[Show all top banners]

Mike Bibby
Replies to this thread:

More by Mike Bibby
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Famous Maila Dai (Gyanendra)
[VIEWED 8226 TIMES]
SAVE! for ease of future access.
Posted on 08-22-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Check this out

 
Posted on 08-22-06 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kudo to the photographer who captured photo at the right moment - it looks damn funny !!
 
Posted on 08-22-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-22-06 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yah. Funny pic. Manoj Gajurel doing caricature of Maila Dai on Gai Jatra. I think this is the first caricature of maila dai done by any artist, gr8.
 
Posted on 08-22-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thaha Payena,
I'm sorry I didn't saw your thread earlier, If I did i could not have started a new one.
My bad dude
 
Posted on 08-22-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it's OK Mike, even good that you reminded Sajha community about the Manoj's satire on the monarchy.

samir, Manoj Gajurel did this kind of stuff just after the success of last people's movement. but most of the people became aware about it from this Gai Jatra. btw, are you in Germany now?
 
Posted on 08-22-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने हिजोआज दिन कटाउनै मुस्किल छ । यो दाजुको मसानघाटमा पनि बस्नै डर लाग्छ भन्या । त्यो भारतको कालि बाबाले पनि दाजुको भुत भगाइदिन्छु भनेर मोटो पैसा मात्र कुम्ल्यायो । तर दाजुले तर्साउन छोडेको हैन । अब यो नारायणहिटी पनि छोडेर जाउं भने फेरी राष्ट्रियकरण गरिदिने होला के गर्ने के ।
बंगैचा छ, यत्ति राम्रा शुसारेहरु छन् तै पनि मन बहलाउन नै मुस्किल भइसकेको छ । पहिला त एक बोतल रम खाएपनि रमरम पार्थ्यो तर अहिले त के भएको हो के जत्ति खाएपनि रम नै लाग्दैन । पिरले होला ।
मोराहरु कत्तिको चलाख भएका लोकतन्त्रमा । मेरो सारा सम्पत्ति कहांकहां छन पत्ता पो लगाएछन् । तर जे होस् यिनिहरुले मेरो स्विस बैंकमा भएको पैसा र सुनको भने पत्तै पाएका छैनन् । यि मोराहरुले थाहा पनि पाउंदैनन नै । यत्तिको चलाख त को नै छ र यहां हैन ।
आहां हेर मेरा ति दिनहरु । सपना नै बनिहाले । चारैतिर जयजयकार । पत्रिकामा फोटो र समाचार नै समाचार । विरोधै गरेर लेखेपनि दिनकै नाम त आउंथ्यो नी । तर अहिले त फोटो छापिन पनि मुस्किल नै पर्‍यो । नाम पनि फाट्टफुट्ट मात्र आउंछ । सबै फोटो पत्रकारलाइ खवर गरेर असनमा हात्तिछाप चप्पल लगाएर हिडिदिन्छु अनी । आं यस्तो त गर्नु हुन्न है । म त राजाा पो श्री ५ ज्ञानेन्द्र । फेरी मैले नै शासन गर्ने दिन आउन के बेर ।
अहिलेको सबैभन्दा बलिया नेता भनेका गिरिजा त हुन् नी । उनी मेरो पक्षमा छदैछन् । सेरेमोनियल भनेरै भएपनि मेरो अस्तित्व राखेभने त फेरी देखाइदिइ हाल्छु नी मेरो पावर । तुल्सि गिरि छंदैछन्, यि बुढाहरु गए भनेपनि कमल थापा छदै छ नी । यो एउटा थापा भएपनि म शासन गरिहाल्छु नी ।
तर डर त कतै सबै मिलेर गिरिजालाइ पनि मेरो विरुद्ध भड्काउनछन् कि भन्ने डर छ भन्या । यि गिरिजा बाहेक अरु कसैले सेरेमोनियल भनेको सुन्नै सक्दैनन् जस्तो छ । के गर्ने पशुपति शमशेरकै पार्टी फुटाइयो । बुबाज्यले विश्वास गरेका थापाकाजीलाइ विश्वासमा लिन सकिएन । यि दुइ जना मात्र मेरो पक्षमा पुर्ण लागेका भए त म पनि बलियै हुन्थे नी । मैले माघ १९ पछि यि दुबैलाइ नटेरे पनि यिनिहरुले नुनको सोझो भने गरेकै छन् है । जे होस् मान्नै पर्छ यिनिहरुको नुनभक्तिप्रति भने ।
सबैभन्दा अप्ठ्रो त माओावदीले पो पार्लान् जस्तो छ । तर, यिनिहरु पनि गिरिजाको पुच्छर जस्ता छन् । गिरिजाले भनेपछि भन्यो भन्यो हैन । लजा सेरेमोनियल नै भएपनि ठिकै त छनी । तर खोइ के खोइ के भने झै त्यो सेरेमोनियल पनि खोसिदिए भने त मेरो सन्तानको त विजोग नै हुन्छ नी ।
हुन पनि म पछि यो राजकाज चलाउने हुति भएको को नै छ र । पारसेलाइ रक्सि र तरुनी भएपछि केही चांहीदैन । त्यस्ती राम्री बुहारी छ र पनि कस्तो बाहीर हिड्नु परेको कुकुर झै । उसकी आमा त्यत्रि मोटी छ र त मैले चित्त बुझाएर बस्नु परेको छ । के मेरो चै मन छैन र रमाइलो गर्ने । तर के गरी गर्नु कहां जानु । जताततै पत्रकार नै पत्रकार छन् जस्तो लाग्छ । त्यो जनआस्था भन्नेले थाहा पायो भने लेखिहाल्छ । के हो के हो भन्या मेरा जासुस भन्दा पनि बलियो छ त्यो किशोर भन्ने । दरवारमा भएको जत्ति सबै थाहा पाउंछ । भयो बरु यि मोटी बुढिनै ठिक छ । सबै मोज त्यही मोरो पारसले नै गरोस् ।
जस्तो बाउ त्यस्तै छोरो । विउ कस्तो - अब पारसको ठाउंमा उसको छोरालाइ राजा बनाइदिउनत भन्ने सोच थियो मेरो लठेब्रो पो निस्कियो । धन्न गिरिजाले छोरी पनि राजा बन्ने कानुन बनाउन भनेको मान्यो । नमानेको भए त बर्वाद नै हुन्थो नी । त्यो लठेब्रो ले कसरी राजकाज सम्हाल्थ्यो ।
यसो विचार गर्दा त गोरखनाथ बाबाले भनेको ठिकै हो जस्तो लाग्यो । क वाट शुरु भएको राजकाज ज्ञ मा आइपुगिसक्यो के गर्ने । कस्तो जुरेको पनि हो ।
आं कत्ति सम्झनु ति दिन । बरु यसो बाहीर कतै घुम्न जान पाएपनि हुन्थ्यो । गिरिजालाइ फकाउन पर्लाजस्तो छ । शानेवानीको बोइङ्ग मात्र दिए पनि त हुन्थ्यो नी फेरी अफि्रकै घुम्न गइदिन्थे । अब गए भने त यो मोटीलाइ ज्यान गए लैजान्न नी । यहां त यातना दिइ दिइ उता पनि संगै टासिएर कस्तो यातना दिएको । बुढो भएपछि हड्डीदेखी नै चिलाएर आउंछ भनेको ठिकै रहेछ । जत्ति भएपनि नपुग्ने । अनुहार हेर न छि यस्तीलाइ महारानी बनाउनु परेको छ ।
उफ् हैन के गर्ने होला भनेको । त्यत्रो राजनीति गरियो, सबैको काम हुन्छ हुन्छ बुझे बुझे भनेको नै थिए । तर पनि यि सात दलले मलाइ थाग्नामा नै सुताए भन्या । कत्रो जयजयकार थियो । राष्ट्रिय अन्तराष्ट्रिय सबैतिर मेरै चर्चा मात्र । टिभि, पत्रिकामा मेरै नाम वाह क्या रमाइलो थियो त्यो दिन ।
मन्त्रिपरिषद्को बैठक भन्यो तुल्सि, विष्ट, कमलेलाइ बोलायो । अनी गफ दियो यो गर त्यो गर भनेर । अनी निर्णय गर्दा आफुलाइ जे फाइदा हुन्छ त्यही गर्यो । डाडु पन्यु सबै आफ्नै हातमा थियो । तर अहिले त सबै लुटेर लगे असत्तिहरुले ।
हैन उनीहरुसंग भएको कुन क्षमता मसंग छैन र भन्या । पढाइको कुरा गर्ने हो भने अहिले सात दलका सबै नेताभन्दा बढि पढेको छु । त्यो प्रचण्डेले पनि मेरो जत्ति पढेको रहेनछ । राजनीति पनि सिकेकै हो । त्यो पनि बुबाहजुरवाटै सिकेको । झुट बोल्न पनि आउंछ उनीहरुको जस्तै सबै हुन्छ हुन्छ म गर्छु भनेकै हो ।
यि सबै गरेर गिरिजा सफल हुने, त्यो एमालेका के रे….. एकचोटी प्रधानमन्त्री हुन विन्तिपत्र हालेको थियो नी अं…… नाम पनि कस्तो विरसेको । अं याद आयो नेपाल नेपाल होले सबैको तालि खाने, त्यो लठेब्रो देउवालाइ पनि स्विकार्ने । तर मलाइ किन नरुचएको होला ।
बरु म पनि एउटा पार्टी पो खोल्नुपर्‍यो कि क्या हो । अं….. राष्ट्रिय शाहीवाद पार्टी । चुनावचिन्ह श्रीपेच । कमलेको पार्टी यसेमा गाभ्यो, अं त्यो केशरेको पनि पार्टी छ क्यारे त्यसलाइ पनि मिलाउंछु । अनी त्यो मुस्कान, एकता सेकता के के भन्ने छ नी सबै एकिकरण गर्‍यो । वाह पार्टी अध्यक्ष म नै । अनी कोइरालाले जे जे गरेका छन् म पनि त्यही त्यही गर्छु । आफु अध्यक्ष, मोटिलाइ उपाध्यक्ष।….. हैन महिला विभाग प्रमुख, उपाध्यक्ष बुहारीलाइ बनाउनु पर्छ । छोरालाइ पनि पद त दिनै पर्यो । नत्र आफुले हिजो जे गरेको थिए त्यही दोहोर्याउला भन्ने टेन्सन । उसलाइ महासचिव बनाइदिन्छु । सल्लाहकारहरुमा तुल्सि,विष्ट, भरते छंदै छन् हैन ।
तर, कोइरालाको धेरै कुरा सिक्न बांकी छ । यसो दरवारमा आएपनि त सिक्न पाइन्थ्यो नी हिजोआज आउंदैन । अ नयां जुक्ति निकाल्नु पर्‍यो । भरे नै पिएम कोइरालाको इमेल एड्रेस सोध्नुपर्‍यो अनी च्याटमा राजनीतिक प्रशिक्षण लिनुपर्‍यो । त्यसपछि चित्त बुझ्यो भने पार्टी नै खोल्नु । लजा ।
ओहो धेरै रात परेछ । हेरन मोटी घुरेको । आं… आज त्यो राम्री सुसारेको कोठामा जान्छु ।


Its from www.hamroblog.com
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters