[Show all top banners]

sauzan
Replies to this thread:

More by sauzan
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बिछोडको त्यो पल
[VIEWED 6522 TIMES]
SAVE! for ease of future access.
Posted on 12-31-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

              भर्खर -भर्खर दशै, दशै पछी तिहार बित्यो, अझैपनी सयपत्री र गोदबरी ले आफ्नो सौ न्दर्यको बार्चस्व कायमै राखेको छ प्रकृतिमा। एसरी समय बित्दै गैरहेको छ।मैले समयलाई आफ्नो बसमा यदी राख्न सख्थे भने कसैले थाहा नपाई चाबी लगाइ थुनिदिने थिए।   अफ्सोच अब मेरा पाइलाहरु बिदेसिनका लागि केही दिन्हरु मात्र बाँकी छ तेसैले भेटये जती साथीसङि, नातागोता सित बिदाइका शब्दहरु गलाभरी माला बनाइ पहिरिदै हिद्छु कसैका शुभ-कामना,कसैका उपदेश आदी इत्यादी संगालदै कती छिटो बितिसके यि मेरा रामाइला छ्णहरु।                   

              थाहा छैन कैले सम्म्लाई हो आज म आफ्नो गाउँ-घर लाई छोडेर बिदेसिने तर्खर  मा छु।घरमा बिहानै देखी शुभ-कामना दिने हरुको घुइचो छ आगन भरी लर्किएर ढक्कमक्क सयपत्री फुलेकोछ तर मलाई कता-कता नरमाइलो आभासले भित्र मन पोलिरहेकोछ। मेरी प्यारि -सानी छोरी जो भर्खर्-भर्खर तोते हाँसो हास्न थालेकी छीन म यो उस्को अबोध हाँसो लाई अब कैले नयनपान गर्न पाउला आज मलाई यही छोरी को कुरा ले सताइरहेको छ। कोही सम्झाउदैछन' घरमा यि बुढा भएका बाबु-आमालाई कहिले पनि नबिर्सनु,यस्ती कोपिला जस्ती छोरीलाई सधैं आँखाभरी सजाएस्', कोही जिस्काउदैछन "उतैतिर फेरी अर्को घरजम गर्ने हो कि???????,    खैरे केटीहरुले मायाजालमा पार्लान नि; यसो भन्दा मेरी प्यारी संगिता छोरीलाई काखमा लिएर स्तनपान गरौदै म तिर पुलुक्क हेरदै मुस्कुराउछिन तर मलाई थाहा छ उनको त्यो मुस्कुराह्ट्मा रोदन छ उनको यो मुस्कानले त्यो रोदन लाई छोप्न असमर्थता जाहेर गरिरहेको छ। बहिर आगन मा अब बिमान्स्थल तिर जानको लागि गाडी आएर रोकिन्छ, मेरो गलाभरी सयपत्रीका माला निधार मा टिका एक पछी अर्को गर्दै थपिन थालछन। आमा ले आसिर्बाद दिनु भयो" बिदेश को ठाउँ त्यहा गएर आफु र आफ्नो शरीर को सधैं ख्याल गरेस, कसैलाई भनी नबिझाउनु,पुग्ने बित्तिकै खबर गर्नु आदि-आदी। यसो भनिरहदा मेरो आसुँ ले परेली नाघिसकेकाछन तर पनि आफु लाई समेटिरहेकोछु।यसरी बुवा,भाइ,बहिनि,नातागोता,छर्-छिमेकी हुँदै सगुनको पात्र हातमा लिएर दैलो छेउमा राखेको कलश्मा दक्षिणआ स्वोरुप ढोग्दै भन्द्छु"हे भगवान; आज म तिमी लाई मेरो घरमा  "म" बनाइ छोड्दै छु मेरो अनुपस्तिथिमा यो घरमा कसैको कुद्रुष्टी पर्न नदिनु, मेरो घर परिवारको रक्षा गर्नु।

              घर बाट पाइला अगाडि बढीसकेकाछ्न फेरी एक पटक फर्किएर बुवा-आमलाई ढोग गरिदिन्छु। बातावरण सुनसान छ गाडी स्टार्ट भाईसकेकोछ, गाडी मा बस्न लागदा फेरी फर्किएर हेर्छु सबैको अनुहार मलिन छ यदी त्यहा कसैले डाको छोडेर रुदो हो त रुवाइको कोलाहलनै मचिदो हो।यसरी सबै साथी-भाइ,छर्-छिमेकी हरु लाई "बस है" भन्दै म गाडीमा बसे मलाई एअरपोर्ट छोड्नका लागि मेरी संगिता छोरी लिएर गाडीमा अाइन अनी भाई हरु।केही पर चोक मा गाडी रोकियो त्यहा मेरा साथीहरु बिदाइको निम्ती उभिएका रहेछन सबैजना गाडी वोरिपरी उभिएर शुभकामना दिन थाले केही छणको यो क्रम पछी उनिहरु सँगपनी बिदा लिदै अगाडि बढे। एअरपोर्टको गेट मा सबैलाई अनुमती थिएन केहीबेर को हाम्रो अनुरोध पछी हामी अन्तरराष्ट्रिय बिमानस्थल पुग्यौ।केही छ्ण को कुराइ पस्चात आफ्नो उडान को जहाज उडान गर्न लागेको जानकारी पाएपछी मेरो मुटु त्यतिकै ढुक्-ढुक गर्न थालिसकेको छ। काखमछोरी लिएर उदासभै उभिएकी मेरी संगिता आफ्नो हात उठाएर मलाई बिदाइ को सज्ञा दिदैछिन्।खै; किन हो तर मेर आँखा उनले बोकेको छोरी माथि पर्न गयो मैले हात उठाएर छोरी तिर इन्कित गर्दै बिदैका हात हल्लाये तर बिचरा ति अबोध बलिका लाई के थाहा"छोरी ले खिसिक्क अबोध हासो हाँस्दै म गएतिर हेरिरहिन हेरिरहिन तर अब मैले फेरी फर्किएर हेर्ने जमर्को गर्न सकिन मन मनै सम्झिदै अगाडि बढीरहे"छोरी अब म तिमीलाई यो तिम्रो हसोहासो लाई कैले पनि रोदन मा पारीणत हुन दिने छैन।मेरो जिबन शायद संघर्ष गर्दै बित्ला तर म तिम्रो भबिस्य उज्जवल बनाउने छु। आज मैले महसुस गरिरहेको छु कि संसारका हरेक बाबु आफ्नो छोरा छोरी को भबिस्य खोज्दै यसरी नै कता कता भौतारिरहेका होलान। त्यसरी नै म पनि यो गरिविको परकास्टा भित्र तिम्रो भबिस्य खोज्न जादैछु तर एउटा कुरा बन्धकिमा राखेर ' त्यो हो जुन तिमीलाई मैले दिन नसकेको बात्सल्य प्रेम छोरी मलाई माफ गर please।  एतिखेर मेरो उडान को जहाज आकाश माथि उढिसकेको छ बादलका छटाहरु सगै मडारिदै जहाजले आफ्नो गती लिसकेकोछ। उत्तर तिर कपास थुपारेझै लम्पसार परेर सेता हिमस्रिन्खलाहरु नतमस्तक भएर बसेकाछ्न न कुनै पिर लिएर न त कुनै बिछोडको घाऊ बोकेर । तन आकाशमा उढिरहेकोछ गतिशिल भएर मन त प्यारि छोरी अनी प्यारि मेरी जीवन सङिनी संगिताको त्यो उदास अनुहार माथिनै छ। यसरी नै मेरो यो यात्राको जहाज झन झन आकाशमा बिलिन हुँदैछ............ बिलिन हुँदैछ.............. बिलिन हुँदैछ.........................................


 
Posted on 12-31-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यथार्थ! राम्रो प्रस्तुती!

छोरि र भाउजुलाई छिटै बोलाउनुस्!


 
Posted on 12-31-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसको लागि  धन्यवाद maila दाई, बोलाउन त टाईम लग्नेनै भयो 

 
Posted on 12-31-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very touching sauzan ji  --- call them soon.
 
Posted on 12-31-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहित्य लाई शब्दले सिगार्न त आउँदैन मलाई तर एउटा भावनामा शब्द टास्ने कोशीस मात्र गरेकोछु।त्यहिपनी पढिदिनुभएकोमा सबैजना लाई साधुबाद
   thx for the comments
 
Posted on 12-31-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suauzan Ji, dherai ramro laagyo yahaanko katha..


 
Posted on 12-31-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sauzan Jee, samanya kuralai pani yeti marmik rup dinubhayechha. Ramro lagyo...

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters