Nepal patriotic
More by Nepal patriotic
What people are reading
Subscribers
Please log in to subscribe to Nepal patriotic's postings.
:: Subscribe
|
who are destroying Nepal and How?
|
[VIEWED 7486
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Nepal patriotic
Please log in to subscribe to Nepal patriotic's postings.
Posted on 01-24-10 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
who are destroying Nepal and How? बिदेशीलाई नेपाली पासपोर्ट - परराष्ट्रका सुब्बा पक्राउ:-
- News report
२२ जनवरी, ०१० । पाँच जना अफगानी नागरिकलाई नेपालीको नाउँमा किर्ते राहदानी उपलब्ध गराएको अभियोगमा परराष्ट्र मन्त्रालयका एक कर्मचारीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर हनुमानढोकाले मन्त्रालयका राहदानी शाखाका सुब्बा बच्चुराम केसीलाई पक्राउ गरेको हो। परिसर प्रमुख प्रहरी उपरीक्षक गणेश केसीकाअनुसार केसीले पाँच अफगानीलाई नेपाली नागरिकका नाउँमा राहदानी दिएको भन्ने जानकारी परराष्ट्रले गराएको आधारमा उनलाई पक्राउ गरिएको हो। प्रहरीले उनलाई हिरासतमा राखी अनुसन्धान शुरू गरिएको जनाएको छ।
नाम नेपाली, फोटो र मानिस भने अफगानी उल्लेख गरी सुब्बा केसीले किर्ते राहदानी उपलब्ध गराएको जानकारी प्राप्त भएपछि हनुमानढोका प्रहरीले केसीलाई पक्राउ गरेको हो। परिसरका प्रमुख केसीका अनुसार उनलाई अब २५ दिनभित्र अनुसन्धान पूरा गरी अभियोग प्रमाणित भएमा आवश्यक कारबाही गरिने छ। कानुनी प्रावधानअनुसार यदि केसीमाथिको अभियोग प्रमाणित भए उनी स्वतः जागिरबाट निलम्बनमा पर्नेछन्।
केसीले उपलब्ध गराएको किर्ते राहदानी प्रयोग गरी ती अफगानी नागरिक भारत, मलेसिया हुँदै इन्डोनेसिया पुगेका थिए। इन्डोनेसियाको अध्यागमन विभागले शंका लागेपछि उनीहरूलाई पुनः मलेसिया फर्काएको थियो।
मलेसियाको अध्यागमन विभागले राहदानीको वैधताबारे मलेसियास्थित नेपाली दूतावाससँग जानकारी मागेपछि राहदानी नक्कली भएको पुष्टि भएको थियो। मलेसियास्थित नेपाली दूतावासले बिहीबार मात्रै परराष्ट्रलाई पत्राचार गरी त्यसबारे जानकारी गराएको थियो। पत्राचार गरेसँगै मन्त्रालयका सुब्बा केसीको संलग्नता रहेको मन्त्रालयले ठहर गरेको थियो । नेपालको नक्कली राहदानी लिने ती अफगानीलाई हाल मलेसियाली प्रहरीले पक्राउ गरी जेलमा राखेको छ।
‘यस्तो गम्भीर अपराधले नेपालीहरुको छविमा विश्वमा नै धक्का लाग्ने देखिन्छ’ -परिसरका प्रमुख केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो। उहाँले केसीलाई आज शुक्रबार अदालत लगिने पनि जानकारी दिनुभयो।
उहाँले यो घटनामा केसीमात्र नभई मन्त्रालयका अन्य कर्मचारीको समेत संलग्नता रहेको आशंका गर्नुभयो। ‘विगतमा यस खालको घटना भएको थिएन, हामी नै आर्श्चर्यचकित भएका छौं’ -मन्त्रालयका शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठले भन्नुभयो।
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| 2020 : Why No Trump ! |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| Tps decision coming or not nov 18 |
| अब के हाेला त? |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| Funny when Nepalis talk about Epstein and injustice |
| NOV 18th TPS DAY |
| EAD Filing |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| नेपाली वालमार्ट चोर |
| Work Permit |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| H1B |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|