[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

tragicomic

Tyo Din

Mr. D
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 ज्ञानेन्द्रकी छोरीले गरिन् घरजग्गा कब्जा
[VIEWED 3049 TIMES]
SAVE! for ease of future access.
Posted on 02-03-14 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१५ माघ, काठमाडौं । राजधानीको छाउनीस्थित पूर्वराजा वीरेन्द्रको परिवारको स्वामित्वमा रहेको भवन अहिलेसम्म पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंहले कब्जा गरिरहेको गुनासो मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसमक्ष पुगेको छ ।

prerana-shahनेपाल ट्रष्टका तर्फबाट मंगलबार गृहमन्त्रीले मन्त्रिपरिषद अध्यक्ष रेग्मीलाई बुझाएको प्रतिवेदनमा ट्रष्टले प्रयास गर्दा पनि भवन र जग्गा राष्ट्रियकरण गर्न नसकेको उल्लेख छ । नेपाल ट्रष्टको आर्थिक वर्ष ०६८/०६९ को वाषिर्क प्रतिवेदनको ३२ औं पृष्ठमा भनिएको छ,-छाउनीस्थित तत्कालीन राजाको नाममा रहेको घरजग्गा यस कार्यालयको स्वामित्वमा आए तापनि उक्त जमीनमा बनेको भवन तत्कालीन राजपरिवारका सदस्यले हालसम्म उपयोग गरिरहेकाले ट्रष्टको प्रयासको बावजुद पनि ट्रष्टले उपभोग र उपयोग गर्न बाँकी रहेको छ ।’

महंगो जमीनमा बनेको भवन अहिले ज्ञानेन्द्रकी छोरी प्रेरणा र ज्वाइँ राजबहादुर सिंहले उपभोग गर्दै आइरहेका छन् ।

नेपाल ट्रष्ट ऐन ०६४ अनुसार गठित नेपाल ट्रष्टको संरक्षकमा प्रधानमन्त्री रहन्छन् भने ट्रष्ट सञ्चालक समितिको अध्यक्षमा प्रावधान गृहमन्त्री रहने प्रावधान छ । स्वयं गृहमन्त्री अध्यक्ष रहेको ट्रष्टले पहल गर्दा पनि ज्ञानेन्द्रकी छोरीले उपभोग गरेको अचल सम्पत्ति नेपाल सरकारले आफ्नो नाममा ल्याउन नसकेको हो ।

विदेशमा फेला परेन ‘पम्फादेवी’ को पैसा

पूर्व राजपरिवारले विदेशमा खाता खोलेर सम्पत्ति लुकाएको चर्चा ०४६ सालको परिवर्तनपछिदेखि चल्न थालेको हो । तत्कालीन रानी ऐश्वर्यले ‘पम्फादेवी ठकुरानी’ को नामबाट स्वीटजरल्याण्डमा खाता खोलेको चर्चा ०४६ को परिवर्तनपछि खुबै चलेको थियो । तर, नेपाल ट्रष्टले भने अहिलेसम्म विदेशमा पूर्वराजपरिवारको सम्पत्ति फेला नपरेको जनाएको छ ।

विदेशको पैसा खोज्न स्थायी कार्यदल बनाउन माग

ट्रष्टले विभिन्न मन्त्रालय र राष्ट्रबैंक समेतको सामुहिक पहलमा विदेशमा रहेको सम्पत्ति खोजी गर्न स्थायी किसिमको कार्यदल गठन गरिनुपर्ने सुझाव मन्त्रिपरिषदलाई दिएको छ ।

यसबारे ट्रष्टको प्रतिवेदनको ३३ औं पृष्ठमा भनिएको छ,-’नेपाल ट्रष्ट र अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपाल राष्ट्र् बैंकको सहयोगमा विदेशमा रहेको सम्पत्ति खोजविन कार्यको लागि स्थायी प्रकृतिको कार्यदल गठन गरी परिचालन गर्नुपर्नेे देखिन्छ ।’

त्यसो त नेपाल ट्रष्टका कर्मचारीहरुले विदेशमा पूर्व राजपरिवारको सम्पत्ति खोज्न भन्दै दशौं लाखको वैदेशिक भ्रमणसमेत गर्न भ्याएका छन् । ट्रष्टका कार्यकारी सचिव श्रीधर गौतमले तयार पारेको वाषिर्क प्रतिवेदनमा स्वदेश तथा विदेशमा वीरेन्द्रका परिवारको् सम्पत्ति खोजविनका लागि ५३ लाख ५० हजार बजेट स्वीकृत भएको उल्लेख छ । प्रतिवेदनमा प्रस्तुत वाषिर्क कार्यक्रमको विवरणमा ‘विदेशमा अवलोकन भ्रमण’ समेत उल्लेख छ ।

- See more at: http://www.onlinekhabar.com/2014/01/161232/#sthash.tWQExDCn.dpuf

 
Posted on 02-03-14 7:48 PM     [Snapshot: 242]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters