[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 207252 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-18-06 5:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Deepawali to all of you !!

 
Posted on 10-18-06 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी!! कत्ति ब्यस्त भइएछ!!

सबैजनालाई तिहारको धेरै धेरै शुभकामना!!

देउसी भैलो खेल्ने को को हुन कुन्नि? मेरो घराँ नि आउनुस है राती। म बत्ति निभाएर सुत्छु त्यो बेला, :पि

मैले अस्ती---नैssss लेखेको कथा पढेर 'राम्रो छ' भन्नु हुने पून्टे दाई, चित्रे, गोताएँ दाई अनि मिसलाई धेरै धेरै धन्यवाद।

अब भोली देखि त तिहार सुरु होला नि हैन त?

ल रमाइलो गरुम है त!
 
Posted on 10-18-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें है सबैलाई!
:D

कुम्ले दाइ,
अस्तीको कथा त राम्रो थियो तर अलि सत्य युगको कथा जस्तो लाग्यो मलाइ त। तेस्ता कुरा त पहिला पहिला हुन्थे होलान, दाइहरु को पाला मा। :P
आजकल त ठ्याक्कै उल्टो पो हुन थालेको छ, २-४ ओटा घटना त आफ्नै आखाले देखेको छु।

अनि सबै गाम्लेहरुलाइ तिहारको हार्दिक मङलमय शुभकामना।।

भाउते गुरु कता हराउनु भएछ आजकल?? जुरेली दिदी पाए पछि त चौतारीमा आउन नि छोड्नु भयो जस्तो छ।
 
Posted on 10-18-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे,

त्यसो भए मलाई पनि बुढेसकालले छुएछ! :डि

हुन त तिमीले भनेका घटनाहरुपनि नदेखेको होइन तर त्यस बिषयमा लेख्न त्यत्ति मज्जा नआउने रहेछ।

केटा मान्छेहरु जत्ति बिग्रेपनि, खत्तमै भएपनि हामीलाई के? केटीमान्छेहरु राम्रा भइदिए हामी केटाहरुको कल्याण भइहाल्छ नि। त्यसैले कथामापनि बिग्रिने भाग केटाहरुलाई राखेर राम्रो जत्ति महिलाहरुको लागी छुट्याएको हो मैले।

अनि अर्को कुरा, जस्ता बिग्रेका केटाहरुपनि राम्रा केटीहरुको हातमा परेपछि सुध्रिन्छन् तर राम्रा केटाहरु नराम्रा केटीहरुको हातमा परे भने सखाफै हुन्छन्।

त्यहि भएर, कथैमा भएपनि राम्रा केटीहरुको सङतले म जस्तो बिग्रेको मान्छेपनि सुध्रिन्छु कि भनेर हो मैले कथामा महिला पात्रहरुलाई सधै राम्रो बनाएको।

लु यहि हो कुरो नेप्चे, अँ साच्चि! यो कथा पुरै काल्पनिक हो है, उषा र रूपेश दुबै काल्पनिक पात्र हुन। :)

अनि तिहारको के छ प्लान नि भाई?
 
Posted on 10-18-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुलाई त पुगो तिहार-सिहार! बिदा लिई लिई जुवाँ हार्न भुन्दा त कामै जान्छु बरु। मरि मरि भए नि डलर छाप्छु, रमाई रमाई अरे जस्तो अरि खल्ती रित्ताउन भुन्दा त!

सेल त अरु सगुनहुर बुईनीहुरको हाते खान चईं सुटुक्क ट्याम् मिलाम्ना नि।

कुम्लेले नि टिका लाईदिने हो कि मुलाई? :p
 
Posted on 10-18-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे पून्टे दाई,

अब हजुरले अस्ति दशैँमा दिएको जत्ति पैसा दिनेभए एउटा एसिस्टेन्टलाई पठाइदिन्छु टिका लाउन। तर पैसा चाँहि मेरो नाममा चेक काट्नुपर्छ। एसिस्टेन्टलाई म नै तिर्छु। तासमा हारेको जत्ति त निकाल्नु पर्यो नि, कि कसो?? :डि
 
Posted on 10-18-06 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दाइ,

तिहारको प्लान त केहि पनि छैन। परदेशको ठाउ मा के दसै, के तिहार?? चाडबाड आयो कि मन खिन्न मात्र हुन्छ, नेपाल सम्झेर। मेरो त फेरि भर्खर बसाइ सरेर आएको नया ठाम परो। बरु दाइ को चाइ के पिलन छ कुन्नि?
 
Posted on 10-18-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरूलाई नमस्ते!

आज ढिलो आइयो चौतारीमा, रात पनि परिसक्यो। लौ म त गएँ सुत्न। शुभरात्री!
 
Posted on 10-18-06 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि सबै गाम्लेहरूलाई नमस्ते!
 
Posted on 10-19-06 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त सनिबार होइन, कता गचन सप्पैजना ?
 
Posted on 10-19-06 2:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरूलाई नमस्ते! and सबैजनालाई तिहारको धेरै धेरै शुभकामना!! परदेशको ठाउ मा के दसै, के तिहार?? चाडबाड आयो कि मन खिन्न मात्र हुन्छ, नेपाल सम्झेर... म त गएँ लम्पसार पर्न अब।
 
Posted on 10-19-06 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै हितैषी गाम्लेहरुलाई तिहारको शुभकामना टक्र्याउँदछु।
सबैको जिन्दगीमा अझ बढी खुशी, अझ बढी सफलता र अझ बढी समृद्धि छाओस्।

काग तिहार आईकन जान आँटिसकेछ, यादै भएन।
 
Posted on 10-19-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गौतमजी आउनुभेछ।

जदौ!
 
Posted on 10-19-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !
:)
 
Posted on 10-19-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कुम्ले कत्ति ढिलो गरेको तिमीले, म अघि देखि तिमीलाई कुरेर बसेको, ल छिटो हिँड म सङ्ग" म ढिलो पुगेको हुनाले तितौरीले मलाई कराइन्।

तितौरी सार्‍है राम्री देखिएकी थिइन् गुन्यू चोली, पटुकी, दुइ चुल्ठी कपाल अनि रातो रिबनमा। म एकछिन् उन्लाई हेरिरहेँ।

"के ट्वाल्ल परेर हेरेको नि, लौ हिँड छिटो" उनले मलाई झस्काइन्।

"मैले जानु हुन्छ र त्यहाँ? फेरि कसैले केहि भन्दैनन्?" मलाई संकोच लागिरहेको थियो त्यहाँ जान।

"केहि हुन्न, म भन्छु नि सबैलाई। तिमी त्यहाँ गयौ भने कुन राम्रो भयो, कुन नराम्रो भयो सबै भन्नसक्छौ नि त" उनले मलाई भनिन्।

हामी दुबैजना स्कूलको त्यो कोठामा गयौँ। भित्र सबैजना आइसक्नुभएको रहेछ। मिस, ठुली, सान्नानी, डल्ली फुपु, सन्जु अनि इन्द्रेणी सबैजना आइपुगिसक्नुभएको रहेछ।

"ए तितौरी! किन कुम्लेलाई लिएर आएकी नि?" डल्ली फुपुले अलि रिसाएझैँ गर्दै भन्नुभयो।

"के हुन्छ त? कुम्लेले हामी सबैको नाँच हेर्छ अनि कस्को राम्रो भयो कस्को नराम्रो भयो भन्छ नि अनि सबैले राम्रो बनाउन सकिन्छ" तितौरीले म त्यहाँ जानुको ठुलो कारण छ भने जस्तो गरी सबैलाई सम्झाइन्।

"ठिकै छ नि त, कुम्लेको अगाडी नाँच्न तिमेरुलाई के को लाज नि, कम से कम उस्ले कस्को राम्रो भयो कस्को नराम्रो भयो भनेर सल्लाह त दिनसक्छ।" मिसले तितौरीको कुरोमा सहमती जनाउनु भयो।

"ल ल ठिक छ, अब नाँच्न सुरु गरुम्। पर्सि भैलो खेल्नु छ केहिपनि गरेको छैन" ठुलीले छेउमा रहेको टेपरिकर्डरमा क्यासेट हाल्दै भनिन्।

"यो सुरुको गानामा चाँहि तितौरीले नाँच्ने, ल तितौरी तिमी तयार बन" मिसले हातमा भएको लिस्ट हेर्दै तितौरीलाई नाँच्न बोलाउनु भयो।

"हुन्छ!" भन्दै तितौरी सबैको माँझमा गइन्।

टेप रिकर्डरमा "आज बार्ह हाते पटुकी को कुरा गर मायालु" भन्ने गाना बज्न थाल्यो। तितौरी त्यहि गाना सङ्गै नाँच्न थालिन्। म उनले नाँचेको हेरेर मख्ख परेर बसेँ।

"कस्तो लाग्यो मेरो नाँच कुम्ले?" नाँचिसकेपछि मेरो छेउमा आएर तितौरीले मलाई सोधिन्।

"सार्‍है राम्रो नाँच्यौ तिमीले। मलाई त कस्तो मनपर्यो तिमीले नाँचेको" मैले उनको तारिफ गर्ने मौका छोडिन।

उनि मलाई हेरेर खिस्सिक्क हासिन्। अनि निधारमा आएको पसिना पुछिन्।

"कस्तो गर्मी भयो हगि? म त्यो झ्याल खोल्छु है" भन्दै मैले पाखातिरको झ्याल खोलेँ।

त्यसपछि अरु सबैको पालो आउन थाल्यो नाँच्ने। मिसले सबैलाई गाना छुट्याउनु भएको रहेछ। ठुलीले "मै छोरी सुन्दरी कसरी भरौँ पानी" भन्ने गानामा नाचिन्। सान्नानीले "लहनाले जुरायो कि बाहनाले भेटायो" भन्ने गानामा नाचिन्।

इन्द्रेणी चाँही मिस सङ्ग झगडा गर्दैथिइन्।

"नाई मिस म यो गानामा नाँच्दिन के" इन्द्रेणीले मिसलाई भनिन्।

"केहि हुन्न के इन्द्रेणी, गानामात्र त हो नि। फेरि गाउँमै नाच्ने त हो, सबैले राम्रो भन्छन्" मिसले उनलाई सम्झाउनु भयो।

"त्यहीपनि कसरी नाँच्नु यस्तो गानामा गाउँले को मुखुन्जेल" उनलाई चित्तै बुझेको थिएन।

"ल ल ठिकै छ, अहिलेलाई यो गानामा नाँच अनि तिमीलाई मनपरेन भने फेरि अर्को गाना तिम्रो लागी छुट्याउँला" मिसले इन्द्रेणीलाई सम्झाउनुभयो।

"हुन्छ त्यसो भए" भनेर इन्द्रेणी तयार भइन्।

ठुलीले टेपरिकर्डर बजाइन्।

"पोइला जान पाम पोइला जान पाम" भन्ने गाना बज्न थाल्यो। त्यही गानामा इन्द्रेणी नाँच्न थालीन्।

उनि नाँचेको हामी सबैले रमाइलो गरेर हेरिरहेका थियौँ।

त्यत्तिकैमा झ्याल बाहिर कुनै चिज भुइँमा बजारिएको जस्तै गरेर ठुलो आवाज आयो।

हामी सबैजना झस्कियौँ।

"के हो त्यस्तो आवाज?" मिसले सोध्नुभयो।

"केहि होइन मिस, त्यो रुखको कटर झरेको होला" मैले मिसलाई भनेँ।

"आवाज त ठुलो छ नि" मिसले फेरि भन्नुभयो।

"ठुलो कटर होला मिस, त्यही भएर ठुलो आवाज आएको" मैले फेरि मिसलाई सम्झाएँ।

"ल ल ठिकै छ" मिसले फेरि नाँचमा ध्यान दिन थाल्नुभयो।

इन्द्रेणीले नाँचिसकेपछि मिसले सबैलाई खानेकुरा दिनुभयो। अनि सबैलाई भोली बेलुका भेट्ने भनेर बिदा दिनुभयो।

सबैजना आ-आफ्ना घर तिर लागे। म चाँहि जिम्माल बा को घरतिर लागेँ।

जिम्माल बा को घरमा थुप्रै जना बसिरहनुभएको रहेछ। जिम्माल बा चाँहि खाटमा सुतिरहनु भएको थियो। नमेले तातो इट्टालाई कपडामा बेरेर जिम्माल बा को ढाडमा सेकिरहेको रहेछ।

"लु कुम्ले आयो" नमेले मलाई देख्ने बित्तिकै भन्यो।

"जिम्माल बा! के भयो तपाईँलाई?" मैले जिम्माल बा थला परेको देखेर सोधेँ।

"ऐया! के हुनु नि कुम्ले, तिमीहरु तन्नेरीको लहै लहै मा लागेर मेरो यस्तो दशा भयो" दुखेको ढाड सुमसुम्याउदै जिम्माल बा ले भन्नु भयो।

"किन नि के भयो र त्यस्तो?" मैले फेरि सोधेँ।

"के हुनु नि, तैँले झ्याल खोलिदिएपछि हामी सबैजना त्यहाँबाट उनिहरु नाँचेको चिहाएर हेरिरहेका थियौँ। सुरुमा त ठिकै थियो, पछि इन्द्रेणीले "पोइला जान पाम" भनेर नाँचेको देखेर त मेरो हातै फुस्कियो। एकै चोटी तल बजारिएँ, हत्तपत्त नमे र चित्रेले मलाई उठाएर त्यहाँबाट भगाए, नत्र तिनीहरुले देखेका भए मेरो बेइज्जत हुन्थ्यो" जिम्माल बा ले एकै साँसमा कुरो सिध्याउनु भयो।

"त्यहि त, निकै ठुलै कटर झरेकोरहेछ अनि किन त्यत्रो आवाज नआओस त" मैले ठट्टा गर्दै भनेँ।

छेउमा बसेका सबैजना हाँस्न थाले। जिम्माल बा पनि ढाड सुम्सुम्याउदै हाँस्नु भयो।

समाप्त :पि
 
Posted on 10-19-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ----! कुम्ले साइध्वाले हँसायो, आज सपनामा पनि हाँस्या-हाँस्यै होईएला जस्तो छ!
 
Posted on 10-19-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D कुम्लेले हँसायो। लेख्न पनि कति आएको, बिचरा जिम्माल बूढालाई पो फसाएछ!

चौतारीको आशु कथाकार उपाधी चैं कुम्लेलाई दिनु पर्ला जस्तो छ, अनि गफाडी चैं पून्टे दाईलाई। कि कसो गाम्ले हो? :P
 
Posted on 10-19-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेले हँसायो। hahahaha
 
Posted on 10-19-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुच्चिङ्! भैली कै दिन घरको आगन मै आईहाल्थे नि नाच देखाउन। के खान तो पात्तेको जिम्मालेलाई लुकि लुकि चियाउन जान परे थो?

धाड खुस्केर सिकिस्तै त परेको होईन तो बुढा? हरा'को हराई छ! केटकेटीहुर बटुलेर टेक्न लाए हुन्थ्यो नि! मै टेक्दिन्थें के रे, बुढाको आँखै निस्केला भुनेर मत्र!

मेरो नि हिरदये देखिको हरदिक मंगलमई सुभकामना है सबैलाई तिहारको! नपा'काले "लक्ष्मी" नामकी जोई पाऊन्, पाई सकेकाले "धनमती" नामकी कान्छी पाऊन्। आफूले त लछिमी, धन कुमारी, सुनमती, हिरा देवी, नोट माया, सैे पाई सकेम् के रे, तेसैले होला यसपाला तिहाराँ ऊँधो ला'को जुवाको दाउँ नि।

रिकुटे चईं फिर से पल्टन रबाना भो कि के हो?
 
Posted on 10-19-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाईले हँसायो।
बिचरा जिम्माल बूढा hahaha
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters