[Show all top banners]

RajaHarischandra
Replies to this thread:

More by RajaHarischandra
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

houstonguys
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ( कथा) जमुनी भाग -९
[VIEWED 19853 TIMES]
SAVE! for ease of future access.
Posted on 09-20-09 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जमुनी 
भाग ९:

 

(बिभिन्न कारणले गर्दा चाहदा चाह्दै पनि जमुनी को यो भाग अलिक ढिलो हुन गयो| आशा छ, पाठक हरुले यो परिस्थिती  लाई
बुझिदिनुहुनेछ्|  साथै, जमुनिमा जस्तै हाम्रो मा पनि दशै दैलो ठेलोमै आइसकेको यस घडिमा सम्पुर्ण पाठकहरुमा विजया दशमि को शुभकामना )

(अघिल्ला ८ भाग हरुसंगै यो भाग पनि राख्दा नयाँ साझामा खोइ के भएर हो म आँफैले पनि पढ्न सकिन, त्यसैले अर्को थ्रेड बनाएर राख्ने बिचार  गरे| अघिल्ला भाग हरु हेर्न कृपया http://www.sajha.com/sajha/html/openthread.cfm?threadid=73281 जानु होला|)
 

मुख धुँदा पनि, अघी भर्खर देखेको सपनाको धंगधंगी बाँकी नै थियो| टिकाको दिन, कोतमा बडाई लाउनुभन्दा अघाडीनै ढल्के शमीको रुखमा पूजा गरी सक्नु पर्ने|"कुंभकर्ण जस्तो, यस बेलासम्म सुतेर, हेर, टिकाको साइत नै छोप्न गाह्रो होला जस्तो भयो" समिको पूजा गर्नलाई सप्तपाला माथि दियो र काँचो धागो राख्दै  आमाले भन्नु भयो|गाउको पानीखाने ढुंगे धारा कटेर अलीक पर गए पछी एउटा  भिरालो
भिरालो परेको पातीघारी थियो| बर्सेनीको जल जले पहिरोले गर्दा, प्रत्यक बर्ष त्यसको क्षेत्रफल बिस्तारै घट्थ्यो|घमाइलो त्यो पाती घारी, हिउदे बिदामा गाउका केटा केटी हरु पातीका झ्यांग फ्याकेरै भए पनि ढाली, कपर्दी, डन्डी बियो खेल्न जम्मा हुन्थे| अघिल्लो बर्ष फलाके बुढाकी बुहारी मर्दा त्यही पाती घारिको चौरमा   डिकुरो राखेका थिए| त्यसैले होला, घाम अस्ताए पछी एक्लै पधेरो कटेर पाती घारी तिर जाँदा मन ढक्क  हुन्थ्यो|  पातीघारी को छेउमा खोइ कस्का बाजे बाराजुले बनाएको एउटा समीको चौतारोको
निशाना थियो| बर्सौ पुरानो समीका जराले गर्दा  चौतारामा समी भन्दा पनि समीमा चौतारो जस्तो देखिन्थ्यो|पहिरोले तानेर होला, समी को रुख प्रत्येक बर्ष बढी बढी ढल्कदै गएको थियो| दसैंमा पूजा गर्ने भएकोले पाप लाग्छ भनेर  कपर्दी खेल्ने केटाहरु जती च्यापे पनि समीको रुख तिर जादैनथे|बरु जांघे समातेरै पनि पातीको झांगमा हामफाल्थे|

मेरै कारणले ढिला भएर  हो कि, अरु गाउले बिहानै  गएका  हुन, हामी पुग्दा समिको रुखमा थुप्रैले पूजा गरी सकेका रहेछन| दुनुमा तेल राखेर बालेका थुप्रै बत्ती अझै पनि धिप धिप  बली रहेका थिए| हामी पूजा गरेर फर्कदा  अन्तरे  बुढाका खलक भर्खरै समीको रुख तिर उकालो लाग्दै थिए| "ए कान्छा, तेरोमा अली
अली खुद्रा पैसा छन कि छैनन हँ? हाम्रो काइलोलाई बजाराँटी लिएर आ है भनेको  ल्याएनछ|" अन्तरे  बुढाले एकै सासमा कथा सुनाए|  "धेरै त छैन होला अन्तरे  बा, अली  अली छ होला २० -३० रुपैयाँ जती, अहिले फर्कदा पस्नु न " बाले हातको ढाकाको टोपी  लाउदै भन्नु भयो| हुन त, ति अन्तरे बुढालाई किन नै धेरै खुद्रा चाहियो र ? जो जो  टिका लाउन आए पनि "लौ एउटा सिङै गाइ, बोरु पाल्न सक्छेउ कि सक्दिनौ ?" भन्दै ५ पैसाले झारा टार्थे|छोरा लाई दक्षिणा दिन हुँदैन भनेर तेही गाइ पैसो पनि हामिले त  हेर्न सुंघ्न पाइदैन्थ्यो| तेसैले हाम्रा बालाई किन दानी बन्न परेको होला जस्तो लाग्यो| तैपनी चुप चाप बसे| "यी अन्तरे  बुढाका  घर भोरी जन्ती छन, तैपनी हेर, बुढा मान्छे, दसैंको बिहान खुद्रा पैसा खोज्दै हिंड्नु पर्ने,  बार्ह्   छोरा तेर्ह् नाती, बुढाको धोक्रो कादै माथि"| अन्तरेका खलक हामीले बोलेको नसुन्ने गरी टाढा पुगे
पछी आमाले बुढा माथि दया देखाउनु भयो|

"ओइ राजेश्, जा जा, माथ्लो तला बाट बा सुत्ने ओछ्यान मा ओछ्याएको राडी लिएर आइज" घर को पिडिमा कलश राख्दै आमाले भन्नु भयो|"तोप घर मा तोपै पड्काएका छैनन्, ऐले किन ल्याउन पर्‍यो र आमा  ?" माथ्लो तलामा जान नपरोस भन्ने निउ पार्दै मैले भने| " हैन! यो दशैको खसी को कान पोलेर खाएर आफै कान नसुन्ने भैइस कि क्या हो ? अघी भर्खर पहिलो तोप पड्केको सुनिनस ?  दस थरी निउ नबना त्, खुरुक्क लिएर आइज, बिहान भरी सुत्छ, अल्छि| " बिहान अलिक धेरै बेर सम्म सुतेकोलाई
समेत पुग्ने गरी आमाले हपार्नु भयो | सकी नसकी तलाबाट राडी पोको पारेर ल्याउदा आमाले टिका, जमरा तयार पारी सक्नु भएको रहेछ|

 

 भिर्खे दाइकोबाट ल्याएर एकपटक लगाएर राखेको लुगा झिके| पहिला जसरि नै सर्ट्को बाहुला दोब्र्याए, पाइट्को पनि हुक लाउने फिता ल्याएर पेटी अड्काउने घारमा  बाँधेको अघाडी अलिक मुजा परे जस्तो लायो, मुजा छोप्न लाई पाइट भित्र हालेको सर्टलाई बाहिर निकालेर  छाडिदिए| कपडा संगै किनेको निलो पायाल चप्पल निकाले र बलेसी झर्ने पेटिमा राखे|दोश्रो तोप पड्केको सुनियो|तेती नै बेला अन्तरे बुढा पनि खुद्रा पैसा लिन आइ पुगे| " अर्को चाडैनै पड्काउछन" पातीका अली अली फुल खेल्दै गरेका मुन्टा एउटा आरिमा राख्दै आमाले भन्नु भयो| नभन्दै आमाले भनेको ४-५ मिनेट मा नै अर्को अन्तिम तोप पनि पड्कियो|  लगाउने मान्छे पुर्व फर्केर र लागाइदिने पश्चिम फर्केर टिका लगाउनु पर्छ भनेका थिए| दसैंको टिको सधैं मलाईनै पहिला लगाउने चलन थियो हाम्रो मा| म पुर्व फर्केर चुप चाप पलाटी मारेर बसे|बा आमा दुबैले म माथि अक्षता, जमारा छर्दै आशिर्बाद दिन थाल्नु भयो|   

"आयु द्रोणसुते, श्रीयम दशरथे, सत्रुक्ष्य राघबे:
 ऐशोर्यम नहुशे, गतिश्च्य पवने, मानश्च्य दुर्योधने:

शुरो शान्त नववे, बलं  हलधेर, सत्यन्च्य कुन्ती सुते:
बिज्ञानं  बिधुरे, भवन्ती भवत कृतिश्च्य नारायणे:

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गाक्षेमा शिवा धात्री स्वोधा स्वोधा नमस्तुते|



बा आमाको आशिर्बाद सधैं थियो म माथि, तैपनी  दसैंको आशिर्बाद मलाई किन हो किन बिशेष लाग्थ्यो| बा आमाले टिका लगाइदिनु भयो| " एउटा टोपी लगाएको भए पनि जमारा अडिन्थ्यो होला" मेरो कानमा जमरा घुसार्दै आमाले भन्नु भयो|अक्षता झर्छन कि झर्दैनन भनेर बिचार  गर्न यसो टाउको हल्लाए, दहिमा मुछेको अक्षता तेती सजिलो संग नझर्ने रहेछ| एउटा भक्त छोराले जसरी बा आमाको खुट्टा ढोगे| मेरो पालो सकियो|

 सधैं को दसैंमा जस्तो, घरमा टिका लाए पछी हामी सबै जना जमुनिको मा गएर टिका लगाउने भयौ| पहिला, हाम्रो हजुरबा हुँदा उनिहरु का सबै हाम्रो घरमा आउथे रे टिका लाउन, तर हजुरबा बिते पछी भने हामी उनिहरु को मा जान थाल्यौ| तेही गएर बाले जमुनिका बा र आमासंग टिका थाप्नु हुन्थ्यो| जेठाजुले बुहारीलाई छुन हुँदैन भनेर  आमा ले  जमुनिकी आमासंग मात्रा टिका थाप्नु हुन्थो| सबैले आफु भन्दा सानालाई टिका लगाइदिने गर्थे| मलाई चाँही जामुनी बाहेक सबैले टिका लगाइदिए|शुरु शुरुमा रातो लाग्छ कि भनेर कपडाको बढो ख्याल राखे, तर जती गरे पनि केहि सिप लागेन्|सब भन्दा कान्छो छोरो भएको ले सबैलाई ढोग्ने म मात्र रहेछु|  सबैको ढोग खाने जमुनी|  टिका लगाएको पैसा जम्मा पार्न लाई एउटा दोकाधे थैली बोकेर बसेकी थि जमुनि|  मैले जमुनिलाई टिका लगाइदिए| दिन्कै कती पटक पैसा गनेर फुर्ती लाउनी हो यो जमुनिले भन्ने थाहा हुँदा हुँदै पनि बाले " जमुनि लाई टिका लाएर यो पैसा देल्" भनेर दिएको ५ रुपैयाँ दक्षिणा दिए|दक्षिणा पाउने बित्तिकै थैली भित्र राखी र ख्वार्‍र थैलिको मुख तानि| 


खाना खाएर स्यान्दाइ मामाघर जाने भयो, म र जमूनी चाही गाउमा टिका थाप्न जाने भयौ| जमूनिले को थालमा भात भन्दा मासुको थुप्रो ठुलो थियो, पहिले नै आमाले मलाई थोरै मासु धेरै भात र दाल राखिदिनुभएको थियो| "कस्ती हन्तकाली रहिछे यो, खाने कुराले नै किचेर मरीचे भएकी रहिछे जस्तो लाग्यो, तर केहि पनि बोलिन्| आफुले टिका लाएर फुटेको कौडी पाउने हैन्, त्यसैले पहिला अन्तरे बुढाकोमा जाने बिचार गरे| "ओइ  जमूनि- पहिला अन्तरे बुढाको मा जाँउ, अनि तेता बाट तल्लो थर हुँदै माथी लागौला" गल्लिमा पुग्ने बित्तिकै मैले भने| "तं त फेरी ससुराली गाउ पनि जानु पर्ला नि, पारी घर्ती गाउमा छ नि तेरी सिंगाने| " तगाह्रोको गरालो घ्वार्‍र तान्दै भनि|"मलाई के को ससुराली जा भन्छेस्, हिजो बेलुका धन्नै लाने भएको थियो बरु तैलाई एउटा झुसिल्किराले" रातिको सपना सम्झदै मैले भन्दा केहि पनि नबुझेर अक्क न बक्क परी जमूनि|


हामी अन्तरे बुढाको मा पुग्दा, अरु एक दुइ जना टिको लाएर फर्कदै रहेछन्| "ओहो नाती नातीन टिका लगाउन आईच्छान्, लौ आउ आउ" अघी भर्खर हाम्रा  घरबाट खुद्रा पैसा ल्याएर हो कि किन हो, अन्तरे बुढाले चेपारे पारेको देखेर जमूनी छक्क परि|"लौ यो राजेश त नाती पर्‍यो, दक्षिणा दिन भएन्, जमूनिलाई चाही एउटा गाइ सिङै दिनु पर्‍यो, पाल्न सक्छौ कि सक्दिनौ नातीनि ? " बुढाले नजिकैको तामाको आरी बाट एउटा ५ पैसा को ढ्याक निकाल्दै भने|जमूनिले थापेका २ हातमा अन्तरे बुढाले ५ पैसा राख्दा जमूनिको अमिलो अनुहार हेरेर मनै हरर भयो| बुढिले दिएको केराका एउटा एउटा टुक्रा
खाएर हिडौ|


"घाँट जाने बेलामा पनि ५ पैसामा लोभ गर्छ अन्तरे बुढो"  गल्ली काटेर बाटेगरा मा आउने बित्तिकै जमूनिले भनि|" सबैको आफ्नो आफ्नै मुल्य हुन्छ जमूनि | ५ पैसा सुहाउने लाई ५ पैसा, ५ रुपैयाँ सुहाउनेलाई ५ रुपैयाँ" "गाइ पैसो" को रिस म माथी पोख्छे भन्ने थाहा हुँदा  पनि जमूनिले पाउने दक्षिणामाथी को तुस फ्याँके| "तेरो ससुराली गाउमा जा त अनि तेरो भाउ ५ पैसा हो कि २ पैसा हो थाहा पाउछस्" नभन्दै जङी जमूनि| अरु निउ निकालेर झगडा गर्न मन लागे पनि मेरो मुख जमूनिको जस्तो हरा भरा थिएन्, ठीक बेलामा ठीक जवाफ दिने| एक दुइ घर टिको लगाउदै हिडौ| जस्को घर बाट निस्के
पनि तगाह्रो काट्ने बित्तिकै एक पटक थैली को मुख खोलेर पैसा हेर्थी जमूनि| "जम्मा ४५ रुपैयाँ भयछ" रतन दाइको घर मा पुग्ने बेलामा भनि| जती पटक तेल्ले थैली हेर्छे तेती पटक "किन यस्को थैली मा प्वाल पर्दैन " जस्तो लाग्थ्यो| रतन दाइको मा टिका लाएर जमूनिलाई १० रुपैयाँ दिदा मेरो  अनुहार अरुले देखेका त छैनन जस्तो लाग्यो| ठाकुरे दाइकोमा टिका लागाएर फर्कादा श्रीमाया हरु कुरेर बसेका रहेछन्| "ओइ जमूनी आइज पैसा गन्यौ" गौडाको छपनिमा बस्दै श्रीमायाले भनि |"आइज राजेश्" ठुलो छपनिको एकातिर बस्ने ठाउ देखाउदै जमूनिले भनि| जमूनिको थैली बज्दा त सहनै नसक्ने हुन्थ्यो झन पैसा नै देख्दा के होला,जस्तो लाग्यो र "पैसा न सैसा टिकी ट्यास ट्यास्" भनेर हिडे| पर गएर हेरेको जमूनी र श्रीमाया अझै पनि छपनिमा पैसा गनी रहेका थिए|

क्रमश:


Last edited: 20-Sep-09 04:24 PM

 
Posted on 09-21-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो भाग पनि पढ्ने अवसर पाईयो , धन्ने भइयो । साह्रै राम्रो गयो यो पनि । साझा बिग्रेर अरु सबै लाखा-पाखा लागेको बेलामा पनि दु:ख गरेर यो खुराक पस्केकोमा Raja-Harischandraजीलाई थप धन्यवाद ।

 
Posted on 09-23-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, कस्तो नै रमाइलो लाग्यो भन्या यो पढेर, हेय् प्रभो, साँची दशै लाग्यो, कस्तो रमाइलो दशै, कस्तो सब्बै मिलेको, पैले पैले त यस्तो हुन्थ्यो, ऐले नि एस्तो हुन्छ र? तर पढ्दै मन आनन्दित भो प्रभो। हरेक हरफहरुमा छुट्टै किसिमको आनन्द लिप्त थियो। जय होस्, नरोकुम, जुम्-जुम्
 
Posted on 09-23-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलेको भाग फुरसत नभएर आक्कल झुक्कल मात्र पढेको थिएँ।  यो भाग पढेँ लेखाई राम्रो छ। अब शुरु देखि सबै मिलाएर पढ्छु। राम्रो कथाको लागि धन्यवाद्!
 
Posted on 09-25-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

regal:
साझा बिग्रेर फत्रक्कै भएको बेलामा पनि खोज खाज गरेर जमुनी हेर्न भ्याउनु भएछ | सारै खुसि लाग्यो|

perfectionist:
दशैँ को मज्जा नै अर्को नि हैन त, खोइ अब न त त्यसरी दशैँ मनाउन हामीले नै पाइएला, न त हाम्रा सन्ततिले| के गर्नु खै - परम्परा, रिति रिवाजको माया बिदेशीए पछी झनै बढ्ने रहेछ|


Birkhe_Maila
प्रभो,
 टाइम  निकाली निकाली अलि अलि पड्दा त जमुनी यस्ती खुसि छ, अझ सबै पढीदिनु भयो भने कति खुसि हुन्थी होलि | 

Last edited: 25-Sep-09 09:21 AM

 
Posted on 10-23-09 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजाहरिस्चन्द्र  ज्यु,


जमुनिको निक्कै तारिफ सुनेर पलेटिकसेर पढ्न बसेको,उठ्न मन लागेन ९ भाग भ्याए एकै सासमा। बहुतै राम्रो प्रस्तुती छ्।
गाउँघर जातजाती,सस्क्रिती,बाल्यकाल,जीवनशैली आदी सम्पूर्ण कुरा बहुतै राम्रो सँग प्रस्तुती गर्नु भएको छ्,भाग ६ पछी ७ भाग पढ्दा त एक्छिन
खल्लो लागेर,पत्यार नलागेर,३-४ पटक खोजी गरे कतै कुनै भाग त छुटाइन भनेर,जामुनीको बिहे गरिदिन लाए भनेर खल्लो पनि लायो पछी राजेशे को सपना भन्ने बुझे पछी बल्ल फेरी रमाइलो लायो। लौ छिट्टै थपौ प्रभो,जामुनी लाई एत्ती छिट्टै नपठाउँ है।


 


 
Posted on 10-23-09 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


मेरो परीकल्पना को जमुनी।


 
Posted on 12-12-09 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजा जि अरु भाग खोइ त? कता हरायो जमुनी को कथा? कती दिन कुर्नु पर्ने हो अझै? छिटो गरुम न हो ...............
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters