[Show all top banners]

pagalpan

More by pagalpan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

pagalpan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कीन बन्ने सदस्य? जानाजान ठगीको सिकार बन्न?
[VIEWED 7801 TIMES]
SAVE! for ease of future access.
Posted on 01-07-15 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एनआरएन एनसीसी अफ युएसएको सदस्यता लिने तथा नवीकरण गर्ने अवधि जनवरी ३१, २०१५ सम्म मात्र भएकोले अब ढीला नगरी सदस्यता सुरक्षित गर्नुहोला भन्दै सुर्य लम्सालजी फेसबुकमा कड्किए । सुर्यजीको मात्र यो आग्रह होइन दुनियादार यसै भन्छन तर सदस्य बन्ने किन? कीन गर्ने १० डलर खर्च? के गर्यो एनआरएनले १९९१ देखि २०१५ सम्म? जुन गराईले अमेरिकाबासी नेपालीहरु लावान्वित भए । के के पाए नेपालीहरुले?

बिगत ५ देखि एनआरएन एनसीसी अफ युएसए नरक साबित भएको छ । पूर्ब अध्यक्षहरु सुमन तिम्सिना, प्रल्हाद केसी, सिबकुमार राई र अहिले खगेन्द्र जिसीले के दिए? नेपालीहरुलाई लाभ हुने के काम गरे? उनीहरुले केहि माखो मारेका छैनन । उनीहरुले त केहि मारेनन अनि तपाइँहरुले के मार्नु भयो नि सुर्यजी? प्रतिपक्षमा तपाई पनि ६ महिना बिताउने व्यक्ति नै हुनुहुन्छ । तपाइले भन्नु भएको छ -अरुले के गर्छन गर्दैनन, गर्ने तपाइले हो, मैले हो, हामीले हो ।

प्रतिपक्षमा बसेर एनआरएन एनसीसी अफ युएसएलाई नै दबाब सिर्जना गर्ने सामान्य काम गर्न त सकिन्छ नि तर तपाइले के गर्नु भयो? निर्बाचनमा खगेन्द्र जिसी, लोक तिवारी, श्री पराजुली, बनिता कतिला, कृष्ण पोखरेल लगायतका सबै पदाधिकारी तथा सदस्यहरुले बाँडेका घोषणा पत्रमा २ सय भन्दा बढी आश्वाशनहरु थिए? त्यो बारे उनीहरुलाई सम्झाउने, लेखेर थर्काउने र उनीहरुको मुन्टो त्यता फर्काउने जस्ता सामान्य काम गर्नमा तपाइको भूमिका के रह्यो?

एनआरएन अमेरिकाको बिगत निर्बाचनमा धाँदली भएको तपाइलाई पनि राम्रो ज्ञान छ, निर्बाचन आयोगले धेरै कमि कमजोरीहरु गरेको, आइसीसीका प्रतिनिधिहरुको ध्वाँस र बिगबिगीले निर्बाचनको नतिजा एउटा रेस्टुरेन्टमा त्यो पनि सेलफोन लैजान नदिई गरेको जस्ता मनोमानीपूर्ण कामहरुका बिरुद्दमा तपाइले के आबाज उठाउनु भयो? एनआरएनका सदस्यहरुलाई जायज कुराको जानकारी गराउने तपाइँ हाम्रो दायित्व होइन? तपाइले त्यो दायित्व पुरा गर्नु भयो? तपाइको पोस्ट एक जना पत्रकारले बाँडेका छन, उनले चाहि न्युयोर्कमै भएको चुनावको त्यत्रो तमासा बारे के गरे नि? सिम्प्ली भोटिंगका गतिबिधिहरु निस्पक्ष थिएनन भनेर तपाइले नै पनि एउटा इमेल जानकारी पठाउनु भएको थियो, चुनाव पछि त्यसको अनुगमन के र कसरी गर्नु भयो? केहि गर्नु भएको भए? यसै गरी पोस्ट गरि पाउँ ।

एनआरएन एनसीसी अफ युएसएलाई बारम्बार सार्बजनिक रुपमा भनिएको छ -रास्ट्रिय निर्बाचन आयोग र मेम्बर भेरिफिकेसन कमिटिमा को को छन? यसको प्रतिक्रिया स्वरुप शेखर ढुंगेलले आफु एनआरएनको सल्लाहाकार र मेम्बर भेरिफिकेसन कमिटिको अध्यक्ष नरहेको सार्बजनिक गराएका छन । डिआरसी सोनाम लामालाई सोधिएको छ आजिबन सदस्यहरुको शुल्क र बार्षिक सदस्य शुल्क घटाउनु होस, उनले टेलिफोन सम्पर्कमा र च्याटमै पनि भनेका छन त्यो घट्छ, अहिले घटाएर कति भयो? त्यो घटाउनमा तपाइहरुको भूमिका के रह्यो? एनआरएन अमेरिकामा सदस्य भएकाहरुको डेटाबेस तपाइले देख्न पाउनु भएको छ?

मुख्य कुरो निर्बाचनमा भाग लिने नया सदस्यले उसको सदस्यता यहि जनवरी ३१ भित्र लिनु मनासिब होला तर जनवरी पछिका अझै केहि महिना सदस्यताको अबधि बाँकी भएकाहरुले कीन जनवरी ३१ भित्रै सदस्यता नबिकरण गर्नु पर्ने? कति बैज्ञानिक कुरा हो यो? कति बैधानिक हो? पहिले १० डलर तिरेर १ बर्षको सदस्यता फेब्रुअरी, मार्च वा अप्रिलसम्म लिएकाहरुको सदस्यता अबधि बाँकी हुँदै अहिले नवीकरणका लागि जनवरी ३१ को समय सिमा तोक्नु भनेको सदस्यहरुलाई जानाजान ठगी गर्नु होइन? यत्रो ठगीको बिरुद्द तपाइले प्रतिपक्षमा बसेर के गर्नु भयो?

यो ठगीको बारेमा तपाइको प्रतिक्रिया के हो? तत्काल सार्बजनिक गर्नुहोस । बार्षिक सदस्यहरुको अधिकार एनआरएन एनसीसी अफ युएसएमा भोट हाल्नु(भोट बैंक) र समाजसेवाको नाउमा ठगी गर्नेहरुलाई काँधमा बोक्नु मात्रै हो?

हिजो सुमन तिम्सिना, प्रल्हाद केसी र सिबकुमार राईको एनआरएन एनसीसी अफ युएसए दुलाभित्र थियो, त्यहा प्रजातन्त्र थिएन, उनीहरुलाई मन लागेको गर्न र लागु गर्न उनीहरु सर्बेसर्बा थिए, उनीहरुमा सदस्यहरुलाई जानाजान ठगी गर्न छुट थियो, धेरै नेपालीहरुको दबाबमा एनआरएन अमेरिकामा प्रजातन्त्र आयो र खगेन्द्र जिसी अध्यक्षमा चुनिए, अप्रजातान्त्रिक नेतृत्वले पाएको त्यहि छुट खगेन्द्र जिसीको कार्यकालमा पनि दोहोरिएको तपाइँले टुलुटुलु हेर्न मिल्छ? त्यो बारेमा तपाइको मात्र होइन सकेसम्म एनआरएन एनसीसी अफ युएसएको सदस्य हुँ भन्नेहरु र उनीहरुका वाच डग भन्दै मौका परे टांग मुनि, नपरे काँधमाथि चढ्ने न्युयोर्कका पत्रकारहरुलाई समेत लिएर सार्बजनिक बक्तब्य ल्याउने जिम्मा तपाइलाई सुर्यजी? ल यो एउटा जिम्मेवारी पुरा गर्नुहोस ।

हुन त तपाइँ मात्र होइन चुनाव हारेका र भागेका भगौडाहरु समेत जिम्मेवार भएर ननिस्कीई कोहि सल्लाहाकार खान गए, कोहि बिभिन्न समितिको संयोजक खान गए भने कोहि बाहिर कुर्लने भित्र धाँदलीको योजनाकारहरुसंग घांटी जोड्न पुगे । जिम्मेवार प्रतिपक्ष नभए पछि प्रजातन्त्र कम्जोर मात्र हुँदैन, पक्षको मनोमानी र अटोक्रेसी अति हुन्छ । त्यहि भयो एनआरएन एनसीसी अफ युएसएमा अहिले ।

एउटा मात्रै काम देखाउनुहोस एनआरएन अमेरिकाले २४ बर्षमा गरेको? यदि एउटा कामको बयान गर्न सक्नु हुन्न भने त्यो नालायक संस्था हो, त्यो नालायक संस्थाको फेरी सदस्य बनाउन सचेत नागरिक किन मरिहत्ते गर्छ? तपाई नै सदस्य किन बन्ने?

- See more at: http://www.sidhakurausa.com/?p=1422#sthash.IZphVoAu.dpuf
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters