[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 ‘बहादुर बहिनी’सँगै रोए कतारबासी नेपाली
[VIEWED 8570 TIMES]
SAVE! for ease of future access.
Posted on 12-27-14 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



दोहा, १२ पुस ।

‘कस्तो देशमा जन्म लिएछु जस्तो लाग्छ कहिलेकाँही त, जति लडे पनि न्याय नपाउने !’ दाजुभाइको हत्यामा संलग्नलाई कारबाहीका लागि लड्नु पर्दा भोगेका पीडालाई सावित्री श्रेष्ठ जतिजति फुकाउँदै थिइन, सबैभन्दा अगाडि बसेकी नानु नेपालको आँखामा उत्तिकै आँशु टल्किँदै थिए ।

एनआरएनका पूर्व उपाध्यक्ष समेत रहेका पति सागर नेपालसँगै डकुमेन्ट्री हेर्न दोहाको नेशनलस्थित गोल्डन फर्क रेष्टुरेष्ट आइपुगेकी नानुले आफूलाई सम्हाल्न सकिनन्, उनका आँखा पूरै पीडा मिश्रित आँशुले भरिएका थिए । प्रवासी नेपाली मञ्चले शुक्रबार दोहामा गरेको डकुमेन्ट्री प्रदर्शनीको कार्यक्रम हल सावित्रीको संघर्षबाट स्तब्ध बन्यो । सशस्त्र द्वन्द्व र त्यसपछि पनि नेपाली नागरिकले खेपेका पीडालाई कतारबासी नेपालीहरुले डकुमेन्ट्री ‘बहादुर बहिनी’ मार्फत पुनः स्मरण गरे ।

‘डकुमेन्ट्री हेर्दा हामी कसैले आफूलाई सम्हाल्न सकेनौं,’ आयोजक प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरि गैह्रैले भने, ‘नेपालमा आफूले गरेको ज्यादतीलाई सत्ता वा शक्तिमा बस्नेहरूले पदमा हुँदा गरेको स्वाभाविक कामका रूपमा बुझ्ने प्रचलन स्थापित भएको छ । बहादुर बहिनी त्यसको एउटा नमुना रहेछ । यस्ता घटनाहरुलाई सशक्त रुपमा उजागर गर्न जरुरी छ ।’

प्रवासी नेपाली मञ्च कतारका निवर्तमान अध्यक्ष दिलकिरण खजुमले विगतको सशस्त्र द्वन्द्वले छाडेको मानवीय संवेदनाहरु देख्दा मन अमिलो बनेको बताए । ‘विगतको सशस्त्र द्वन्द्व नेपाली नागरिकका लागि अति नै कष्टकर थियो,’ खजुम भन्दै थिए —‘अब नेपालीहरुले यस्ता द्वन्द्वको कल्पना कहिल्यै गर्न नपरोस ।’

कार्यक्रममा अतिथिका रुपमा निम्त्याइएका नेपाली काँग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति कतारका अध्यक्ष विमल सुवेदीले त आफू नेपालमै बसेको भए यतिबेलासम्म बाँच्न नपाउने अनुभव सुनाए । तत्कालिन विद्रोही माओवादीकै धम्कीका कारण आफू कतार भासिएको भन्दै उनले भने, ‘यो सम्झँदा आँशु मात्रै होइन्, मेरो मुटु रुन्छ, गोरखादेखि रोल्पासम्मका पीडितहरुका पीडालाई यसरी नै पर्दामा उतार्न जरुरी छ ।’

पत्रकार गणेश पाण्डे निर्देशित ४० मिनेटको बहादुर बहिनीमा अन्तरजातीय बिहेकै उज्जनकुमार श्रेष्ठलाई गुमाएपछि परिवारले भोगेको संघर्ष, भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका गणेशकुमार श्रेष्ठको हत्या, आफ्नै आँखा अगाडि बाबुको होली हानेर मारेको देखेकी गणेशकी छोरी रचनाको रहस्यमय आत्महत्या, मिडिया र अधिकारकर्मीको सडक संघर्ष, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका शरण, न्यायको लडाईंदेखि कैदीदेखि कन्ट्याक्ट किलरसम्मका तारन्तारको धम्कीलाई पर्दामा उतारिएको छ ।
 
Posted on 12-27-14 12:19 PM     [Snapshot: 189]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is the documentary?

 
Posted on 01-05-15 4:16 PM     [Snapshot: 569]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Royera ra ruwaudai hidera kehi hune wala chhaina , khas ma maobadi lai kanun anusar sampurna ( sainik ra prahari bahrk) nepali nagarik ko hatya ko dosi thaharyai ratna park ma jhundyayera marnu parchha !

Ani balla sabai pida ma pareka nepali le shanti pauchhan !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters