[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ramromanchey

logan

mno
:: Subscribe
Back to: To be Moderated Refresh page to view new replies
 आधा कप चिया
[VIEWED 16509 TIMES]
SAVE! for ease of future access.
Posted on 12-28-14 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्छा बाट सुरिलो-लाडिलो स्वर गुन्जियो : चिया पिउनु हुन्छ , सिक्किमे  टेमिको  बनाएको छु अनी आधा कप मात्रै ! यो सिक्किमे चिया पत्ती साधारणतया किनिने चिया भन्दा फरक स्वाद छ : कडा रङ आउँदैन अनी स्वादमा टर्रो पना मिसिएको छ | पहिलो पल्ट् बियर पिउदा कसरी पिउछन मान्छे हरु भन्ने लागेको थियो, पिउदै गए पछी स्वाद जिब्रोमा तासिने रहेछ ठयाक्कै तेस्तै भयो यो चियाको स्वाद पनि , तेसैले उन्ले बिशेष जोड सिक्किमे चियामा दिएको जस्तो लागेको थियो | आजभोली मलाई चिया पिउदा पेटमा हल्का दुखाइ र असजिलोपन महसुस गर्दै आएको छु र यो कुरा उन्लाई पनि थाहा छ म किन चिया पिउदिन भनेर ! तर पनि सोधिन आज | हुन सक्छ एक्लै चिया बनाएर पिउनमा कुनै मजा नभएकोले वा दुध र पानी नपाई फरक भएकोले हो म यो छुट्याउने तिर मेरो दिमाग त्यता तिर गएन तर मेरो बाल्याकालको एघार बाह्र बर्सको हुँदा को मा पुर्यायो |

क्रमश 

Last edited: 29-Jan-15 02:28 PM

 
Posted on 08-26-15 11:50 AM     [Snapshot: 418]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिन स्कूल बिदा भएको बेला खेति तिर लागे : खेति मै प्राइमरी स्कूल गएको हुनाले गाउ रमाइलो लाग्थ्यो अनि दुध दहि महि संगै कुखुरा र ताजा कोदोको जाड खान रमाइलो हुन्थ्यो | सहर देखि गाउ जादा एउटा चिया पसलमा अतिनै मिठो चिया बेच्थे अनि एक कप चिया नपिई बाटो काट्नु मेरो बसको काम थिएन | म एक कप चिया लिएर एउटा कुनामा बसेर पिउदै थिए : मेरा बाका काका ( यिनी पनि एक हुन् मेरा बालाई जग्गा मिलाई दिन्छु भनि कम्तिया बनाएर राख्ने ) पर्ने पसलेलाई आधा कप चिया मागेको सुने | मन मनै गुने कस्ता मानिस हुन् आधा कप चिया माग्छन ? ठुली गरिदिए अनि भाला कुसारी पछि हामि आफ्नो गन्तब्य स्थान तिर लाग्यो | अचानक यो कुरा मेरो दिमाग मा उब्जियो |
चिनी बिनाको चियाको के स्वाद र ? मैले चिनी बिनाको चिया देउ भनको सुनिन |
आज आफुले भोगे पछि त्यो प्रसं खुलासा भयो | उनलाई मधुमेह रोग रहेछ अनि मिठो चिनी सहितको मिठो चिया पिउनलाई आधा कप मगाएका रहेछन | तेती खेर स्याक्रिन नाम ले चिनिन्थ्यो : तेती प्रयोगमा आएको थिएन होला | It was for Health reason and I am also following the same path.
Last edited: 26-Aug-15 11:51 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters