठानें।

भान्छामा एउटा नौलो मान्छे नि देखें, अलि गोरो गोरो, हामी भन्दा अलि तरुणै होला जस्तो।

“ए, Neil! यो चईं मेरो भाइ है! भाइ पर्ने। निस उसको नाम। छोटोमा निस,” त्यही मार्काको परेछन् ऊ पनि।

“निस रे?” निस त केटीको नाम पो होईन?,” नौलो साथीलाई अप्ठेरो पर्ला कि भन्ने कुराको वास्तै नगरी मैले प्वाक्क भने। हुन नि मेरो अर्को एउटा नातेदारको छोरी निशालाई स्कूलमा नीश भन्छन् क्यारे।

“N-E-E-S-H पो केटी त! उसको नाम त N-I-S हो!” भाउजुले सम्झाईन्। म चईं मन मनै “थुईक्का पाजी! छक्कै नाम राखेछस्” भनेर सोंचे, तर केही बोलिन यसपाली। उसको खास नेपाली नाम चईं के भनेर नि सोधिन।

अरु नि आए, खेल्न सम्म खेलियो। पिईयो पनि। रमाईलै भयो भनम् न। निससंग नि निकै गफ गरियो। भर्खरै मात्र बिहे गरेर आ’को रे, दुलही चईं नेपाल मै रे। बरु के गरि झिकाउने हो दुलहीलाई भनेर सोद्धै थिए। लयर-सयर चिनेको कोई छ कि भनेर फोन नम्बरहरु नि माग्दै थिए।

निकै बेर पछि आई नखरमाऊली जोडी तेई गोरी (गोरक्ष कुमारी, के त!) र Sammy (सम्झना)। नक्कली मोरीहरु, पैसा कहिले नि छैन भन्छन्, तास-सास नि कहिल्यै खेल्दैनन्, तर शपिङ् भनेसि मेसिज्, ब्लुमिङ्डेल्स्, को भन्डारै उठाउँला झैं गरि हुत्तिन्छन्। दिन भरि घुम्छन् फर्केर घरि एउटा सानो लिपिस्टिक देखाउँछन्, घरि मात्र एउटा बुलोज, दिन भरि को फल!

ओ हो! शपिङ् देवीहरु, आज चईं के के किनेर ल्यायेऊ, हँ, हामी पन हेरुम् न!” एउटा साथीले थाहै नपाई उनीहरुले बोकेर ल्याको Victoria Secret को झोला तिर झम्टे।

“आच्या! यो दाईलाई त थाहै छेन कि के हो VS को बारेमा?” भनेर खितितितिति हाँस्दै त्यो झोला लुकाई हाली गोरीले।

“तर आज क्या भो हगि, गोरी?”, Sammy दंग परेको अनुहार देखाएर बोली। “हामी मेसिज् को कस्मेटिक्स डिपार्टमेन्टमा मेक अपको सामानहरु हेर्दै थियम् लान्कमको आई श्याडो, आईलाईनर, र पाउडरको सेट। त्यो अटेन्डेन्ट फेरि हर्को कस्टोमरसंग बिजी भयो। अनि हामी नि अहिले नकिन्ने भनेर हिंड्यौं। बाहिर आएसि पो झस्याङ्ग भो! त्यो सेट त यो मोरी गोरीको हात मै! क्या गजब भयो बा, अाज। अलाराम नि बजेन, के हो के! हामी त दंग परेर ल्यायेम् त्यो सेट फ्रि मा!”

“थुईक्क चोर्नीहरु! अहिले स्वाङ् पार्छेऊ। जानी जानी चोरेरै ल्या’ होला! तेति जाबो सेट, बरु मै दिन्थे। नि तिमेरुलाई पैसा नभएको भए” Danny ले मजाकैमा गाली गरे जस्तो ग-यो।

“कस्सम् दाई! दक्षिण कालीले भस्मै गरुन्। हामीले भने जस्तै भा’ हो!” गोरीले कस्सम खाई।

“काली ले काली कै कस्सम् काएसि त होला नि त!” मैले नि प्वाक्क दिएं।

“हैन, ल्याउन नि ल्याउनु, जाबो त्यो सानो सेट नि के सित्तैमा ल्याउनु? फिर्ता गर्न जानु पर्दैन त? सुन, हिरा कै माल भए अर्कै कुरा!” एक नम्बरको चण्डाल Jey ले थप्यो।

“अब के गर्ने के गर्ने भएर हामी त कम्फ्यूज भयौं नि त! जाम् कि जस्तो नि ला’थ्यो फिर्ता गर्न, तर के के। अब त्यो मेसिज्लाई के नै फरक पर्दो हो र? सानो पसल भा’ भे अर्कै कुरा,” गोरीले फेरि भनिन्।

यतिकैमा, कुनाबाट निसले बोल्यो फेरि, अलि अलि जाँड नि ला’को, लडबडेको जिब्रोले, “क क क्या याद आयो यार! एक चोटि मैले मेलो बुरीलाई बिहे भन्दा अगाडि…फस्ट डेटमा…त त त्यो नाङ्लोमा लगेर पैसै पुरा नतिरेर टाप देको छु, यार! यि बैनिहरुले त अन्जान् मै क्याको त्यो, आफूले त जानी जानी!”

निसको कजन साली एउटी र दुईटा जिघ्रि दोस्तहरु पनि यतै अमेरिका तिरै कतै छन् रे भन्थे!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters