[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 'नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा मेरो उम्मेदवारी'​ संचारकर्मी पुरुषोत्तम ढकाल​
[VIEWED 8145 TIMES]
SAVE! for ease of future access.
Posted on 03-28-15 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिका । संचारकर्मी पुरुषोत्तम ढकालले गैर आवशीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचनमा संघको अन्तराष्ट्रिय परिषदको सदश्य पदमा उम्मेदबारी दिएका छन् । नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा मेरो उम्मेदवारी भन्ने एजेन्डा सहित संचारकर्मी ढकालले आफ्नो उम्मेदबारी दिएका हुन् । आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै ढकालले नेपाली अमेरिकनको पहिचान, समृद्धि र सामाजिकीकरणका लागि एनआरएन अमेरिका र नेपाली अमेरिकनको स्रोत र शक्ति उपयोग गर्नु पर्नेमा समेत जोड दिएका छन् । उनकै चुनावी प्रतिबद्दता अनुसार,'अमेरिकी मुलधारको आर्थिक, सामाजिक, कानुनी, शैक्षिक र राजनीतिक सामाजिकीकरण मार्फत मात्र नीतिगत तहमा पहुँच विस्तार गर्न सकिने हुँदा सम्पूर्ण संघ संस्था र नेपाली अमेरिकनलाई यसै मुद्दामा केन्द्रित हुँदै काम गर्न समेत आग्रह गरेका छन् । दिनानु दिन बढिरहेको नेपाली मुलका अमेरिकनको संख्या र आउदो पुस्तालाई समेत जोड्ने गरी एनआरएन अमेरिकालाई क्रियाशील बनाउन आफ्नो उम्मेदवारी रहेको बताउदै उनको एजेन्डा नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा आफ्नो अमुल्य मत दिएर बिजयी गराउन उनले सम्पूर्ण नेपाली अमेरिकन समक्ष हार्दिक अनुरोध समेत गरेका छन् । एनआरएन आइसीसी नेपाली नागरिकता निरन्तरता कार्यदल र भाषा, साहित्य र संस्कृति सम्बन्धि कार्यदलका सदश्य समेत रहेका ढकाल नेपालमा रहंदा टेलिभिजन पत्रकरिता र अमेरिका आगमन पछि अनलाइन पत्रकारिता मार्फत क्रियाशील रहँदै नेपाली अमेरिकनको सामाजिकीकरण प्रक्रियामा क्रियाशील रहँदै आएका छन् ।

एनआरएन आइसीसी सदस्यका उम्मेदबार संचारकर्मी पुरुषोत्तम ढकालको चुनाबी घोषणा:

'नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा मेरो उम्मेदवारी'

श्रद्धय समस्त नेपाली अमेरिकनमा मेरो सादर नमस्कार,

भर्खरै गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाको तेस्रो बार्षिक साधारणसभा मेरिल्याण्डको बेथेस्डा शहरमा सम्पन्न भएको छ । र यति बेला श्रद्धय समस्त नेपाली अमेरिकनहरु एनआरएन अमेरिकाको नयाँ नेतृत्व चयनको चुन्ने र चुनिने बृहद र प्रजातान्त्रिक प्रक्रियामा सहभागी हुँदै छौ । हामि गैर आवाशीय नेपालीहरु यति बेला अंध्यारो बिगत भुलेर स्वप्निल बनेका छौ । सम्भावना र आशाको नजरले हेरिरहेका छौं भलै मातृभूमिको अनिश्चय पूर्ण राजनीतिक संक्रमणका कारण हामीले बर्षौ देखि उठाउदै आएको मुद्धा 'नेपाली नागरिकताको निरन्तरता' नयाँ संबिधान निर्माण नभैञ्जेल अन्यौल ग्रस्त रही रहने छ । यता अमेरिका भित्रकै नेपाली संघ संस्थाको कहाली लाग्दो बिगतले आक्रान्त हामि नेपाली अमेरिकनको भावना र समबेदना लुटिनुको पिडा बिर्सदै अमेरिकी मुलधारमा नेपाली जातिको आर्थिक, शैक्षिक, र राजनीतिक सामाजिकीकरणको लागि एनआरएन अमेरिकाको सम्पन्न वार्षिक बार्षिक साधारणसभाले एउटा झिल्का व्हाइट हाउसको प्रतिनिधित्व गराउने सकारात्मक कोशिस गरेको छ । तर नेपाली अमेरिकनलाई बितेको एक दशक गैर आवाशीय नेपाली अभियान एनआरएन अमेरिकामा सहभागी हुँदै चुन्ने र चुनिने हक कुण्ठित गर्ने अनुहारहरु यति बेला सलबलाई रहेका छन् । समाजले डामेका तिनै अनुहार फेरी एक पटक बिधि र बिधान भन्दै निसर्त चुन्न र चुनिन पाउने नैसर्गिक प्राजातान्त्रिक हक कुण्ठित गर्न क्रियाशील छन् । तर समय बदलिएको छ र सम्पूर्ण सचेत र जागरुक नेपाली अमेरिकन एनआरएन अमेरिकाको मूल मुद्धा मातृभूमिसंग अभिछिन्न सम्पर्क र अटुट सम्बन्धको लागि नेपाली नागरिकताको निरन्तरता र अमेरिकी मुलधारमा नेपाली जातिको आर्थिक, शैक्षिक, र राजनीतिक सामाजिकीकरण हो भन्ने कुरामा एक मत छौ । हामीले कन्जुस्याई नगरी नगरी बर्तमान नेतृत्वले छोटो कार्यकालमा दिएको अमेरिका ब्यापी सांगठानिक संरचना र सहभागिता मुलक एनआरएन अमेरिकाको प्रारूपका लागि बर्तमान नेतृत्वलाई धन्यबाद ज्ञापन गर्ने पर्छ । भलै निर्वाचन आयोगले चर्को शुल्क सहितको महँगो उम्मेदबारीको मापदण्ड घोषणा गरेको सार्वजनिक सुचना फिर्ता लिएर केहि शुल्क घटाउने काम गरेको छ । दुखका साथ् भन्नु पर्छ एनआरएन अभियान प्रारम्भ देखिनै सिमित हुने, खाने र सम्पन्न मान्छेहरुको राजनीति र ब्यापार गर्ने थलो भएको आरोप खेपी रह्यो । अझै एनआरएन अमेरिकाको एक दशक अमूक र समाजमा डामिएका मान्छेहरुको घर कोठाबाट संचालित रह्यो । न्युन बेतनमा जिन्दगि गुजारा गर्ने नेपाली अमेरिकनलाइ सदैव एनआरएन अभियानबाट बिमुख पारियो । अझै बिधि र बिधान भन्दै यस्तो खालको कोठे षड्यन्त्र जारी छ ।

मेरो उम्मेदबारी तिनै प्रबृत्ति बिरुद्ध सम्पूर्ण नेपाली अमेरिकनको सहज पहुँच हुने एनआरएन अमेरिका निर्माणको लागि प्रतिबद्ध छ । यस अघिनै मैले आफ्नो उम्मेद्बरिको मूल मुद्धा मातृभूमिसंग अभिछिन्न सम्पर्क र अटुट सम्बन्धको लागि नेपाली नागरिकताको निरन्तरता र अमेरिकी मुलधारमा नेपाली जातिको आर्थिक, शैक्षिक, र राजनीतिक सामाजिकीकरण भएको जाहेर गरि सकेको छु र यहि मूल मुद्धामा केन्द्रित रहेर अभिछिन्न गैर आवाशीय अभियानमा क्रियाशील रहने प्रतिबद्धता पुन जाहेर गर्दछु । यहाँहरुसंग मत माग्ने सार्वजनिक पदका लागि आफ्नो उम्मेदबारी घोषणा गरे पछि मैले मेरो व्यक्तिगत जानकारी दिनु बान्छनीय ठान्दछु । म नेपालमा रहंदा २०४६ र २०६२-६३ को आन्दोलनमा क्रियाशील थिए र स्पष्ट भन्नु पर्छ मेरो राजनीतिक संलग्नता नेपाली काँग्रेससंग थियो । म पेशाले संचारकर्मी थिए र च्यानल नेपाल, स्पेश टाइम दैनिक, नेपाली टिभी युके र फ्ल्यांडर टिभी जर्मनीसंग आबद्ध थिए भने २०१० को अमेरिका आगमनसंगै गैर आवाशीय अभियानमा क्रियाशील रहँदै सूचना र समाचार मार्फत नेपाली अमेरिकनको सामाजिकीकरण प्रक्रियामा निरन्तर क्रियाशील रहँदै आएको यहाँहरुमा जगजाहेर छ । यसका अतिरिक्त गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको भाषा साहित्य कार्यदलको सदश्य सचिब र नेपाली नागरिकता निरन्तरता कार्यदलको सदस्यका रुपमा समेत क्रियाशील रहँदै आएको छु । अब म मूल बिषय तर्फ प्रवेश गर्न चाहन्छु । झन्डै एक दशक नेपाली अमेरिकनको पहुँचबाट बाहिर रहेको गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिका बढ्दो जन दवाव र सरोकार वालाहरुको चासोले गत बर्ष सबैका लागि सदस्यको सहज ढोका खोल्दै वाध्यकारी निर्वाचन प्रक्रियामा सामेल भयो । सुखद संयोग भन्नु पर्छ शन २०१४ मा भएको निर्वाचनले एनआरएनए अमेरिकाको संस्थागत प्रक्रिया प्रारम्भ भयो संगै नेपाली अमेरिकन प्रति जवाफदेही नेतृत्व चयन गर्न सफल रहयो ।

परिणाम ९ महिनाको कार्यकालका लागि निर्बाचित नेतृत्वले झन्डै ११ हजार सदश्य विस्तार र १६ राज्यमा च्याप्टर निर्माण गर्ने आधार निर्माण गर्न सफल रह्यो । यसका अलावा गैर आवाशीय नेपालीको मूल मुद्धा र साझा सरोकार रहेको नेपाली नागरिकताको निरन्तरताका लागि मातृभूमि नेपालको प्रमुख राजनीतिक दल र सरकार प्रमुखसंग यो जटिल र पेचिलो मुद्धामा एनआरएनए अमेरिकाको नेतृत्वले स्थापना गर्न सफल रहेको सिधा पहुँचको कारण दवाव मुलक र नेतृत्वदायी भूमिका सहित बन्ने संबिधानमा राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकताको निरन्तरता सम्बोधन गरिने सुनिस्चितता प्राप्त गर्न सफल भएको छ । यो सफलताका लागि संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्षहरु देवमान हिराचन, जिबा लामिछाने, प्रमुख संरक्षक रामप्रताप थापा, पूर्व नेतृत्व र बर्तमान नेतृत्वको अथक मेहनत, सुझबुझ पूर्ण विश्वव्यापी अभियान, रचनात्मक छलफल र दवाव सम्झन योग्य छन् । यसै गरी नेपाली अमेरिकनको सरोकारको बिषय दोहोरो कर र अमेरिकामा अध्यन गरी फर्किएका नेपलीहरुको कर सामाजिक सुरक्षा कर फिर्ती प्रक्रियाको बहस सुरु गर्ने कार्य पनि बर्तमान नेतृत्वले मुद्धा र प्रमुख कार्यको रुपमा उठाउनु अर्को सुखद र सकारात्मक कार्य रह्यो । साना मसिना विवाद र बहसलाई छोडेर हेर्ने हो भने एनआरएन अमेरिकाको यो नेतृत्वले संघको केन्द्रिय भवन निर्माणको लागि सबै भन्दा ठुलो धनराशी संकलन गर्नुका अतिरिक्त लिखित राहदानीको कारण अफ्ट्यारोमा परेका नेपाली अमेरिकनलाइ सहज राहदानी उपलब्ध गराउन स्वयमसेवी रुपमा सेवा पुर्याउने देखि न्युयोर्कमा बाणिज्य दुतावाश स्थापना गर्नको लागि दवाव मुलक भूमिका निर्बाह गर्न सफल रह्यो । झन्डै एक दशक अध्यारो कुनामा अमुक मान्छेहरुले संचालन गरेको कोठे संगठन थियो एनआरएनए अमेरिका ९ महिना अघि सम्म र नेपाली अमेरिकनको चासो नभएको बिबादास्पद संगठन भन्दै नानाथरी नकारात्मक चर्चा परिचर्चा हुन्थ्यो । ९ महिना नबित्दै समय फेरिएको छ, आसाको संचार भएको छ । झन्डै ५ लाख नेपालीहरु रहेको अनुमान गरिने अमेरिकामा ११ हजार हाराहारी सदश्य संख्या न्युन भए पनि नेपाली अमेरिकनको उभार बढ्दो छ यसको दृष्टान्त मार्च महिनामा आयोजना हुँदै गरेको वार्षिक साधारण सभाले बिधान परिवर्तन गरी संरचनात्मक स्वरूप कायम गर्नु अगावै दर्जनौ नेतृत्वको आकांक्षी देखिनुले पुष्टि गर्दछ । तर एनआरएनए अमेरिका बाँकि विश्वको गैर आवाशीय नेपाली आन्दोलन भन्दा भिन्न स्वरुपको रहेको र आजाका दिन सम्म यो मुद्धा तर्फ संघको अमेरिकी नेतृत्व सचेत, जानकार र केन्द्रित हुन नसक्नु दुखद र बिडम्बना पूर्ण रहेको छ ।


स्वाभाविक रुपमा प्रश्न उठ्छ के हो होत नेपाली अमेरिकनका महत्व पूर्ण मुद्दाहरु । उत्तर सहज छ, अमेरिका आइपुगेको नेपाली अमेरिकाले प्रदान गर्ने बसोबास, आर्थिक, सामाजिक सुरक्षाको कानुनि प्रत्याभूतिले गर्दा बहुसंख्यक नेपाली अमेरिकन स्वदेश फर्कदैनन । उनीहरुको भाग्य र भबिष्य अमेरिकामै सुनिश्चित छ । उनीहरुलाई जोड्ने बृहद नेपाली अमेरिकनको साझा संगठनको खाचो छ र यति बेला एनआरएनए अमेरिका प्रति उनीहरुमा आशाको संचार भएको छ । यसको लागि संघले नेपाली अमेरिकन हितमा नीति निर्माण गरी कार्वान्यन गर्नु जरुरी छ । सहज छ नेपाली अमेरिकन हितमा नीति निर्माण गर्न तर पहिले नेपाली अमेरिकनको मूल मुद्धा पहिचान गर्नु जरुरी छ । ति मुद्धाहरु हुन् पहिलो पुस्ताको नेपाली अमेरिकनको लागि शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिक मुद्धाहरुमा अमेरिकी मुलधारमा सामाजिकीकरण गर्न नीति र कार्यक्रमहरु तय गर्ने । दोस्रो पुस्तका नेपाली अमेरिकनको हितमा भाषा, कला, संस्कृति र परम्परा जीवित राख्ने अभियान सुरु गर्ने । तेस्रो मातृभूमि संग जोड्न अब बन्ने संविधानले प्रदत्त अधिकार 'राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकता निरन्तरता' मार्फत लगानी र शिपको मातृभूमिमा अधिकतम उपयोग गर्न सहजीकरण गर्ने । यसका लागि यो बार्षिक साधारण सभाले बिधान र नीतिमा परिमार्जन गरी नेपाली अमेरिकनलाई अमेरिकी मुलधारमा सामाजिकीकरण गर्न सके मात्रै एनआरएनए अमेरिका सबैको साझा संगठनको रुपमा बिस्तार हुन सक्छ । नेपाली अमेरिकनको पहिलो पटक सिधा र सहज पहुँच भएको एनआरएनए अमेरिकाको पहिलो बार्षिक साधारणसभा भएकोले सबैको जानकरिको लागि गैर आवाशीय नेपाली संघ (एनआरएन) को छोटो पृष्ठभूमि प्रस्तुत गर्ने जमर्को गरेको छु । २०४८ मा निर्वाचित जननिर्वाचित सरकारले राहदानीमा सहज पहुँचको अवशर निर्माण गरे पछि बिदेशिएका नेपालीहरुको संख्या झन्डै आधा करोड पुगी सकेको तथ्यहरु सार्वजनिक हुँदै छन् । त्यस बिचमा मुलुक ठुलो राजनीतिक द्वन्दमा फस्यो जसको कारण पनि बिदेशिने नेपालीहरुको संख्या ह्वातै बढ्यो । यस अबधिमा मनाव बस्ति रहेको ६ ओटै महादेशमा नेपालीले उपस्थिति जनाइसकेका छन् ।

शन २००३ विदेशमा बस्ने नेपालीले पनि मातृभूमिका लागि केही गर्नुपर्छ र गर्ने छौ भन्ने प्रतिबद्धता सहित स्थापान भएको गैरआवासीय नेपाली संघ यति बेला बिदेशमा बस्ने सबै नेपालीको छाता संगठन बन्न सफल भएको छ । तर यसको परिकल्पना भने उस्तै संस्कृति भएका र बिदेशमा समेत एकै कार्य क्षेत्रमा भेटिने छिमेकी मुलुकका गैर आवाशीय भारतीयहरुलाई भारत सरकारले गैरआवासीय भारतीय (एनआरआई) मार्फत संगठित गरी मित्र राष्ट्र भारतमा लगानी भित्र्याउन थाले पछि बिदेशमा स्थापित र सफल अगुवा नेपालीहरु उपेन्द्र महतो, रामप्रताप थापा, जिबा लामिछाने, भिम उदाश, देवमान हिराचन लगायतको प्रेरित अगुवा नेपालीहरुको पहलमा शन २००३ को सेप्टेम्बर महिनामा एनआरएनएको विश्व सम्मेलन काठमाडौमा सम्पनन भै संघको बिधिबत नेतृत्व चयन भएको थियो अर्थात् संघको बिधिबत स्थापना भएको थियो ।
संघ स्थापनाको झन्डै १२ बर्ष पछि यस अघिका अध्यक्ष जिबा लामिछानेको अनवरत पहलमा उनको कार्यकालको अन्तिम समयमा संघ नेपालमा बिधिबत दर्ता भएको छ भने गैर आवाशीय नेपालीहरुको मूल मुद्धा नयाँ बन्ने संविधानमा नेपाली नागरिकताको निरन्तरताको प्रावधान सुनिश्चित गर्ने आश्वासन प्रमुख राजनीतिक नेतृत्वबाट पाइएको सुखद संयोग छ । आशा गरौ धमिलो बिगत व्यहोरेको गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाको यो बार्षिक साधारण सभा मार्फत तय गरिने नीतिहरूले नेपाली अमेरिकनको बिसिष्ठ परिस्थितिलाई ध्यानमा राख्दै नेपाली अमेरिकनको सूख, दुख बाड्ने साझा थलो, समृद्धिको मार्ग पहिल्याउने नीति निर्माता, मातृभूमिसंग जोड्ने सहजकर्ता र अमेरिकी मुलधारमा सामाजिकीकरण गर्ने अगुवा संगठनको भूमिका निर्बाह गर्न जरुरी छ ।

एनआरएन अमेरिकाको मार्गदर्शक नीतिका रुपमा निम्न लिखित प्रस्तावनाहरुले नेपाली अमेरिकनलाई समृद्धि र एकताको सुत्रमा जोड्ने छ ।

बिशिष्ठ परिस्थतिमा नेपाली भाषी अमेरिकन, संसारको जुनै कुनाबाट अमेरिका आएका भएपनि विशेष गरी भुटानबाट लखेटिएका नेपाल मुलथलो भएका अहिले अमेरिकामा पुनर्स्थापित गरिएका नेपाली मुलका झन्डै ८० हजार परिवारलाई एनआरएन अमेरिकाको झन्डामा गोलबद्ध गर्दै बृहद नेपाली अमेरिकनको परिभाषा अनुसार एनआरएन अमेरिकाको संगठन विस्तार गरिनु जरुरी छ ।

:: नेपालको नयाँ संविधानले प्रत्याभूत गर्ने राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकता निरन्तरताले प्रत्याभूत गर्ने अधिकार मार्फत मातृभूमि नेपालसंगको अभिछिन्न सम्बन्ध र सम्पर्कको लागि तय गरिनु पर्ने नीति:
१. नेपाली अमेरिकनको निष्क्रिय पुंजी संकलन गरी मातृभूमिको विकास प्रक्रियामा साझेदारी हुने र प्रतिफल दिने आयोजनाका छनौट गरी सूचना-प्रबिधि, कृषि, जलबिद्युत, पर्यटन जस्ता क्षेत्रहरुमा एक मुष्ट लगानीको लागि नेपाल सरकारसंग समायोजनकारी भूमिका निर्बाह गर्ने ।
२. त्यस्ता आयोजना र क्षेत्रमा नेपाली अमेरिकनको शिप र दक्षता उपयोग गर्ने ।
३. अमेरिकी बार्षिक बिदाको अबसरमा नेपालको महत्वपुर्ण भ्रमण सुचिमा रहेका घुम्न योग्य स्थानहरुको चयन गरी घुम्न अभिप्रेरित गर्न नेपाली अमेरिकन प्रबर्द्धित ट्राभल एजेन्सीहरुलाई सहजीकरण गर्ने ।
४. अध्यन, तालिम, सेमिनार र छोटो अवधिका लागि अमेरिका आएका व्यक्ति वा समुहको सामाजिक सुरक्षा कर फिर्तीको लागि सरोकार वाला निकायसंग समन्वय गरी नियमित प्रक्रिया आरम्भ गर्ने ।
५, नेपाली भाषा प्रबर्द्धनको लागि प्रभाबकारी माध्याम उत्कृष्ट नेपली चलचित्रहरुको महोत्सव गर्ने ।
६. संस्कृतिको जगेर्ना हुने जाति भाषा विशेष चाड पर्व आयोजना गर्ने, त्यस्तै नेपाली भाषा, साहित्य महोत्सव, पुस्तक प्रदर्शनी, पुस्तकालय निर्माण र महोत्सव आयोजना गर्ने ।
७. नेपाली अमेरिकनलाई नेपालको नयाँ संविधानले प्रत्याभूत गर्ने राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकता निरन्तरताको लागि निरन्तर प्रोत्साहित गर्ने ।

:: नेपाली अमेरिकनलाई अमेरिकी मूलधारमा सामाजिकीकरण तय गरिनु पर्ने नीति:
१. अमेरिकामा ब्यापार र बजारको सम्भावना रहेको साना उद्योग र व्यापारका लागि सिटि, काउन्टी, संघिय र केन्द्रिय सरकारले अल्पसंख्यक समुदाएको लागि प्रदान गर्ने कानुनि र आर्थिक सहुलियतको लागि हेल्प डेस्क निर्माण गर्ने ।
२. अमेरिकी मुलधारको राजनीतिमा हाम्रो उपस्थिति र सहभागिता बिना हाम्रो पहिचान र मुलधारको सामाजिकीकरण असम्भव भएकोले अमेरिकी मुलधारको राजनीतिमा क्रियाशील नेपाली अमेरिकन जुन कुनै राजनीतिक दल मार्फत उम्मेदबार हुँदा आवश्यक आर्थिक, नैतिक र भौतिक सहयोग, समर्थन र सुभेच्छा जुटाउन सहजीकरण गर्ने ।
३. नेपाली अमेरिकनको आर्थिक समृद्धिको लागि आवश्यक स्रोत र पुंजी जुटाउन सहकारी मोडेलको बित्तिय संस्था निर्माण गरी अमेरिकामा ब्यापार र बजारको सम्भावना रहेको साना उद्योग र व्यापारको क्षेत्रमा नेपाली अमेरिकनलाई सहभागी हान अभिप्रेरित गर्ने ।
४. अमेरिकाको कानुनि, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रको सामाजिकीकरणको लागि हेल्प डेस्क निर्माण गर्ने ।
५. दोस्रो पुस्ताका नेपालीको सहभागिता न्युन रहेको संघको गतिविधिमा उनीहरुलाई जोड्न उनीहरुको रुचि अनुकुलको संगीत, खेलकुद, सूचना प्रबिधि, शैक्षिक र चलचित्र महोत्सव आयोजना गर्ने ।
६. नेपाली अमेरिकन प्रबर्द्धित संचार माध्यमको विकासले मात्रै हाम्रो आवाज अमेरिकी मूलधारमा स्थापित हुन सक्ने हुदा नेपाली मुलका संचारकर्मी र संचार माध्यमको विकासको लागि आवश्यक नैतिक र आर्थिक समर्थन जुटाउन सहजीकरण गर्ने ।

पुनश्च: इन्डियन अमेरिकनहरूले उनीहरुको मातृभूमि संग अभिछिन्न सम्बन्ध र अमेरिकी मूलधारमा सामाजिकीकरणको लागि अबलम्बन गरेका यस्ता बहूअपयोगि नीतिहरु अबिलम्ब कार्वान्यन गर्न प्रभावकारी बैतनिक संजाल सचिबलाय निर्माण गर्नु जरुरी छ ।

तपाइहरुको अमुल्य मतको अपेक्षा सहित,
पुरुषोत्तम ढकाल
उम्मेदबार, एनआरएन आइसीसी अमेरिका
सदश्य, सदश्य सचिव, एनआरएन आइसीसी नेपाली नागरिकता निरन्तरता कार्यदल र भाषा, साहित्य र संस्कृति सम्बन्धि कार्यदल

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters