[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कतारलाई लन्डनको सन्देश
[VIEWED 5588 TIMES]
SAVE! for ease of future access.
Posted on 10-02-13 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

कतारलाई लन्डनको सन्देश


  • (0 votes)

- See more at: http://www.nagariknews.com/sports/football/story/8186#sthash.SvsfwY0l.dpufलन्डन– बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले कतारलाई लन्डनबाट सिक्न सुझाएका छन्। लन्डन ओलम्पिक २०१२ का लागि निर्माण कार्यमा एउटै ज्यान नगुमेको स्मरण गराउँदै उनले कतारलाई पनि विश्वकप २०२२ का लागि निर्माण कार्यमा त्यस्तै सजगता अपनाउने सल्लाह दिए।
 
 
'उनीहरूले कार्यशैली सुधार गर्नुपर्छ । कतारलाई मेरो सन्देश यही हो,' विश्वकपका लागि आयोजनास्थल निर्माणक्रममा विदेशी कामदारको मृत्यु भइरहेको घटनाबारे क्यामरुनले भने, 'हामीले पूरा ओलम्पिक पार्क बनाउँदा कामदारको सुरक्षालाई सबैभन्दा बढी महŒव दियौं । निर्माण कार्यमा कसैले ज्यान गुमाउनुपरेन भने थोरै मात्र सामान्य घाइते भए ।'

विगतमा बेलायती निर्माण उद्योग कमजोर रहे पनि अहिले सुरक्षाका दृष्टिले विश्वकै सबैभन्दा उत्कृष्ट रहेको क्यामरुनको दाबी थियो । 'सुरक्षित रूपमा पनि निर्माण कार्य हुन सक्छ । हामी त्यसको उदाहरण हौं । हामी अहिले बाँकी विश्वलाई त्यो सन्देश दिन चाहन्छौं,' उनले भने ।

विश्वकपका पूर्वाधार निर्माणक्रम नेपाली कामदारलाई 'दास' को जस्तो व्यवहार गरिएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार आइरहेका छन् । बेलायतकै गार्जियनले पनि बिहीबार यस्तै समाचार छापेको थियो । कतारको राष्ट्रिय मानव अधिकार कमिटीका अध्यक्ष अली अल मारीले भने नेपाली कामदारमाथि गार्जियनले भनेजस्तो व्यवहार नभएको दाबी गरेका छन् । 'कतारमा दासप्रथा र जबरजस्ती काम लगाउने व्यवस्था छैन । गार्जियनको समाचार झुटो छ र उनीहरूले बढाइचढाइ गरेका छन्,' उनले भने ।

गार्जियनले पछिल्ला केही सातामा निर्माण कार्यक्रम दर्जनौं नेपाली कामदारको मृत्यु भएको छाप्दै यसले विश्वकप आयोजनामा गल्फ राष्ट्रको तयारीमा चासो उत्पन्न भएको जनाएको थियो । कतारमा रहेका विदेशी कामदारमा भारतीयपछि सबैभन्दा ठूलो संख्या नेपालीको छ । कतारको राजधानी दोहास्थित नेपाली दूतावासको कागजातलाई उद्धृत गर्दै गार्जियनले जनाएअनुसार कतारमा रहेका ३ लाख ७० हजार नेपाली कामदारमध्ये हजारौं आधुनिक जमानाको दासताजस्तै शोषण र दुव्र्यवहार भोग्न बाध्य छन् ।

मारीले कतारमा समस्या रहेको भने स्विकारेका छन् । 'यहाँ केही समस्या छन् । खासमा यहाँ ४४ हजार फरक व्यवसाय छन्,' उनले भने, 'तर प्रशासनले निरन्तर रूपमा यस्ता समस्या समाधानका लागि प्रयास गरिरहेको छ ।'

दासताविरुद्धको अन्तर्राष्ट्रिय संस्था एन्टी स्लेभरी इन्टरनेसनलका निर्देशक अइदान म्याकक्वाडेले गार्जियनको समाचारअनुसार कतारको अवस्था निर्दयी भएको बताउँदै त्यो कसैका लागि पनि राम्रो नहुने बताएका छन् ।

कतारी श्रम मन्त्रालयका अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार अली अहमद अल खालिफीले गार्जियनको समाचारपछि सबै निर्माण क्षेत्रमा निरीक्षक संख्या दोब्बर पारिएको बताएका छन् ।

यो वर्षमात्र कतारमा कार्यरतमध्ये १ सय ५१ नेपालीको ज्यान गुमिसकेको छ । तीमध्ये १५ जनाको कार्यस्थलमै मृत्यु भएको थियो । गतवर्ष २ सय ७६ नेपालीको मृत्यु भएकोमा ५५ जनाले कार्यस्थलमा ज्यान गुमाएका थिए । कार्यस्थलमै यति धेरै कामदारको ज्यान जानुले त्यहाँको कार्यशैली सुरक्षाको दृष्टिले कमजोर रहेको भन्दै मानवअधिकारवादी संस्थाहरूले विश्वव्यापी आवाज उठाइरहेका छन् । पश्चिमा मुलुकहरूले मानव अधिकारलाई सम्मान नगरिकन कतारले तयारी गरिरहेकाले विश्वकप आयोजनाको अधिकार खोस्नुपर्ने बताउन थालेका छन् । एक अध्ययनले जनाएअनुसार कतारमा विश्वकप पूर्वाधार निर्माणमा भइरहेको मृत्युदरले निरन्तरता पाउने हो भने विश्वकप हुने बेलासम्ममा ४ हजारभन्दा बढी कामदारले ज्यान गुमाउने सम्भावना छ ।

 
Posted on 10-02-13 8:20 PM     [Snapshot: 294]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Arab ma kaam garna janu ko satta nepal ma vayeko bank haru lutnu, brastachari neta haru ko ghar ghar ma gayera dakati garnuni, k khana arab gaira hola
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters